< 2 Mosebok 10 >

1 Og Herren sa til Moses: Gå inn til Farao! For det er jeg som har forherdet hans hjerte og hans tjeneres hjerte, forat jeg kan gjøre disse mine tegn midt iblandt dem,
परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।
2 og forat du skal fortelle din sønn og din sønnesønn hvad jeg har gjort mot egypterne, og hvad tegn jeg har gjort iblandt dem, så I skal kjenne at jeg er Herren.
मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्‍न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ । यसरी म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।”
3 Så gikk Moses og Aron inn til Farao og sa til ham: Så sier Herren, hebreernes Gud: Hvor lenge vil du la være å ydmyke dig for mig? La mitt folk fare, så de kan tjene mig!
त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
4 For dersom du nekter å la mitt folk fare, da vil jeg imorgen la gresshopper komme over ditt land.
तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु ।
5 Og de skal dekke landet, så ingen kan se jorden, og de skal ete op hvert eneste grand av det som blev tilovers for eder efter haglet, og de skal avete hvert tre som vokser på eders marker.
कसैले जमिनलाई देख्‍न नसक्‍ने गरी तिनीहरूले भुइँलाई ढाक्‍नेछन् । असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन् । खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन् ।
6 Og de skal fylle dine hus og alle dine tjeneres hus og alle egypternes hus, så hverken dine fedre eller dine fedres fedre har sett noget slikt fra den tid de blev til på jorden, og til denne dag. Dermed vendte han sig om og gikk ut fra Farao.
तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन् । यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्' ।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए ।
7 Da sa Faraos tjenere til ham: Hvor lenge skal denne mann være en snare for oss? La mennene fare, så de kan tjene Herren sin Gud! Ser du ikke ennu at Egypten blir ødelagt?
फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?”
8 Så blev Moses og Aron hentet tilbake til Farao, og han sa til dem: Gå avsted, tjen Herren eders Gud! Men hvem er det som skal fare?
मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन्?”
9 Moses svarte: Vi vil fare alle, både unge og gamle; både våre sønner og våre døtre vil vi ha med, både vårt småfe og vårt storfe; for vi skal holde høitid for Herren.
मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।”
10 Da sa han til dem: Herren være med eder, så visst som jeg lar eder og eders små barn fare! Se der om I ikke har ondt i sinne!
फारोले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् । हेर, तिमीहरूको मनमा कुनै दुष्‍टता छ ।
11 Nei, ikke så! I menn kan fare og tjene Herren! For det var jo det I bad om. Dermed drev de dem ut fra Farao.
तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।
12 Da sa Herren til Moses: Rekk ut din hånd over Egyptens land, så skal gresshoppene komme inn over Egyptens land og ete op alle urter i landet, alt det haglet har levnet.
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।”
13 Så rakte Moses ut sin stav over Egyptens land, og Herren lot en østenvind komme over landet hele den dag og hele natten; da det blev morgen, førte østenvinden gresshoppene med sig.
मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो । बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो ।
14 Og gresshoppene kom inn over hele Egyptens land og slo sig ned i hele Egypten i store mengder; aldri hadde det før vært en slik gresshoppesverm, og aldri vil det komme nogen slik mere.
सलहहरू मिश्र देशभरि गए र यसका सबै भू-भागमा हुल-हुल भएर बसे । त्यस देशमा सलहहरूको यस्तो हुल कहिल्यै देखा परेको थिएन र यसपछि पनि यस्तो कहिल्यै हुनेछैन ।
15 De dekket hele landet, så landet blev mørkt, og de åt op alle urter i landet og all frukt på trærne som haglet hadde levnet, og det blev intet grønt tilbake på trærne eller på markens urter i hele Egyptens land.
पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके । असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए । मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्‍यो ।
16 Da skyndte Farao sig og sendte bud efter Moses og Aron og sa: Jeg har syndet mot Herren eders Gud og mot eder.
त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्‍न पठाए र भने, “मैले तिमीहरूका परमेश्‍वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु ।
17 Men forlat mig nu min synd denne ene gang, og bed til Herren eders Gud at han bare vil avvende denne død fra mig!
अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्‍वरसित बिन्ती चढाइदेओ ।”
18 Og han gikk ut igjen fra Farao og bad til Herren.
त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।
19 Og Herren vendte vinden, så det blev en meget sterk vestenvind, og den førte gresshoppene bort og kastet dem ned i det Røde Hav; det blev ikke én gresshoppe tilbake i hele Egyptens land.
परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो । मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन ।
20 Men Herren forherdet Faraos hjerte, så han ikke lot Israels barn fare.
तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।
21 Og Herren sa til Moses: Rekk din hånd op mot himmelen, og det skal bli mørke over Egyptens land, et mørke så tykt at en kan ta på det.
त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस् ।”
22 Så rakte Moses sin hånd op mot himmelen, og det blev et tykt mørke i hele Egyptens land i tre dager.
मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो ।
23 Den ene kunde ikke se den andre, og ingen torde flytte sig fra sin plass i tre dager; men hos alle Israels barn var det lyst der de bodde.
कसैले कसैलाई देख्‍न सक्दैनथ्यो । तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन । तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो ।
24 Da kalte Farao Moses til sig og sa: Gå avsted, tjen Herren! Bare eders småfe og eders storfe skal bli tilbake; også eders små barn kan få dra med eder.
फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्‍नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।”
25 Men Moses sa: Du må også la oss få slaktoffer og brennoffer med, så vi kan ofre til Herren vår Gud;
तर मोशाले भने, “हाम्रा परमप्रभु परमेश्‍वरलाई बलिदान चढाउन तपाईंले हामीलाई बलिदान र होमबलिको निम्ति पशुहरू पनि दिनुपर्छ ।
26 også vår buskap må være med oss, ikke en klov må bli igjen; for det er det vi må ta av når vi skal tjene Herren vår Gud, og vi vet ikke hvad vi skal ofre til Herren før vi kommer dit.
हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ । तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्‍वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ । किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन ।”
27 Men Herren forherdet Faraos hjerte, så han ikke vilde la dem fare.
तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।
28 Og Farao sa til Moses: Gå fra mig, vokt dig, kom ikke mere for mine øine! For på den dag du kommer for mine øine, skal du dø!
फारोले मोशालाई भने, “मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ । अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ ।”
29 Moses svarte: Du har talt rett; jeg skal aldri mere komme for dine øine.
मोशाले भने, “तपाईंले भन्‍नुभएझैँ होस् । म फेरि तपाईंको अनुहार हेर्नेछैनँ ।”

< 2 Mosebok 10 >