< اول پادشاهان 18 >

و بعد از روزهای بسیار، کلام خداونددر سال سوم، به ایلیا نازل شده، گفت: «برو و خود را به اخاب بنما و من بر زمین باران خواهم بارانید.» ۱ 1
धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु ।”
پس ایلیا روانه شد تا خود را به اخاب بنماید و قحط در سامره سخت بود. ۲ 2
आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो ।
واخاب عوبدیا را که ناظر خانه او بود، احضار نمودو عوبدیا از خداوند بسیار می‌ترسید. ۳ 3
आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए । ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे ।
و هنگامی که ایزابل انبیای خداوند را هلاک می‌ساخت، عوبدیا صد نفر از انبیا را گرفته، ایشان را پنجاه پنجاه در مغاره پنهان کرد و ایشان را به نان و آب پرورد. ۴ 4
किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए ।
و اخاب به عوبدیا گفت: «در زمین نزدتمامی چشمه های آب و همه نهرها برو که شایدعلف پیدا کرده، اسبان و قاطران را زنده نگاه داریم و همه بهایم از ما تلف نشوند.» ۵ 5
आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ । सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउने छैनौँ ।
پس زمین را درمیان خود تقسیم کردند تا در آن عبور نمایند؛ اخاب به یک راه تنها رفت، و عوبدیا به راه دیگر، تنها رفت. ۶ 6
त्यसैले निरीक्षण र पानीको खोजीको लागि तिनीहरूले देश विभाजन गरे । आहाब एकलै एकातिर गए, र ओबदिया अर्कोतिर गए ।
و چون عوبدیا در راه بود، اینک ایلیا بدوبرخورد و او وی را شناخته، به روی خود درافتاده، گفت: «آیا آقای من ایلیا، تو هستی؟» ۷ 7
ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे । ओबदियाले तिनलाई चिनिहाले र भुइँतिर शिर निहुराए । तिनले भने, “के तपाईं मेरा मालिक एलिया हुनुहुन्न र?”
او را جواب داد که «من هستم، برو و به آقای خودبگو که اینک ایلیاست.» ۸ 8
एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।”
گفت: «چه گناه کرده‌ام که بنده خود را به‌دست اخاب تسلیم می‌کنی تامرا بکشد. ۹ 9
ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ?”
به حیات یهوه، خدای تو قسم که قومی و مملکتی نیست، که آقایم به جهت طلب تو آنجا نفرستاده باشد و چون می‌گفتند که اینجانیست به آن مملکت و قوم قسم می‌داد که تو رانیافته‌اند. ۱۰ 10
परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन् । 'एलिया यहाँ छैनन्' भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन् ।
و حال می‌گویی برو به آقای خودبگو که اینک ایلیاست؟ ۱۱ 11
तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'
و واقع خواهد شد که چون از نزد تو رفته باشم، روح خداوند تو را به‌جایی که نمی دانم، بردارد و وقتی که بروم و به اخاب خبر دهم و او تو را نیابد، مرا خواهد کشت. و بنده ات از طفولیت خود از خداوند می‌ترسد. ۱۲ 12
म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।
مگر آقایم اطلاع ندارد از آنچه من هنگامی که ایزابل انبیای خداوند را می‌کشت کردم، که چگونه صد نفر از انبیای خداوند را پنجاه پنجاه در مغاره‌ای پنهان کرده، ایشان را به نان و آب پروردم. ۱۳ 13
हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र?
و حال تو می‌گویی برو و آقای خود رابگو که اینک ایلیاست؟ و مرا خواهد کشت.» ۱۴ 14
अहिले तपाईं मलाई भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' तिनले मलाई मार्ने छन् ।”
ایلیا گفت: «به حیات یهوه، صبایوت که به حضور وی ایستاده‌ام قسم که خود را امروز به وی ظاهر خواهم نمود.» ۱۵ 15
तब एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभु जसको अगि म खडा छु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, कि निश्चय नै म आजै आहाबकहाँ देखा पर्ने छु ।”
پس عوبدیا برای ملاقات اخاب رفته، او را خبر داد و اخاب به جهت ملاقات ایلیا آمد. ۱۶ 16
त्यसैले ओबदिया आहाबलाई भेट्न गए, र एलियाले भनेका कुरा तिनलाई बताए ।
و چون اخاب ایلیا را دید، اخاب وی راگفت: «آیا تو هستی که اسرائیل را مضطرب می‌سازی؟» ۱۷ 17
तब राजा एलियालाई भेट्न गए । जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ!”
