< اول تواریخ 17 >

و واقع شد چون داود در خانه خود نشسته بود که داود به ناتان نبي گفت: « اينک من خانه سرو آزاد ساکن مي باشم و تابوت عهد خداوند زير پرده ها است.» ۱ 1
राजा आफ्‍नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको छ ।”
ناتان به داود گفت: « هر آنچه در دلت باشد به عمل آور زيرا خدا با تو است.» ۲ 2
तब नातानले दाऊदलाई जवाफ दिए, “जानुहोस्, आफ्‍नो मनमा जे छ त्‍यो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।”
و در آن شب واقع شد که کلام خدا به ناتان نازل شده،گفت: ۳ 3
तर त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ यसो भनेर आयो,
« برو و به بنده من داود بگو خداوند چنين مي فرمايد: تو خانه اي براي سکونت من بنا نخواهي کرد. ۴ 4
“जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले मेरो लागि बस्‍ने घर बनाउनेछैनस्‌ ।
زيرا از روزي که بني اسرائيل را بيرون آوردم تا امروز در خانه ساکن نشده ام بلکه از خيمه به خيمه و مسکن به مسکن گردش کرده ام. ۵ 5
किनकि इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि यता आजको दिनसम्‍म म कहिल्‍यै घरमा बसेको छैनँ । बरू, विभिन्‍न ठाउँमा पवित्र पालसम्‍म म बस्‍दैआएको छु ।
و به هر جايي که با تمامي اسرائيل گردش کرده ام، آيا به احدي از داوران اسرائيل که براي رعايت قوم خود مأمور داشتم، سخني گفتم که چرا خانه اي از سرو آزاد براي من بنا نکرديد؟ ۶ 6
सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्‍त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्‍ति देवदारुको घर किन बनाएको छैनस्?”
و حال به بنده من داود چنين بگو: يهُوَه صبايوت چنين مي فرمايد: من تو را از چراگاه از عقب گوسفندان گرفتم تا پيشواي قوم من اسرائيل باشي. ۷ 7
“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ ।
و هر جايي که مي رفتي، من با تو مي بودم و جميع دشمنانت را از حضور تو منقطع ساختم و براي تو اسمي مثل اسم بزرگاني که بر زمين اند پيدا کردم. ۸ 8
तँ जहाँ गए पनि म तँसँगै छु र तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु, अनि तेरो नाउँलाई म पृथ्‍वीमा भएका महान्‌ व्‍यक्तिहरूझैं प्रसिद्ध तुल्‍याउनेछु ।
و به جهت قوم خود اسرائيل مکاني تعيين نمودم و ايشان را غرس کردم تا در مکان خويش ساکن شده، باز متحرک نشوند، و شريران ايشان را ديگر مثل سابق ذليل نسازند. ۹ 9
म आफ्‍ना मानिस इस्राएलको निम्‍ति एउटा ठाउँ तोक्‍नेछु ताकि तिनीहरू आफ्‍नै देशमा बसून् र फेरि कष्‍टमा नपरून् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्,
و از ايامي که داوران را بر قوم خود اسرائيل تعيين نمودم و تمامي دشمنانت را مغلوب ساختم، تو را خبر مي دادم که خداوند خانه اي براي تو بنا خواهد نمود. ۱۰ 10
जसरी मैले आफ्‍ना मानिस इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्‍दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु ।
و چون روزهاي عمر تو تمام شود که نزد پدران خود رحلت کني، آنگاه ذريت تو را که پسران تو خواهد بود، بعد از تو خواهم برانگيخت و سلطنت او را پايدار خواهم نمود. ۱۱ 11
जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्‍न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्‍ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।
او خانه اي براي من بنا خواهد کرد و من کرسي او را تا به ابد استوار خواهم ساخت. ۱۲ 12
उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु ।
من او را پدر خواهم بود و او مرا پسر خواهد بود و رحمت خود را از او دور نخواهم کرد چنانکه آن را از کسي که قبل از تو بود دور کردم. ۱۳ 13
म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँभन्‍दा पहिले राज्‍य गर्ने शाऊलबाट मेरो आफ्‍नो करारको विश्‍वस्‍तता फिर्ता लिएझैं म ऊदेखि फिर्ता लिनेछैनँ ।
و او را در خانه و سلطنت خودم تا به ابد پايدار خواهم ساخت و کرسي او استوار خواهد ماند تا ابدالآباد.» ۱۴ 14
उसलाई म आफ्‍नो मन्‍दिर र मेरो राज्‍यमाथि सधैंको निम्‍ति राख्‍नेछु, र उसको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थापित हुनेछ ।”
بر حسب تمامي اين کلمات و مطابق تمامي اين رؤيا ناتان به داود تکلم نمود. ۱۵ 15
नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए ।
و داود پادشاه داخل شده، به حضور خداوند نشست و گفت: « اي يهُوَه خدا، من کيستم و خاندان من چيست که مرا به اين مقام رسانيدي؟ ۱۶ 16
तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ?
