< Jeremias 37 >

1 Og Sedekias, Josias' sønn, blev konge efter Konja, Jojakims sønn for Babels konge Nebukadnesar hadde satt ham til konge i Juda land.
यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा योशियाहका छोरा सिदकियाहले राजा भएर राज्‍य गरे । बेबिलोनका राजा नबूकदनेसरले सिदकियाहलाई यहूदा देशका राजा बनाएका थिए ।
2 Men han og hans tjenere og landets folk hørte ikke på Herrens ord, som han talte ved profeten Jeremias.
तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।
3 Og kong Sedekias sendte Jehukal, Selemjas sønn, og presten Sefanja, Ma'asejas sønn, til profeten Jeremias og lot si: Bed for oss til Herren vår Gud!
त्यसैले राजा सिदकियाह, शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए । तिनीहरूले यसो भने, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गर ।”
4 Jeremias gikk dengang inn og ut blandt folket; de hadde ennu ikke satt ham i fengsel.
यस बेला यर्मिया मानिसहरूकहाँ आउने र जाने गर्थे, किनकि तिनलाई अझै पनि थुनामा राखिएको थिएन ।
5 Og Faraos hær hadde da draget ut fra Egypten, og da kaldeerne, som holdt Jerusalem kringsatt, spurte det, drog de bort fra Jerusalem.
फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे ।
6 Da kom Herrens ord til profeten Jeremias, og det lød så:
तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो,
7 Så sier Herren, Israels Gud: Så skal I si til Judas konge, som sendte eder til mig for å spørre mig: Se, Faraos hær, som har draget ut for å komme eder til hjelp, skal vende tilbake til sitt land, Egypten,
“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।
8 og kaldeerne skal komme igjen og stride mot denne by, og de skal innta den og brenne den op med ild.
कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।'
9 Så sier Herren: I må ikke dåre eder selv og si: Kaldeerne skal visselig dra bort fra oss! For de skal ikke dra bort;
परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् ।
10 om I så slo hele kaldeernes hær som strider mot eder, og det bare blev nogen hårdt sårede tilbake iblandt dem, så skulde disse stå op, hver i sitt telt, og brenne denne by op med ild.
तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।”
11 Og da kaldeernes hær hadde draget bort fra Jerusalem for Faraos hærs skyld,
त्‍यसैले फारोको सेना आउँदै गर्दा कल्दीको सेनाले यरूशलेम छाड्यो,
12 da gikk Jeremias ut av Jerusalem midt iblandt folket for å gå til Benjamins land og hente sin arvelodd derfra.
तब यर्मिया यरूशलेमबाट प्रस्थान गरेर बेन्यामीनको इलाकामा गए । त्यहाँ तिनले आफ्ना मानिसहरूका बिचमा आफ्नो जग्गाको अंश लिन चाहन्थे ।
13 Og da han var i Benjamin-porten, så stod der en høvedsmann for vakten ved navn Jerija, sønn av Selemja, sønn av Hananja; han grep fatt i profeten Jeremias og sa: Du vil gå over til kaldeerne.
जसै तिनी बेन्यामीनको मूल ढोकामा पुगे, त्यहाँ मुख्य पहरेदार थिए । तिनको नाउँ यिरियाह थियो, जो हनन्याहका नाति, शेलेम्याहका छोरा थिए । तिनले यर्मिया अगमवक्तालाई समाते र भने, “तिमी कल्दीहरूकहाँ भागेर जाँदैछौ ।”
14 Da sa Jeremias: Det er løgn; jeg vil ikke gå over til kaldeerne. Men Jerija hørte ikke på Jeremias, han grep ham og førte ham til høvdingene.
तर यर्मियाले भने, “त्यो साँचो होइन । म कल्दीहरूकहाँ भागेर जानेछैन ।” तर यिरियाहले तिनको कुरा सुनेनन् । तिनले यर्मियालाई समाते र अधिकारीहरूकहाँ लगे ।
15 Da blev høvdingene vrede på Jeremias og slo ham, og de satte ham i fangehuset, i statsskriveren Jonatans hus; for det hadde de gjort til fengsel.
अधिकारीहरू यर्मियासित रिसाए । तिनीहरूले तिनलाई कुटे र थुनामा हाले जुन सचिव जोनाथनको घर थियो, किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए ।
16 Da Jeremias var kommet i fangehullet, i kjelleren, og hadde sittet der i mange dager,
यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो, जहाँ तिनी धेरै दिनसम्म रहे ।
17 sendte kong Sedekias bud og lot ham hente, og kongen spurte ham i sitt hus i lønndom og sa: Er det noget ord fra Herren? Jeremias svarte: Ja, det er. Og så sa han: Du skal bli gitt i Babels konges hånd.
तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”
18 Derefter sa Jeremias til kong Sedekias: Hvad har jeg syndet mot dig og dine tjenere og dette folk, siden I har satt mig i fengsel?
तब यर्मियाले सिदकियाह राजालाई भने, “तपाईं, तपाईंका सेवकहरू र यी मानिसहरूको विरुद्धमा मैले कसरी पाप गरें जसको कारण तपाईंले मलाई झ्यालखानामा हाल्‍नुभयो?
19 Og hvor er nu eders profeter, de som profeterte for eder og sa: Babels konge skal ikke komme over eder og over dette land?
तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?
20 Og hør nu, herre konge! La min ydmyke bønn bæres frem for ditt åsyn og send mig ikke tilbake til statsskriveren Jonatans hus, forat jeg ikke skal dø der!
तर हे मेरा मालिक राजा, अब सुन्‍नुहोस् । मेरा बिन्ती हजुरको सामु राख्‍न दिनुहोस् । मलाई सचिव जोनाथनको घरमा नफर्काउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु ।”
21 På kong Sedekias' bud holdt de Jeremias i varetekt i vaktgården og gav ham et brød til hver dag fra bakernes gate, inntil alt brødet i byen var fortært. Og Jeremias blev sittende i vaktgården.
त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।

< Jeremias 37 >