< دوم سموئیل 6 >

و داود بار دیگر جمیع برگزیدگان اسرائیل، یعنی سی هزار نفر را جمع کرد. ۱ 1
दाऊदले फेरि पनि इस्राएलका चुनिएका सबै तिस हजार मानिसलाई एकसाथ भेला पारे ।
و داود باتمامی قومی که همراهش بودند برخاسته، ازبعلی یهودا روانه شدند تا تابوت خدا را که به اسم، یعنی به اسم یهوه صبایوت که بر کروبیان نشسته است، مسمی می‌باشد، از آنجا بیاورند. ۲ 2
दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ ।
و تابوت خدا را بر ارابه‌ای نو گذاشتند و آن را از خانه ابیناداب که در جبعه است، برداشتند، و عزه واخیو، پسران ابیناداب، ارابه نو را راندند. ۳ 3
तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्‍जाह र अहियोले त्‍यो नयाँ गाडालाई ठेल्‍दै थिए ।
و آن رااز خانه ابیناداب که در جبعه است با تابوت خداوند آوردند و اخیو پیش تابوت می‌رفت. ۴ 4
तिनीहरूले परमेश्‍वरको सन्दुकसहितको गाडालाई डाँडामा भएको अबीनादाको घरबाट बाहिर ल्याए । अहियो सन्दुकको अगिअगि हिंडिरहेका थिए ।
وداود و تمامی خاندان اسرائیل با انواع آلات چوب سرو و بربط و رباب و دف و دهل و سنجهابه حضور خداوند بازی می‌کردند. ۵ 5
तब दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सामु काठका साधनहरू, वीणा, सारङ्गी, खैंजडीहरू, मृदङ्ग र झ्यालीहरू बजाउँदै उत्सव मनाउन थाले ।
و چون به خرمنگاه ناکون رسیدند عزه دست خود را به تابوت خداوند دراز کرده، آن را گرفت زیرا گاوان می‌لغزیدند. ۶ 6
जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले परमेश्‍वरको सन्दुक समात्‍नलाई आफ्‍नो हात पसारे र तिनले त्‍यो समाते ।
پس غضب خداوند برعزه افروخته شده، خدا او را در آنجا به‌سبب تقصیرش زد، و در آنجا نزد تابوت خدا مرد. ۷ 7
त्यसपछि परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे ।
وداود غمگین شد زیرا خداوند بر عزه رخنه کرده بود، و آن مکان را تا به امروز فارص عزه نام نهاد. ۸ 8
दाऊद रिसाए, किनभने परमप्रभुले उज्‍जाहलाई आक्रमण गर्नुभएको थियो र तिनले त्यस ठाउँलाई फारेस-उज्‍जाह भने । त्यस ठाउँलाई आज पनि फारेस-उज्‍जाह नै भनिन्छ ।
و در آن روز، داود از خداوند ترسیده، گفت که تابوت خداوند نزد من چگونه بیاید. ۹ 9
दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”
و داودنخواست که تابوت خداوند را نزد خود به شهرداود بیاورد. پس داود آن را به خانه عوبید ادوم جتی برگردانید. ۱۰ 10
त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।
و تابوت خداوند در خانه عوبید ادوم جتی سه ماه ماند و خداوند عوبیدادوم و تمامی خاندانش را برکت داد. ۱۱ 11
पमरप्रभुको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो । त्यसैले परमप्रभुले तिनलाई र तिनका सबै घरानालाई आशिष् दिनुभयो ।
و داود پادشاه را خبر داده، گفتند که: خداوند خانه عوبید ادوم و جمیع مایملک او را به‌سبب تابوت خدا برکت داده است. پس داود رفت و تابوت خدا را از خانه عوبید ادوم به شهر داود به شادمانی آورد. ۱۲ 12
अब दाऊद राजालाई भनियो, “परमेश्‍वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्‍वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।
و چون بردارندگان تابوت خداوند شش قدم رفته بودند، گاوان و پرواریهاذبح نمود. ۱۳ 13
