< دانیال 4 >

از نبوکدنصر پادشاه، به تمامی قومها و امت‌ها و زبانها که بر تمامی زمین ساکنندسلامتی شما افزون باد! ۱ 1
नबूकदनेसर राजाले पृथ्वीमा बस्‍ने सबै मानिसहरू जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाए: तिमीहरूमा प्रशस्त शान्ति होस् ।
من مصلحت دانستم که آیات و عجایبی را که خدای تعالی به من نموده است بیان نمایم. ۲ 2
सर्वोच्‍च परमेश्‍वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू र आश्‍चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको छ ।
آیات او چه قدر بزرگ وعجایب او چه قدر عظیم است. ملکوت اوملکوت جاودانی است و سلطنت او تا ابدالاباد. ۳ 3
उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ ।
من که نبوکدنصر هستم در خانه خود مطمئن ودر قصر خویش خرم می‌بودم. ۴ 4
म, नबूकदनेसर, मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ, र म आफ्‍नो दरबारमा समृद्धिमा आनन्‍दित थिएँ ।
خوابی دیدم که مرا ترسانید و فکرهایم در بسترم و رویاهای سرم مرا مضطرب ساخت. ۵ 5
तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।
پس فرمانی از من صادرگردید که جمیع حکیمان بابل را به حضورم بیاورند تا تعبیر خواب را برای من بیان نمایند. ۶ 6
यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् ।
آنگاه مجوسیان و جادوگران و کلدانیان ومنجمان حاضر شدند و من خواب را برای ایشان بازگفتم لیکن تعبیرش را برای من بیان نتوانستندنمود. ۷ 7
त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन् ।
بالاخره دانیال که موافق اسم خدای من به بلطشصر مسمی است و روح خدایان قدوس دراو می‌باشد، درآمد و خواب را به او باز‌گفتم. ۸ 8
तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ ।
که «ای بلطشصر، رئیس مجوسیان، چون می‌دانم که روح خدایان قدوس در تو می‌باشد و هیچ سری برای تو مشکل نیست، پس خوابی که دیده‌ام وتعبیرش را به من بگو. ۹ 9
“ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ ।
رویاهای سرم در بسترم این بود که نظرکردم و اینک درختی در وسط زمین که ارتفاعش عظیم بود. ۱۰ 10
म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो ।
این درخت بزرگ و قوی گردید وبلندیش تا به آسمان رسید و منظرش تا اقصای تمامی زمین بود. ۱۱ 11
त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो ।
برگهایش جمیل و میوه‌اش بسیار و آذوقه برای همه در آن بود. حیوانات صحرا در زیر آن سایه گرفتند و مرغان هوا برشاخه هایش ماوا گزیدند و تمامی بشر از آن پرورش یافتند. ۱۲ 12
त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे ।
در رویاهای سرم در بسترم نظر کردم و اینک پاسبانی و مقدسی از آسمان نازل شد، ۱۳ 13
म आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए ।
که به آواز بلند ندا درداد و چنین گفت: درخت را ببرید و شاخه هایش را قطع نمایید و برگهایش را بیفشانید و میوه هایش راپراکنده سازید تا حیوانات از زیرش و مرغان ازشاخه هایش آواره گردند. ۱۴ 14
तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् ।
لیکن کنده ریشه هایش را با بند آهن و برنج در زمین در میان سبزه های صحرا واگذارید و از شبنم آسمان ترشود و نصیب او از علف زمین با حیوانات باشد. ۱۵ 15
तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस् ।
دل او از انسانیت تبدیل شود و دل حیوان را به او بدهند و هفت زمان براو بگذرد. ۱۶ 16
त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस् ।
این امر ازفرمان پاسبانان شده و این حکم از کلام مقدسین گردیده است تا زندگان بدانند که حضرت متعال بر ممالک آدمیان حکمرانی می‌کند و آن را بهرکه می‌خواهد می‌دهد و پست‌ترین مردمان را بر آن نصب می‌نماید. ۱۷ 17
यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’
این خواب را من که نبوکدنصرپادشاه هستم دیدم و تو‌ای بلطشصر تعبیرش رابیان کن زیرا که تمامی حکیمان مملکتم نتوانستندمرا از تعبیرش اطلاع دهند، اما تو می‌توانی چونکه روح خدایان قدوس در تو می‌باشد.» ۱۸ 18
म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।”
آنگاه دانیال که به بلطشصر مسمی می‌باشد، ساعتی متحیر ماند و فکرهایش او رامضطرب ساخت. پس پادشاه متکلم شده، گفت: «ای بلطشصر خواب و تعبیرش تو را مضطرب نسازد.» بلطشصر در جواب گفت: «ای آقای من! خواب از برای دشمنانت و تعبیرش از برای خصمانت باشد. ۱۹ 19
तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।
درختی که دیدی که بزرگ وقوی گردید و ارتفاعش تا به آسمان رسید ومنظرش به تمامی زمین ۲۰ 20
हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो,
و برگهایش جمیل و میوه‌اش بسیار و آذوقه برای همه در آن بود وحیوانات صحرا زیرش ساکن بودند و مرغان هوادر شاخه هایش ماوا گزیدند، ۲۱ 21
