< دوم تواریخ 5 >

پس تمامی کاری که سلیمان به جهت خانه خداوند کرد تمام شد، و سلیمان موقوفات پدرش داود را داخل ساخت، و نقره و طلا و سایرآلات آنها را در خزاین خانه خدا گذاشت. ۱ 1
जब सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति गरेका सबै काम सिद्ध्याए, तब तिनले आफ्‍ना बुबा दाऊदले यस कामका निम्ति अलग राखेका सामानहरू, अर्थात्‌ सुन, चाँदी, र सबै सर-सामान ल्‍याए—तिनले ती परमप्रभुको मन्‍दिरका भण्‍डारहरूमा राखे ।
آنگاه سلیمان مشایخ اسرائیل و جمیع روسای اسباط و سروران آبای بنی‌اسرائیل را دراورشلیم جمع کرد تا تابوت عهد خداوند را ازشهر داود که صهیون باشد، برآورند. ۲ 2
त्‍यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू, कुलका सबै नायकहरू र इस्राएलका परिवारका अगुवाहरूलाई परमप्रभुका करारको सन्‍दूक दाऊदको सहर, अर्थात्‌ सियोनबाट ल्‍याउन यरूशलेममा भेला गराए ।
و جمیع مردان اسرائیل در عید ماه هفتم نزد پادشاه جمع شدند. ۳ 3
इस्राएलका सबै मानिस सातौं महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए ।
پس جمیع مشایخ اسرائیل آمدند ولاویان تابوت را برداشتند. ۴ 4
इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्‍दूक लगे ।
و تابوت و خیمه اجتماع و همه آلات مقدس را که در خیمه بودبرآوردند، و لاویان کهنه آنها را برداشتند. ۵ 5
तिनीहरूले सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे । लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे ।
وسلیمان پادشاه و تمامی جماعت اسرائیل که نزدوی جمع شده بودند پیش تابوت ایستادند، وآنقدر گوسفند و گاو ذبح کردند که به شماره وحساب نمی آمد. ۶ 6
सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए ।
و کاهنان تابوت عهد خداوندرا به مکانش در محراب خانه، یعنی درقدس‌الاقداس زیر بالهای کروبیان درآوردند. ۷ 7
पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे ।
وکروبیان بالهای خود را بر مکان تابوت پهن می‌کردند و کروبیان تابوت و عصاهایش را از بالامی پوشانیدند. ۸ 8
करूबहरूले आफ्‍ना पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्‍दूक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाके ।
و عصاها اینقدر دراز بود که سرهای عصاها از تابوت پیش محراب دیده می شد، اما از بیرون دیده نمی شد، و تا امروز درآنجا است. ۹ 9
डन्‍डाहरूचाहिं यति लामा थिए कि तिनका टुप्‍पाहरूभित्री पवित्रस्‍थानबाट देखिन्थ्यो, तर ती बाहिरबाट देखिंदैनथे । ती आजक दिनसम्‍म त्‍यहीं छन्‌ ।
و در تابوت چیزی نبود سوای آن دو لوح که موسی در حوریب در آن گذاشت وقتی که خداوند با بنی‌اسرائیل در حین بیرون آمدن ایشان از مصر عهد بست. ۱۰ 10
इस्राएलका मानिसहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको ठाउँ होरेबमा मोशाले सन्‍दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्‍यसमा अरू केही थिएन ।
و واقع شد که چون کاهنان از قدس بیرون آمدند (زیرا همه کاهنانی که حاضر بودند بدون ملاحظه نوبتهای خود خویشتن را تقدیس کردند. ۱۱ 11
पुजारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍केर आए । त्‍यहाँ हाजिर भएका सबै पुजारीले आआफ्‍नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए ।
و جمیع لاویانی که مغنی بودند یعنی آساف وهیمان و یدوتون و پسران و برادران ایشان به کتان نازک ملبس شده، با سنجها و بربطها و عودها به طرف مشرق مذبح ایستاده بودند، و با ایشان صدو بیست کاهن بودند که کرنا می‌نواختند). ۱۲ 12
सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
پس واقع شد که چون کرنانوازان و مغنیان مثل یک نفربه یک آواز در حمد و تسبیح خداوند به صداآمدند، و چون با کرناها و سنجها و سایر آلات موسیقی به آواز بلند خواندند و خداوند را حمدگفتند که او نیکو است زیرا که رحمت او تاابدالاباد است، آنگاه خانه یعنی خانه خداوند ازابر پر شد. ۱۳ 13
तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्‍याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।” तब त्‍यो मन्‍दिर, परमप्रभुको मन्‍दिर बादलले भरियो ।
و کاهنان به‌سبب ابر نتوانستند برای خدمت بایستند زیرا که جلال یهوه خانه خدا راپر کرده بود. ۱۴ 14
बादलले गर्दा पुजारीहरूले सेवा गर्न सकेनन्, किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।

< دوم تواریخ 5 >