< دوم تواریخ 24 >

و یوآش هفت ساله بود که پادشاه شد وچهل سال در اورشلیم سلطنت نمود واسم مادرش ظبیه بئرشبعی بود. ۱ 1
योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए । तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे । तिनकी आमा बेर्शेबाकी सिब्या थिइन् ।
و یوآش درتمامی روزهای یهویاداع کاهن، آنچه را که در نظرخداوند راست بود، به عمل می‌آورد. ۲ 2
यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे ।
ویهویاداع دو زن برایش گرفت و او پسران ودختران تولید نمود. ۳ 3
यहोयादाले तिनका निम्ति दुई वटी पत्‍नी ल्याएदिए, र तिनी छोराछोरीका पिता भए ।
و بعد از آن، یوآش اراده کرد که خانه خداوند را تعمیر نماید. ۴ 4
यसपछि यस्‍तो भयो, योआशले परमप्रभुको मन्दिरको पुननिर्माण गर्ने निर्णय गरे ।
و کاهنان و لاویان راجمع کرده، به ایشان گفت: «به شهرهای یهودابیرون روید و از تمامی اسرائیل نقره برای تعمیر خانه خدای خود، سال به سال جمع کنید، و دراین کار تعجیل نمایید.» اما لاویان تعجیل ننمودند. ۵ 5
तिनले पुजारी र लेवीहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “हरेक वर्ष यहूदाका सहरहरूमा जाओ र सबै इस्राएलबाट परमप्रभुको मन्दिरको पुनर्निर्माण गर्नलाई पैसा जम्मा गर । तिमीहरू यो काम झट्टै सुरु गरिहाल ।” लेवीहरूले सुरुमा केही पनि गरेनन् ।
پس پادشاه، یهویاداع رئیس (کهنه ) راخوانده، وی را گفت: «چرا از لاویان بازخواست نکردی که جزیه‌ای را که موسی بنده خداوند وجماعت اسرائیل به جهت خیمه شهادت قرارداده‌اند، از یهودا و اورشلیم بیاورند؟» ۶ 6
यसले राजाले प्रधान पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्‍नुभएको छैन?”
زیرا که پسران عتلیای خبیثه، خانه خدا را خراب کرده، وتمامی موقوفات خانه خداوند را صرف بعلیم کرده بودند. ۷ 7
किनकि ती दुष्‍ट स्‍त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्दिर भत्‍काएका र परमप्रभुको मन्दिरका सबै पवित्र थोक बाललाई दिएका थिए ।
و پادشاه امر فرمود که صندوقی بسازند و آن را بیرون دروازه خانه خداوند بگذارند. ۸ 8
यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्दूक बनाए र त्‍यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे ।
و دریهودا و اورشلیم ندا دردادند که جزیه‌ای را که موسی بنده خدا در بیابان بر اسرائیل قرار داده بودبرای خداوند بیاورند. ۹ 9
तब तिनीहरूले यहूदा र यरूशलेमभरि नै परमेश्‍वरका दास मोशाले उजाड-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ भनी घोषणा गरे ।
و جمیع سروران وتمامی قوم آن را به شادمانی آورده، در صندوق انداختند تا پر شد. ۱۰ 10
सबै अगुवा र सबे मानिस आनन्दित भए र रकम ल्याए र त्‍यो सन्दूक नभरिएसम्‍म त्यसमा हाले ।
و چون صندوق به‌دست لاویان، نزد وکلای پادشاه آورده می‌شد و ایشان می‌دیدند که نقره بسیار هست آنگاه کاتب پادشاه و وکیل رئیس کهنه آمده، صندوق را خالی می‌کردند و آن را برداشته، باز به‌جایش می‌گذاشتند. و روز به روز چنین کرده، نقره بسیارجمع کردند. ۱۱ 11
यस्‍तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे, र जब त्यसमा तिनीहरूले धेरै पैसा देख्‍थे, तब राजाका सचिव र प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे । तिनीहरूले दिनदिनै त्‍यसो गरेर धेरै रुपियाँपैसा सञ्‍चय गरे ।
و پادشاه و یهویاداع آن را به آنانی که در کار خدمت خانه خداوند مشغول بودنددادند، و ایشان بنایان و نجاران به جهت تعمیرخانه خداوند و آهنگران و مسگران برای مرمت خانه خداوند اجیر نمودند. ۱۲ 12
राजा र यहोयादाले त्यो रुपियाँपैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिए । ती मानिसहरूले मन्दिरको पुनर्निर्माण गर्न डकर्मी, सिकर्मीहरू, फलाम र काँसाको काम गर्नेहरूलाई ज्यालामा लगाए ।
پس عمله‌ها به‌کارپرداختند و کار از دست ایشان به انجام رسید وخانه خدا را به حالت اولش برپا داشته، آن رامحکم ساختند. ۱۳ 13
यसरी कामदारहरूले श्रम गरे, र तिनीहरूकै हातमा यस मरम्मतका काम अगाडि बढ्यो । तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरे र त्यसलाई बलियो बनाए ।
و چون آن را تمام کرده بودند، بقیه نقره را نزد پادشاه و یهویاداع آوردند و از آن برای خانه خداوند اسباب یعنی آلات خدمت وآلات قربانی‌ها و قاشقها و ظروف طلا و نقره ساختند، و در تمامی روزهای یهویاداع، قربانی های سوختنی دائم در خانه خداوندمی گذرانیدند. ۱۴ 14
जब तिनीहरूले त्यो काम सिद्ध्याए, तब तिनीहरूले बाँकी बचेको रुपियाँपैसा राजा र यहोयादाकहाँ ल्याइदिए । ती पैसाबाट परमप्रभुका मन्दिरमा चाहिने सामानहरूको निम्ति प्रयोग गरियो, सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँडाहरू—सुन र चाँदीका चम्चा र भाँडाहरू । यहोयादाको समयभरि नै तिनीहरूले परमप्रभुको मन्दिरमा निरन्तर होमबलि चढाए ।
