< دوم پادشاهان 11 >

و چون عتلیا، مادر اخزیا دید که پسرش مرده است، او برخاست و تمامی خانواده سلطنت را هلاک ساخت. ۱ 1
अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् ।
اما یهوشبع دختریورام پادشاه که خواهر اخزیا بود، یوآش پسراخزیا را گرفت، و او را از میان پسران پادشاه که کشته شدند، دزدیده، او را با دایه‌اش در اطاق خوابگاه از عتلیا پنهان کرد و او کشته نشد. ۲ 2
तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।
و اونزد وی در خانه خداوند شش سال مخفی ماند وعتلیا بر زمین سلطنت می‌نمود. ۳ 3
अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो ।
و در سال هفتم، یهویاداع فرستاده، یوزباشیهای کریتیان و شاطران را طلبید و ایشان را نزد خود به خانه خداوند آورده، با ایشان عهدبست و به ایشان در خانه خداوند قسم داد و پسرپادشاه را به ایشان نشان داد. ۴ 4
सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।
و ایشان را امرفرموده، گفت: «کاری که باید بکنید، این است: یک ثلث شما که در سبت داخل می‌شوید به دیده بانی خانه پادشاه مشغول باشید. ۵ 5
तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “तिमीहरूले यसो गर्नुपर्छ । तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ,
و ثلث دیگر به دروازه سور و ثلثی به دروازه‌ای که پشت شاطران است، حاضر باشید، و خانه را دیده بانی نمایید که کسی داخل نشود. ۶ 6
र एक-तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ ।”
و دو دسته شما، یعنی جمیع آنانی که در روز سبت بیرون می‌روید، خانه خداوند را نزد پادشاه دیده بانی نمایید. ۷ 7
शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।
و هر کدام سلاح خود را به‌دست گرفته، به اطراف پادشاه احاطه نمایید و هر‌که از میان صف‌ها درآید، کشته گردد. و چون پادشاه بیرون رود یا داخل شود نزد او بمانید.» ۸ 8
हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ ।
پس یوزباشیها موافق هر‌چه یهویاداع کاهن امر فرمود، عمل نمودند، و هر کدام کسان خود راخواه از آنانی که در روز سبت داخل می‌شدند وخواه از آنانی که در روز سبت بیرون می‌رفتند، برداشته، نزد یهویاداع کاهن آمدند. ۹ 9
त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्‍डरहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए ।
و کاهن نیزه‌ها و سپرها را که از آن داود پادشاه و در خانه خداوند بود، به یوزباشیها داد. ۱۰ 10
तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए ।
و هر یکی ازشاطران، سلاح خود را به‌دست گرفته، از طرف راست خانه تا طرف چپ خانه به پهلوی مذبح وبه پهلوی خانه، به اطراف پادشاه ایستادند. ۱۱ 11
मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले ।
و اوپسر پادشاه را بیرون آورده، تاج بر سرش گذاشت، و شهادت را به او داد و او را به پادشاهی نصب کرده، مسح نمودند و دستک زده، گفتند: «پادشاه زنده بماند.» ۱۲ 12
तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून्!”
و چون عتلیا آواز شاطران و قوم را شنید، نزد قوم به خانه خداوند داخل شد. ۱۳ 13
जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन् ।
و دید که اینک پادشاه بر‌حسب عادت، نزد ستون ایستاده. و سروران و کرنانوازان نزد پادشاه بودند و تمامی قوم زمین شادی می‌کردند و کرناها را می‌نواختند. پس عتلیا لباس خود را دریده، صدا زد که خیانت! خیانت! ۱۴ 14
तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका ।”
و یهویاداع کاهن، یوزباشیها را که سرداران فوج بودند، امر فرموده، ایشان را گفت: «او را از میان صفها بیرون کنید و هر‌که از عقب اوبرود، به شمشیر کشته شود.» زیرا کاهن فرموده بود که در خانه خداوند کشته نگردد. ۱۵ 15
तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”
پس او راراه دادند و از راهی که اسبان به خانه پادشاه می‌آمدند، رفت و در آنجا کشته شد. ۱۶ 16
त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।
و یهویادع در میان خداوند و پادشاه و قوم عهد بست تا قوم خداوند باشند و همچنین درمیان پادشاه و قوم. ۱۷ 17
तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे ।
و تمامی قوم زمین به خانه بعل رفته، آن را منهدم ساختند و مذبح هایش وتماثیلش را خرد درهم شکستند. و کاهن بعل، متان را روبروی مذبح‌ها کشتند و کاهن ناظران برخانه خداوند گماشت. ۱۸ 18
त्‍यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए । तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्‍ने बालको पुजारी मत्तानलाई मारे । तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे ।
و یوزباشیها و کریتیان و شاطران و تمامی قوم زمین را برداشته، ایشان پادشاه را از خانه خداوند به زیر آوردند و به راه دروازه شاطران به خانه پادشاه آمدند و او برکرسی پادشاهان بنشست. ۱۹ 19
यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।
و تمامی قوم زمین شادی کردند و شهر آرامی یافت و عتلیا را نزدخانه پادشاه به شمشیر کشتند. ۲۰ 20
त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो ।
و چون یوآش پادشاه شد، هفت ساله بود. ۲۱ 21
योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।

< دوم پادشاهان 11 >