< خروج 39 >

و از لاجورد و ارغوان و قرمز رختهای بافته شده ساختند، برای خدمت کردن در قدس، و رختهای مقدس برای هارون ساختند، چنانکه خداوند به موسی‌امر نموده بود. ۱ 1
तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।
و ایفود را از طلا و لاجورد و ارغوان و قرمزو کتان نازک تابیده شده، ساخت. ۲ 2
बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।
و تنگه های نازک از طلا ساختند و تارها کشیدند تا آنها را درمیان لاجورد و ارغوان و قرمز و کتان نازک به صنعت نساج ماهر ببافند. ۳ 3
तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।
و کتفهای پیوسته شده برایش ساختند، که بر دو کنار پیوسته شد. ۴ 4
तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।
و زنار بسته شده‌ای که بر آن بود از همان پارچه واز همان صنعت بود، از طلا و لاجورد و ارغوان وقرمز و کتان نازک تابیده شده، چنانکه خداوند به موسی‌امر فرموده بود. ۵ 5
यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो ।
و سنگهای جزع مرصع در دو طوق طلا، و منقوش به نقش خاتم، موافق نامهای بنی‌اسرائیل درست کردند. ۶ 6
तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्‍नहरू जडे, र छापमा खोपिएजस्तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे ।
آنها را بر کتفهای ایفود نصب کرد، تا سنگهای یادگاری برای بنی‌اسرائیل باشد، چنانکه خداوند به موسی‌امر فرموده بود. ۷ 7
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए ।
و سینه بند را موافق کار ایفود از صنعت نساج ماهر ساخت، از طلا و لاجورد و ارغوان وقرمز و کتان نازک تابیده شده. ۸ 8
तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।
و آن مربع بود وسینه بند را دولا ساختند طولش یک وجب وعرضش یک وجب دولا. ۹ 9
यो वर्गाकार थियो । तिनीहरूले यसलाई दोब्बर पट्ट्याए । यो एक बित्ता लामो र एक बित्ता चौडा थियो ।
و در آن چهار رسته سنگ نصب کردند، رسته‌ای از عقیق سرخ ویاقوت زرد و زمرد. این بود رسته اول. ۱۰ 10
तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे । पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो ।
و رسته دوم از بهرمان و یاقوت کبود و عقیق سفید. ۱۱ 11
दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो ।
ورسته سوم از عین الهر و یشم و جمست. ۱۲ 12
तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको थियो ।
ورسته چهارم از زبرجد و جزع و یشب در ترصیعه خود که به دیوارهای طلا احاطه شده بود. ۱۳ 13
चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो । ती सुनका मणिघरहरूमा जडिएका थिए ।
وسنگها موافق نامهای بنی‌اسرائیل دوازده بود، مطابق اسامی ایشان، مثل نقش خاتم، هر یکی به اسم خود برای دوازده سبط. ۱۴ 14
ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो ।
و بر سینه بندزنجیرهای تابیده شده، مثل کار طنابها از طلای خالص ساختند. ۱۵ 15
तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए ।
و دو طوق زرین و دو حلقه زرین ساختند و دو حلقه را بر دو سر سینه بندگذاشتند. ۱۶ 16
तिनीहरूले छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए ।
و آن دو زنجیر تابیده شده زرین رادر دو حلقه‌ای که بر سرهای سینه بند بود، گذاشتند. ۱۷ 17
तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए ।
و دو سر دیگر آن دو زنجیر را بر دوطوق گذاشتند، و آنها را بر دو کتف ایفود در‌پیش نصب کردند. ۱۸ 18
तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे । त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए ।
و دو حلقه زرین ساختند، آنها رابر دو سر سینه بند گذاشتند، بر کناری که بر طرف اندرونی‌ایفود بود. ۱۹ 19
तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए ।
و دو حلقه زرین دیگرساختند، و آنها را بر دو کتف ایفود، به طرف پایین، از جانب پیش، مقابل پیوستگیش بالای زنار ایفود گذاشتند. ۲۰ 20
तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए ।
و سینه بند را به حلقه هایش با حلقه های ایفود به نوار لاجوردی بستند، تا بالای زنار ایفود باشد. و سینه بند از ایفود جدا نشود، چنانکه خداوند به موسی‌امرفرموده بود. ۲۱ 21
तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए ।
و ردای ایفود را از صنعت نساج، تمام لاجوردی ساخت. ۲۲ 22
बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।
و دهنه‌ای در وسط ردابود، مثل دهنه زره با حاشیه‌ای گرداگرد دهنه تادریده نشود. ۲۳ 23
यसको बिचमा टाउको छिराउने प्वाल थियो । नच्यातियोस् भन्‍नाका लागि यसमा कठालोको प्वालजस्तै बुनेको बिट थियो ।
و بر دامن ردا، انارها از لاجورد وارغوان و قرمز و کتان تابیده شده ساختند. ۲۴ 24
तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।
وزنگوله‌ها از طلای خالص ساختند. و زنگوله‌ها رادر میان انارها بر دامن ردا گذاشتند، گرداگردش درمیان انارها. ۲۵ 25
तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बिच-बिचमा तिनीहरूले ती लगाए ।
و زنگوله‌ای و اناری، و زنگوله‌ای واناری گرداگرد دامن ردا برای خدمت کردن، چنانکه خداوند به موسی‌امر فرموده بود. ۲۶ 26
तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
وپیراهنها را برای هارون و پسرانش از کتان نازک ازصنعت نساج ساختند. ۲۷ 27
तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए ।
و عمامه را از کتان نازک و دستارهای زیبا را از کتان نازک، و زیرجامهای کتانی را از کتان نازک تابیده شده. ۲۸ 28
तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू,
و کمربند رااز کتان نازک تابیده شده، و لاجورد و ارغوان وقرمز از صنعت طراز، چنانکه خداوند به موسی‌امر فرموده بود. ۲۹ 29
सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
و تنگه افسر مقدس را ازطلای خالص ساختند، و بر آن کتابتی مثل نقش خاتم مرقوم داشتند: قدوسیت برای یهوه. ۳۰ 30
तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए ।
و برآن نواری لاجوردی بستند تا آن را بالای عمامه ببندند، چنانکه خداوند به موسی‌امر فرموده بود. ۳۱ 31
तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
پس همه کار مسکن خیمه اجتماع تمام شد، و بنی‌اسرائیل ساختند. موافق آنچه خداوندبه موسی‌امر فرموده بود، عمل نمودند. ۳۲ 32
यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो । इस्राएलका मानिसहरूले सबै कुरा गरे । परमप्रभुले मोशालाई भन्‍नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए ।
ومسکن خیمه را نزد موسی آوردند، با همه اسبابش و تکمه‌ها و تخته‌ها و پشت بندها وستونها و پایه هایش. ۳۳ 33
तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, रातो
و پوشش از پوست قوچ سرخ شده و پوشش از پوست خز و حجاب ستر. ۳۴ 34
रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्‍ने पर्दा,
و تابوت شهادت و عصاهایش و کرسی رحمت. ۳۵ 35
गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्‍चित्तको ढकनी ल्याए ।
و خوان و همه اسبابش و نان تقدمه. ۳۶ 36
तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी,
و چراغدان طاهر و چراغهایش، چراغهای آراسته شده و همه اسبابش، و روغن برای روشنایی. ۳۷ 37
निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल,
و مذبح زرین و روغن مسح و بخورمعطر و پرده برای دروازه خیمه. ۳۸ 38
सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
و مذبح برنجین و شبکه برنجین آن، و عصاهایش و همه اسبابش و حوض و پایه‌اش. ۳۹ 39
काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठुलो बाटा र यसको खुट्टा ल्याए ।
و پرده های صحن و ستونها و پایه هایش و پرده دروازه صحن، وطنابهایش و میخهایش و همه اسباب خدمت مسکن برای خیمه اجتماع. ۴۰ 40
तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए ।
و رختهای بافته شده برای خدمت قدس، و رخت مقدس برای هارون کاهن، و رختها برای پسرانش تا کهانت نمایند. ۴۱ 41
तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए ।
موافق آنچه خداوند به موسی‌امرفرموده بود، بنی‌اسرائیل همچنین تمام کار راساختند. ۴۲ 42
यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे ।
و موسی تمام کارها را ملاحظه کرد، و اینک موافق آنچه خداوند امر فرموده بودساخته بودند، همچنین کرده بودند. و موسی ایشان را برکت داد. ۴۳ 43
मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । तब मोशाले तिनीहरूलाई आशिष् दिए ।

< خروج 39 >