اما یهویاداع پیر و سالخورده شده، بمرد وحین وفاتش صد و سی ساله بود. ۱۵ 15
यहोयादा वृद्ध भए र दीर्घायु भए अनि त्‍यसपछि तिनी मरे । तिनको मृत्‍यु हुँदा तिनी एक सय तिस वर्षका थिए ।
و او را درشهر داود با پادشاهان دفن کردند، زیرا که دراسرائیل هم برای خدا و هم برای خانه او نیکویی کرده بود. ۱۶ 16
तिनीहरूले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा गाडे, किनभने तिनले इस्राएलमा परमेश्‍वर र परमेश्‍वरको मन्दिरको निम्ति असल काम गरेका थिए ।
و بعد از وفات یهویاداع، سروران یهوداآمدند و پادشاه را تعظیم نمودند و پادشاه در آن وقت به ایشان گوش گرفت. ۱۷ 17
यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए । तब राजाले तिनीहरूका कुरा सुने ।
و ایشان خانه یهوه خدای پدران خود را ترک کرده، اشیریم و بتها راعبادت نمودند، و به‌سبب این عصیان ایشان، خشم بر یهودا و اورشلیم افروخته شد. ۱۸ 18
तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई त्यागे र अशेरा देवीका खम्बाहरू र मूर्तिहरूको पुजा गरे । तिनीहरूका यस खराबीले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो ।
و اوانبیاء نزد ایشان فرستاد تا ایشان را به سوی یهوه برگردانند و ایشان آنها را شهادت دادند، اما ایشان گوش نگرفتند. ۱۹ 19
तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो । ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले, तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे ।
پس روح خدا زکریا ابن یهویاداع کاهن راملبس ساخت و او بالای قوم ایستاده، به ایشان گفت: «خدا چنین می‌فرماید: شما چرا از اوامریهوه تجاوز می‌نمایید؟ پس کامیاب نخواهیدشد. چونکه خداوند را ترک نموده‌اید، او شما راترک نموده است.» ۲۰ 20
यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्‍वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्‍नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्‍नुभएको छ ।”
و ایشان بر او توطئه نموده، او را به حکم پادشاه در صحن خانه خداوندسنگسار کردند. ۲۱ 21
तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे ।
پس یوآش پادشاه احسانی را که پدرش یهویاداع، به وی نموده بود، بیاد نیاورد، بلکه پسرش را به قتل رسانید. و چون او می‌مرد، گفت: «خداوند این را ببیند و بازخواست نماید.» ۲۲ 22
यसरी किसिमले, योआश राजाले जकरियाका बुबा यहोयादाले आफूप्रति गरेको दयालाई बेवास्‍ता गरे । बरु, यहोयादाका छोरालाई मारे । जब जकरियाको मृत्‍यु हुन लागेको थियो, तब तिनले यसो भने, “परमप्रभुले यो देख्‍नुभएको होस् र तिमीहरूका लेखा लिनुभएको होस् ।”
و در وقت تحویل سال، لشکر ارامیان به ضد وی برآمده، به یهودا و اورشلیم داخل شده، جمیع سروران قوم را از میان قوم هلاک ساختند، و تمامی غنیمت ایشان را نزد پادشاه دمشق فرستادند. ۲۳ 23
वर्षको अन्त्यमा यस्‍तो भयो, अरामी छाउनीका फौज योआशको विरुद्धमा आयो । तिनीहरू यहूदा र यरूशलेममा आए । तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे र तिनीहरूबाट लूटका माल लिएर दमस्कसका राजालाई पठाइदिए ।
زیرا که لشکر ارام با جمعیت کمی آمدند و خداوند لشکر بسیار عظیمی به‌دست ایشان تسلیم نمود، چونکه یهوه خدای پدران خود را ترک کرده بودند، پس بر یوآش قصاص نمودند. ۲۴ 24
अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो, किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए । यसरी आरामीहरूले योआशमाथि दण्ड ल्याए ।
و چون از نزد او رفتند (زیرا که او را درمرضهای سخت واگذاشتند)، بندگانش به‌سبب خون پسران یهویاداع کاهن، براو فتنه انگیخته، اورا بر بسترش کشتند. و چون مرد، او را در شهرداود دفن کردند، اما او را در مقبره پادشاهان دفن نکردند. ۲۵ 25
अरामीहरू जाने बेलासम्‍म योआश गम्‍भीर रूपले घाइते भएका थिए । पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिं होइन ।
و آنانی که بر او فتنه انگیختند، اینانند: زاباد، پسر شمعه عمونیه و یهوزاباد، پسرشمریت موآبیه. ۲۶ 26
तिनको विरुद्धमा षड्यन्त्र गर्ने व्‍यक्तिहरू अम्मोनी स्‍त्री शिम्मतका छोरा जाबाद र मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए ।
و اما حکایت پسرانش وعظمت وحی که بر او نازل شد و تعمیر خانه خدا، اینک در مدرس تواریخ پادشاهان مکتوب است، و پسرش امصیا در جایش پادشاه شد. ۲۷ 27
अब तिनका सन्‍तानको विवरण, तिनको विषय गरिएका महत्त्वपूर्ण अगमवाणीहरू, र परमेश्‍वरको मन्दिरको पुनर्निर्माण गर्ने कामका विषय, हेर, ती राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । तिनका छोरा अमस्याह तिनको ठाउँमा राजा भए ।

< دوم تواریخ 24 >