जब परमप्रभुको सन्दुक बोक्‍नेहरू छ कदम अगि बढ्‍थे, तब तिनले एउटा साँढे र एउटा पोसेको बाछो बलि चढाउँथे ।
و داود با تمامی قوت خود به حضور خداوند رقص می‌کرد، و داود به ایفودکتان ملبس بود. ۱۴ 14
पमरप्रभुको सामु आफ्‍नो सारा शक्ति लगाएर दाऊद नाचे । तिनले सूतीको एपोद मात्र लगाएका थिए ।
پس داود و تمامی خاندان اسرائیل، تابوت خداوند را به آواز شادمانی وآواز کرنا آوردند. ۱۵ 15
यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए ।
و چون تابوت خداوندداخل شهر داود می‌شد، میکال دختر شاول ازپنجره نگریسته، داود پادشاه را دید که به حضورخداوند جست وخیز و رقص می‌کند، پس او رادر دل خود حقیر شمرد. ۱۶ 16
अब जब परमप्रभुको सन्दुक दाऊदको सहरमा आयो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् । परमप्रभुको सामु दाऊद राजा उफ्रँदै र नाँच्दै गरेको तिनले देखिन् । तब आफ्‍नो हृदयमा तिनले उनलाई घृणा गरिन् ।
و تابوت خداوند را درآورده، آن را درمکانش در میان خیمه‌ای که داود برایش برپاداشته بود، گذاشتند، و داود به حضور خداوندقربانی های سوختنی و ذبایح سلامتی گذرانید. ۱۷ 17
तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्‍यसको निम्‍ति दाऊदले तयार पारेका बिचको पालमा त्‍यसको आफ्नै ठाउँमा त्‍यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।
و چون داود از گذرانیدن قربانی های سوختنی و ذبایح سلامتی فارغ شد، قوم را به اسم یهوه صبایوت برکت داد. ۱۸ 18
जब दाऊदले होमबलि र मेलबलिहरू चढाएर सिद्ध्याए, तिनले मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुको नाउँमा आशिष् दिए ।
و به تمامی قوم، یعنی به جمیع گروه اسرائیل، مردان و زنان به هر یکی یک گرده نان و یک پاره گوشت و یک قرص کشمش بخشید، پس تمامی قوم هر یکی به خانه خودرفتند. ۱۹ 19
त्यसपछि तिनले सबै मानिसका माझमा, सम्पूर्ण इस्राएलको भिडलाई पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडिदिए । अनि सबै मानिस विदा भए । प्रत्‍येक व्‍यक्‍ति उसको आफ्‍नै घरमा फर्कियो ।
اما داود برگشت تا اهل خانه خود را برکت دهد. و میکال دختر شاول به استقبال داود بیرون آمده، گفت: «پادشاه اسرائیل امروز چه قدرخویشتن را عظمت داد که خود را در نظر کنیزان بندگان خود برهنه ساخت، به طوری که یکی ازسفها خود را برهنه می‌کند.» ۲۰ 20
त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।”
و داود به میکال گفت: «به حضور خداوند بود که مرا بر پدرت و برتمامی خاندانش برتری داد تا مرا بر قوم خداوند، یعنی بر اسرائیل پیشوا سازد، از این جهت به حضور خداوند بازی کردم. ۲۱ 21
दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरें, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्‍नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्‍नुभयो । परमप्रभुको सामु म आनन्दित हुने छु ।
و از این نیز خود رازیاده حقیر خواهم نمود و در نظر خود پست خواهم شد، لیکن در نظر کنیزانی که درباره آنهاسخن گفتی، معظم خواهم بود.» ۲۲ 22
म योभन्दा अझ धेरै अप्रतिष्ठित हुने छु र म मेरै आँखामा अपमानिस हुने छु । तर तिमीले भनेकी यी सेविकाहरूद्वारा नै मेरो इज्‍जत गरिने छ ।”
و میکال دخترشاول را تا روز وفاتش اولاد نشد. ۲۳ 23
त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन ।

< دوم سموئیل 6 >