र जसका पातहरू सुन्दर थिए, र जसको फल प्रशस्त थियो, जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे, र यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे, र जसमा आकाशका चराहरूले वास गर्थे,
‌ای پادشاه آن درخت تو هستی زیرا که تو بزرگ و قوی گردیده‌ای و عظمت تو چنان افزوده شده است که به آسمان رسیده و سلطنت تو تا به اقصای زمین. ۲۲ 22
हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ ।
و چونکه پادشاه پاسبانی و مقدسی را دید که ازآسمان نزول نموده، گفت: درخت را ببرید و آن راتلف سازید، لیکن کنده ریشه هایش را با بند آهن و برنج در زمین در میان سبزه های صحراواگذارید و از شبنم آسمان تر شود و نصیبش باحیوانات صحرا باشد تا هفت زمان بر آن بگذرد، ۲۳ 23
हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’
‌ای پادشاه تعبیر این است و فرمان حضرت متعال که بر آقایم پادشاه وارد شده است همین است، ۲۴ 24
हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।
که تو را از میان مردمان خواهند راند ومسکن تو با حیوانات صحرا خواهد بود و تو رامثل گاوان علف خواهند خورانید و تو را از شبنم آسمان تر خواهند ساخت و هفت زمان بر توخواهد گذشت تا بدانی که حضرت متعال برممالک آدمیان حکمرانی می‌کند و آن را بهر‌که می‌خواهد عطا می‌فرماید. ۲۵ 25
हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ, र हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ । गोरुले झैं हजुरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजुरलाई भिजाउनेछ, र सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा हजुरले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।
و چون گفتند که کنده ریشه های درخت را واگذارید، پس سلطنت تو برایت برقرار خواهد ماند بعد از آنکه دانسته باشی که آسمانها حکمرانی می‌کنند. ۲۶ 26
रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ ।
لهذا‌ای پادشاه نصیحت من تو را پسند آید و گناهان خودرا به عدالت و خطایای خویش را به احسان نمودن بر فقیران فدیه بده که شاید باعث طول اطمینان تو باشد.» ۲۷ 27
यसकारण, महाराजा, मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस् । पाप गर्न छोड्‍नुहोस् र जे ठिक छ त्यही गर्नुहोस् । थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजुरको समृद्धि अझै बढोस् ।”
این همه بر نبوکدنصرپادشاه واقع شد. ۲۸ 28
यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो ।
بعد از انقضای دوازده ماه او بالای قصرخسروی در بابل می‌خرامید. ۲۹ 29
बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिंडिरहेका थिए,
و پادشاه متکلم شده، گفت: «آیا این بابل عظیم نیست که من آن را برای خانه سلطنت به توانایی قوت و حشمت جلال خود بنا نموده‌ام؟» ۳۰ 30
अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”.
این سخن هنوز برزبان پادشاه بود که آوازی از آسمان نازل شده، گفت: «ای پادشاه نبوکدنصر به تو گفته می‌شود که سلطنت از تو گذشته است. ۳۱ 31
राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।
و تو را از میان مردم خواهند راند و مسکن تو با حیوانات صحراخواهد بود و تو را مثل گاوان علف خواهندخورانید و هفت زمان بر تو خواهد گذشت تابدانی که حضرت متعال بر ممالک آدمیان حکمرانی می‌کند و آن را بهر‌که می‌خواهدمی دهد.» ۳۲ 32
तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।”
در همان ساعت این امر بر نبوکدنصر واقع شد و از میان مردمان رانده شده، مثل گاوان علف می‌خورد و بدنش از شبنم آسمان تر می‌شد تامویهایش مثل پرهای عقاب بلند شد وناخنهایش مثل چنگالهای مرغان گردید. ۳۳ 33
नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो ।
و بعد از انقضای آن ایام من که نبوکدنصرهستم، چشمان خود را بسوی آسمان برافراشتم و عقل من به من برگشت و حضرت متعال رامتبارک خواندم و حی سرمدی را تسبیح و حمدگفتم زیرا که سلطنت او سلطنت جاودانی وملکوت او تا ابدالاباد است. ۳۴ 34
ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।
و جمیع ساکنان جهان هیچ شمرده می‌شوند و با جنود آسمان وسکنه جهان بر وفق اراده خود عمل می‌نماید وکسی نیست که دست او را باز‌دارد یا او را بگویدکه چه می‌کنی. ۳۵ 35
सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
در همان زمان عقل من به من برگشت و به جهت جلال سلطنت من حشمت وزینتم به من باز داده شد و مشیرانم و امرایم مراطلبیدند و بر سلطنت خود استوار گردیدم وعظمت عظیمی بر من افزوده شد. ۳۶ 36
मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्‍छा गरे । मलाई आफ्‍नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्‌ता दिइयो ।
الان من که نبوکدنصر هستم پادشاه آسمانها را تسبیح وتکبیر و حمد می‌گویم که تمام کارهای او حق و طریق های وی عدل است و کسانی که با تکبر راه می‌روند، او قادر است که ایشان را پست نماید. ۳۷ 37
अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।

< دانیال 4 >