گفت: «من اسرائیل را مضطرب نمی سازم، بلکه تو و خاندان پدرت، چونکه اوامرخداوند را ترک کردید و تو پیروی بعلیم رانمودی. ۱۸ 18
एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ ।
پس الان بفرست و تمام اسرائیل را نزد من بر کوه کرمل جمع کن و انبیای بعل را نیزچهارصد و پنجاه نفر، و انبیای اشیریم راچهارصد نفر که بر سفره ایزابل می‌خورند.» ۱۹ 19
अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् । ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस् ।”
پس اخاب نزد جمیع بنی‌اسرائیل فرستاده، انبیا را بر کوه کرمل جمع کرد. ۲۰ 20
त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए ।
و ایلیابه تمامی قوم نزدیک آمده، گفت: «تا به کی درمیان دو فرقه می‌لنگید؟ اگر یهوه خداست، او راپیروی نمایید! و اگر بعل است، وی را پیروی نمایید!» اما قوم در جواب او هیچ نگفتند. ۲۱ 21
एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग । तर बाल परमेश्वर हो भने त्यसको पछि लाग ।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन् ।
پس ایلیا به قوم گفت: من تنها نبی یهوه باقی‌مانده‌ام وانبیای بعل چهارصد و پنجاه نفرند. ۲۲ 22
तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् ।
پس به مادو گاو بدهند و یک گاو به جهت خود انتخاب کرده، و آن را قطعه قطعه نموده، آن را بر هیزم بگذارند و آتش ننهند و من گاو دیگر را حاضرساخته، بر هیزم می‌گذارم و آتش نمی نهم. ۲۳ 23
तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ ।
وشما اسم خدای خود را بخوانید و من نام یهوه راخواهم خواند و آن خدایی که به آتش جواب دهد، او خدا باشد.» و تمامی قوم در جواب گفتند: «نیکو گفتی.» ۲۴ 24
तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु । जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ ।” सबै मानिसले भने, “यो असल कुरो हो ।”
پس ایلیا به انبیای بعل گفت: «یک گاو برای خود انتخاب کرده، شما اول آن را حاضر سازید زیرا که بسیار هستید و به نام خدای خود بخوانید، اما آتش نگذارید.» ۲۵ 25
त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ । त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ ।”
پس گاو را که به ایشان داده شده بود، گرفتند و آن راحاضر ساخته، نام بعل را از صبح تا ظهر خوانده، می‌گفتند: «ای بعل ما را جواب بده.» لیکن هیچ صدا یا جوابی نبود و ایشان بر مذبحی که ساخته بودند، جست و خیز می‌نمودند. ۲۶ 26
तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस् ।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो । तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे ।
و به وقت ظهر، ایلیا ایشان را مسخره نموده، گفت: «به آوازبلند بخوانید زیرا که او خداست! شاید متفکراست یا به خلوت رفته، یا در سفر می‌باشد، یاشاید که در خواب است و باید او را بیدار کرد!» ۲۷ 27
मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ । त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला । त्यसैले उसलाई ब्युँझाइनुपर्छ ।”
و ایشان به آواز بلند می‌خواندند و موافق عادت خود خویشتن را به تیغها و نیزه‌ها مجروح می‌ساختند به حدی که خون بر ایشان جاری می‌شد. ۲۸ 28
त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे ।
و بعد از گذشتن ظهر تا وقت گذرانیدن هدیه عصری ایشان نبوت می‌کردند لیکن نه آوازی بود و نه کسی‌که جواب دهد یا توجه نماید. ۲۹ 29
मद्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो । तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन ।
آنگاه ایلیا به تمامی قوم گفت: «نزد من بیایید.» و تمامی قوم نزد وی آمدند و مذبح یهوه را که خراب شده بود، تعمیر نمود. ۳۰ 30
तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ ।” सबै मानिस तिनको नजिक आए । त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे ।
و ایلیاموافق شماره اسباط بنی یعقوب که کلام خداوندبر وی نازل شده، گفته بود که نام تو اسرائیل خواهد بود، دوازده سنگ گرفت. ۳۱ 31