و اين نيز در نظر تو اي خدا امر قليل نمود زيرا که درباره خانه بنده ات نيز براي زمان طويل تکلم نمودي و مرا اي يهُوَه خدا، مثل مرد بلند مرتبه منظور داشتي. ۱۷ 17
किनकि हे परमेश्‍वर, तपाईंको दृष्‍टिमा यो त सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घरानालाई भविष्यको बारेमा बोल्‍नुभएको छ, र मलाई भविष्यका पुस्ताहरू देखाउनुभएको छ ।
و داود ديگر درباره اکرامي که به بنده خود کردي، نزد تو چه تواند افزود زيرا که تو بنده خود را مي شناسي. ۱۸ 18
म दाऊदले तपाईंलाई योभन्दा बढी के नै भन्‍न सक्छु र? तपाईंले आफ्‍नो दासलाई विशेष आदर गर्नुभएको छ ।
اي خداوند، به خاطر بنده خود و موافق دل خويش جميع اين کارهاي عظيم را به جا آوردي تا تمامي اين عظمت را ظاهر سازي. ۱۹ 19
हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।
اي يهُوَه مثل تو کسي نيست و غير از تو خدايي ني. موافق هر آنچه به گوشهاي خود شنيديم، ۲۰ 20
हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन ।
و مثل قوم تو اسرائيل کدام امتي بر روي زمين است که خدا بيايد تا ايشان را فديه داده، براي خويش قوم بسازد، و به کارهاي عظيم و مهيب اسمي براي خود پيدا نمايي و امّت ها را از حضور قوم خود که ايشان را از مصر فديه دادي، اخراج نمايي. ۲۱ 21
किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्‍वरले महान्‌ र भयानक कार्यहरूद्वारा आफ्‍नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्‍ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो ।
و قوم خود اسرائيل را براي خويش تا به ابد قوم ساختني و تو اي يهُوَه خداي ايشان شدي. ۲۲ 22
तपाईंले इस्राएललाई सदाको निम्ति आफ्‍नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ ।
« و الآن اي خداوند کلامي که درباره بنده ات و خانه اش گفتي تا به ابد استوار شود و بر حسب آنچه گفتي عمل نما. ۲۳ 23
यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।
و اسم تو تا به ابد استوار و معظم بماند تا گفته شود که يهُوَه صبايوت خداي اسرائيل خداي اسرائيل است و خاندان بنده ات داود به حضور تو پايدار بماند. ۲۴ 24
तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ।,’
زيرا تو اي خداي من بر بنده خود کشف نمودي که خانه اي برايش بنا خواهي نمود؛ بنابراين بنده ات جرأت کرده است که اين دعا را نزد تو بگويد. ۲۵ 25
किनकि, हे मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु ।
و الآن اي يهُوَه، تو خدا هستي و اين احسان را به بنده خود وعده دادي. ۲۶ 26
अब हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ, र आफ्‍नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः
و الآن تو را پسند آمد که خانه بنده خود را برکت دهي تا در حضور تو تا به ابد بماند زيرا که تو اي خداوند برکت داده اي و مبارک خواهد بود تا ابدالآباد.» ۲۷ 27
तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्‍यसलाई आशिष्‌ दिनुभएको छ, र त्‍यो सदाको निम्ति आशिषित हुनेछ ।”

< اول تواریخ 17 >