< 5 Mosebok 9 >

1 Hør, Israel! Du går nu over Jordan for å komme inn og legge under dig folk som er større og sterkere enn du, og som har store byer med murer som når til himmelen,
हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।
2 et stort folk og høit av vekst, anakittenes barn, som du selv kjenner, og som du selv har hørt det ord om: Hvem kan stå sig mot Anaks barn?
तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ?' भनी तिमीहरूले सुनेकै छौ ।
3 Så skal du da vite idag at Herren din Gud, han som går frem foran dig som en fortærende ild, han skal ødelegge dem, og han skal ydmyke dem for dig, så du skal drive dem bort og tilintetgjøre dem i hast, således som Herren har sagt til dig.
त्यसकारण, आज यो जानिराख कि परमप्रभु तिमीहरूका परमेश्‍वर नै भस्म गर्ने आगोजस्तै तिमीहरूभन्दा अगिअगि जानुहुन्छ । उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूको अधीनमा ल्याउनुहुने छ । त्यसैले परमप्रभुले तिमीहरूलाई भन्‍नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउने छौ, र तिनीहरूलाई चाँडै नै नष्‍ट पार्ने छौ ।
4 Når nu Herren din Gud driver dem ut for dig, må du ikke tenke som så: Det er for min rettferdighets skyld Herren har ført mig inn i dette land og latt mig få det til eiendom. Nei, det er for disse hedningers ugudelighets skyld Herren driver dem ut for dig.
तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो ह्रदयमा यसो नभन, 'मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको छ ।' बरु यी जातिहरूको दुष्‍टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ ।
5 Ikke for din rettferdighets skyld eller for ditt opriktige hjertes skyld kommer du inn i deres land og tar det i eie; men det er for deres ugudelighets skyld Herren din Gud driver disse hedninger ut for dig, og for å holde det ord Herren har svoret dine fedre Abraham, Isak og Jakob.
तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्‍टताको कारणले गर्दा तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् ।
6 Så skal du da vite at det ikke er for din rettferdighets skyld Herren din Gud gir dig dette gode land til eie; for du er et hårdnakket folk.
त्यसकारण यो जानिराख, कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्‍नुभएको होइन किनकि तिमीहरू त हठी मानिसहरू हौ ।
7 Kom i hu og glem ikke hvorledes du vakte Herrens, din Guds vrede i ørkenen! Like fra den dag du gikk ut av Egyptens land, og til I kom til dette sted, har I vært gjenstridige mot Herren.
उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्‍जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ ।
8 Allerede ved Horeb vakte I Herrens vrede, og Herren harmedes på eder, så han vilde ha gjort ende på eder.
साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।
9 Da jeg var gått op på fjellet for å ta imot stentavlene, tavlene med den pakt som Herren hadde gjort med eder, blev jeg på fjellet i firti dager og firti netter uten å ete brød og uten å drikke vann.
परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।
10 Og Herren gav mig de to stentavler, skrevet med Guds finger, og på dem stod alle de ord Herren hadde talt med eder på fjellet midt ut av ilden den dag I var samlet der.
परमप्रभुले मलाई आफ्नै औँलाले लेख्‍नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए ।
11 Det var da de firti dager og firti netter var til ende at Herren gav mig de to stentavler, paktens tavler.
ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो ।
12 Og Herren sa til mig: Skynd dig og stig ned herfra! Ditt folk, som du førte ut av Egypten, har fordervet sin vei; de er hastig veket av fra den vei jeg bød dem å vandre; de har gjort sig et støpt billede.
परमप्रभुले मलाई भन्‍नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।'
13 Og Herren sa til mig: Jeg har lagt merke til dette folk og sett at det er et hårdnakket folk.
यसबाहेक, परमप्रभुले मलाई भन्‍नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।
14 La nu mig få råde, så vil jeg gjøre ende på dem og utslette deres navn under himmelen, og jeg vil gjøre dig til et sterkere og større folk enn dette.
मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्‍ट गर्नू सकूँ र स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ र तँबाट नै तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउन सकूँ ।'
15 Da vendte jeg mig og gikk ned av fjellet, mens fjellet stod i brennende lue, og i mine to hender hadde jeg paktens to tavler.
त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए ।
16 Og jeg fikk se at I hadde syndet mot Herren eders Gud og gjort eder en støpt kalv; I var hastig veket av fra den vei Herren hadde befalt eder å vandre.
मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ ।
17 Så tok jeg og kastet fra mig begge tavlene som jeg hadde i mine hender, og slo dem i stykker for eders øine.
मैले ती दुईवटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ ।
18 Og jeg kastet mig ned for Herrens åsyn, likesom første gang, i firti dager og firti netter, uten å ete brød og uten å drikke vann - for alle eders synders skyld som I hadde forsyndet eder med ved å gjøre det som ondt var i Herrens øine, så I egget ham til vrede.
फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ ।
19 For jeg fryktet for den vrede og harme som optendtes mot eder hos Herren, så han vilde gjøre ende på eder. Og Herren hørte mig denne gang og.
किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस र कडा बेखुसीको कारणले म भयभीत भएँ । तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।
20 Også på Aron var Herren så vred at han vilde ødelegge ham; men jeg bad også for Aron den gang.
हारूनलाई नष्‍ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ ।
21 Men eders syndige verk, kalven som I hadde gjort, tok jeg og kastet på ilden og knuste og malte den vel, til den blev til fint støv, og støvet kastet jeg i bekken som flyter ned fra fjellet.
मैले तिमीहरूको पाप अर्थात् तिमीहरूले बनाएको बाछो लिएर त्यसलाई जलाइदिएँ अनि त्यसलाई चकनाचुर पारेर धूलोपिठो पारिदिएँ । मैले त्यस धूलोलाई पर्वतबाट आउने खोलामा फालिदिएँ ।
22 Også i Tabera og i Massa og i Kibrot-Hatta'ava vakte I Herrens vrede.
तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।
23 Og da Herren sendte eder fra Kades-Barnea og sa: Dra op og innta landet som jeg har gitt eder, da var I gjenstridige mot Herrens, eders Guds ord og trodde ikke på ham og hørte ikke på hans røst.
परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेमा यसो भनी पठाउनुहुँदा, 'मैले तिमीहरूलाई दिएको देशमा गएर त्यसलाई अधिकार गर' तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्‍वरको आज्ञाको विरुद्धमा विद्रोह गर्‍यौ, अनि उहाँको कुरा मानेनौ वा सुनेनौ ।
24 Gjenstridige har I vært mot Herren så lenge jeg har kjent eder.
मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरुद्धमा बागी भएका छौ ।
25 Så kastet jeg mig da ned for Herrens åsyn i de firti dager og firti netter I vet, fordi Herren hadde sagt at han vilde gjøre ende på eder.
परमप्रभुले तिमीहरूलाई नष्‍ट गर्नुहुनेथियो भनी उहाँले भन्‍नुभएकोले म चालिस दिन चालिस रातसम्म उहाँको सामु लम्पसार परेँ ।
26 Og jeg bad til Herren og sa: Herre, Herre, ødelegg ikke ditt folk og din arv, som du frelste med din store kraft, og som du førte ut av Egypten med sterk hånd!
मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ, 'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्‍ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्‌ताद्वारा छुटकारा दिनुभएको छ र आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको छ ।
27 Kom i hu dine tjenere Abraham, Isak og Jakob! Se ikke på dette folks hårdhet og dets ugudelighet og dets synd,
तपाईंका दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस् । यो जातिको हठलाई नहेर्नुहोस् न त तिनीहरूका दुष्‍टता र पापलाई नै हेर्नुहोस् ।
28 forat ikke de som bor i det land du har ført oss ut av, skal si: Fordi Herren ikke maktet å føre dem inn i det land han hadde tilsagt dem, og fordi han hatet dem, førte han dem ut i ørkenen og lot dem omkomme der.
नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, 'परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।'
29 De er jo ditt folk og din arv, som du har ført ut med din store kraft og med din utrakte arm.
तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो ।'

< 5 Mosebok 9 >