एलियाले बाह्रवटा ढुङ्गा लिए । प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो । यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुने छ ।”
و به آن سنگها مذبحی به نام یهوه بنا کرد و گرداگرد مذبح خندقی که گنجایش دو پیمانه بزر داشت، ساخت. ۳۲ 32
ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने ।
و هیزم را ترتیب داد و گاو را قطعه قطعه نموده، آن را بر هیزم گذاشت. پس گفت: «چهار خم از آب پر کرده، آن را بر قربانی سوختنی و هیزم بریزید.» ۳۳ 33
तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।”
پس گفت: «بار دیگربکنید، » و گفت: «بار سوم بکنید.» و بار سوم کردند. ۳۴ 34
त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर ।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे । फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर ।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे ।
و آب گرداگرد مذبح جاری شد وخندق نیز از آب پر گشت. ۳۵ 35
पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो ।
و در وقت گذرانیدن هدیه عصری، ایلیای نبی نزدیک آمده، گفت: «ای یهوه، خدای ابراهیم و اسحاق و اسرائیل، امروز معلوم بشود که تو دراسرائیل خدا هستی و من بنده تو هستم و تمام این کارها را به فرمان تو کرده‌ام. ۳۶ 36
साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् ।
مرا اجابت فرما‌ای خداوند! مرا اجابت فرما تا این قوم بدانند که تویهوه خدا هستی و اینکه دل ایشان را باز پس گردانیدی.» ۳۷ 37
हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।”
آنگاه آتش یهوه افتاده، قربانی سوختنی و هیزم و سنگها و خاک را بلعید و آب را که در خندق بود، لیسید. ۳۸ 38
तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्‍यो, र खाडलको पानी पनि सुकाइदियो ।
و تمامی قوم چون این را دیدند به روی خود افتاده، گفتند: «یهوه، اوخداست! یهوه او خداست!» ۳۹ 39
जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”
و ایلیا به ایشان گفت: «انبیای بعل را بگیرید و یکی از ایشان رهایی نیابد.» پس ایشان را گرفتند و ایلیا ایشان رانزد نهر قیشون فرود آورده، ایشان را در آنجاکشت. ۴۰ 40
त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र । एउटै पनि भाग्न नपाओस् ।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे ।
و ایلیا به اخاب گفت: «برآمده، اکل وشرب نما.» زیرا که صدای باران بسیار می‌آید. ۴۱ 41
एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै छ ।”
پس اخاب برآمده، اکل و شرب نمود. و ایلیا برقله کرمل برآمد و به زمین خم شده، روی خود رابه میان زانوهایش گذاشت. ۴۲ 42
त्यसैले आहाब खानपान गर्न र पिउनलाई गए । तब एलिया कर्मेल डाँडाको टाकुरामा उक्ले, भुइँमा आफ्नो शिर झुकाई आफ्ना घुँडाहरूका बिचमा आफ्नो मुहार राखे ।
و به خادم خودگفت: «بالا رفته، به سوی دریا نگاه کن.» و او بالارفته، نگریست و گفت که چیزی نیست و او گفت: «هفت مرتبه دیگر برو.» ۴۳ 43
तिनले आफ्नो नोकरलाई भने, “गएर समुद्रतिर गएर हेर् ।” तिनको नोकर गएर हेर्‍यो र फर्केर आई भन्यो, “त्यहाँ केही छैन ।” त्यसैले एलियाले भने, “सातपल्ट गएर हेर् ।”
و در مرتبه هفتم گفت که «اینک ابری کوچک به قدر کف دست آدمی ازدریا برمی آید.» او گفت: «برو و به اخاب بگو که ارابه خود را ببند و فرود شو مبادا باران تو را مانع شود.» ۴۴ 44
सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको छ ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, 'आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने छ ।”
و واقع شد که در اندک زمانی آسمان ازابر غلیظ و باد، سیاه فام شد، و باران سخت بارید واخاب سوار شده، به یزرعیل آمد. ۴۵ 45
केही क्षणमा नै बादल कालो भयो र हुरी चल्यो, अनि त्यहाँ ठुलो झरी पर्‍यो । आहाब रथमा चढेर यिजरेलमा गए,
و دست خداوند بر ایلیا نهاده شده، کمر خود را بست وپیش روی اخاب دوید تا به یزرعیل رسید. ۴۶ 46
तर परमप्रभुको हात एलियामाथि थियो । तिनले आफ्नो खास्टो पटुकामा कसे, र यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे ।

< اول پادشاهان 18 >