< 2 Samuel 17 >

1 Så sa Akitofel til Absalom: La mig få velge ut tolv tusen mann, så vil jeg bryte op og sette efter David inatt!
त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्‍ने छु र म उठ्ने छु र दाऊदलाई आज राती नै खेदने छु ।
2 Da kan jeg komme over ham mens han er utmattet og motløs, og forferde ham, og alt folket som er med ham, vil flykte, og så kan jeg slå kongen alene,
तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्‍ने छु र तिनलाई भयङ्‍कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्‍ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।
3 og jeg vil føre alt folket tilbake til dig. At alle vender tilbake, avhenger av at det går således med den mann du søker efter; alt folket kan da være i fred.
दुलही आफ्नो दुलाहाकहाँ आएजस्तै सबै मानिसलाई म तपाईंकहाँ फर्काएर ल्याउने छु र सबै मानिस तपाईंको अधीनमा शान्तिमा रहने छन् ।”
4 Dette råd syntes Absalom og alle Israels eldste godt om.
अहीतोपेलले भनेको कुरा अब्शालोम र इस्राएलका सबै धर्म-गुरुलाई मन पर्‍यो ।
5 Men Absalom sa: Kall også arkitten Husai til mig, så vi kan få høre hvad han har å si.
त्यसपछि अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाऊ र उनले के भन्छन् हामी सुनौं ।”
6 Da Husai kom til Absalom, sa Absalom til ham: Så og så har Akitofel talt; skal vi gjøre som han sier? Hvis ikke, så tal du!
जब हूशै अब्बशालोमकहाँ आए, अब्बशालोमले उनलाई अहीतोपेलले भनेका सबै कुरा बताइदिए र हूशैलाई सोधे, “के हामीले अहीतोपेलले भनेका कुरा गरौं? होइन भने, हामीलाई तपाईंको सल्लाह भन्‍नुहोस् ।”
7 Da sa Husai til Absalom: Det er ikke noget godt råd Akitofel denne gang har gitt.
त्यसैले हूशैले अब्शालोमलाई भने, “अहीतोपेलले दिएका सल्लाह यस पटक ठिक छैन ।”
8 Og Husai sa: Du kjenner din far og hans menn og vet at de er djerve stridsmenn og gramme i hu som en binne i skogen som de har røvet ungene fra; og din far er en krigsmann og holder sig ikke hos folkene om natten.
हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्‍नुहुन्छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तितो छन्, र तिनीहरू मैदानका बच्‍चा खोसिएका भालुहरूजस्ता छन् । तपाईंको बुबा एक योद्धा हुनुहुन्छ । उहाँ आज फौजसँग सुत्‍नुहुने छैन ।
9 Nu holder han sig sikkert skjult i en eller annen hule eller et annet sted; om han da straks i begynnelsen overfaller dine folk, så vil hver den som hører det, si: Det har vært et stort mannefall blandt de folk som følger Absalom;
हेर्नुहोस्, यति बेला उहाँ सायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको छ । आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्‍ने जोसकैले भन्‍ने छन्, 'अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको छ ।'
10 og om det så er en djerv mann som har et hjerte som en løve, så vil han dog bli motløs; for hele Israel vet at din far er en helt, og at de som er med ham, er djerve folk.
त्यसपछि सिंहको जस्‍तो हृदय हुने सबैभन्दा सिपाही पनि भयभीत हुने छ, किनभने तपाईंको बुबा वीर योद्धा हुनुहुन्छ भनी सारा इस्राएलले जान्‍दछ र उहाँसँग भएका मानिसहरू धेरै बलिया छन् ।
11 Derfor er dette mitt råd: La hele Israel samle sig om dig, fra Dan til Be'erseba, som sanden ved havet i mengde; og dra selv med i striden.
त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्छु ।
12 Når vi så støter på ham et eller annet sted hvor han er å finne, så vil vi falle over ham som duggen faller over jorden, og det skal ikke bli en eneste i live av dem, hverken han selv eller nogen av de menn som er med ham.
त्यसपछि हामीले उनलाई जहाँ भेट्टाए पनि उनमाथि जाइलाग्‍ने छौं र जमिनमा शीत परेझैं हामीले उनलाई छोप्‍ने छौं । हामीले उनका मानिसहरू वा उनी स्वयम्‌ एउटालाई पनि जीवित छोड्ने छेनौं ।
13 Og dersom han drar sig tilbake til en av byene, så skal hele Israel legge rep omkring den by, og vi skal dra den ned i dalen til det ikke finnes en sten igjen der.
उनी सहरमा शरण लिन्छन् भने, त्‍यस सहरमा सारा इस्राएलले डोरी ल्याउने छन् र त्यहाँ एउटा सानो ढुङ्गा पनि नभेटिने गरी त्‍यसलाई हामी घिसारेर नदीमा झार्ने छौं ।”
14 Da sa Absalom og hver Israels mann: Arkitten Husais råd er bedre enn Akitofels råd. Men det var Herren som hadde laget det så for å gjøre Akitofels gode råd til intet, så Herren kunde la ulykken komme over Absalom.
अनि अब्बशालोम र इस्राएलका मानिसले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो छ ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्‍चय गर्नुभएको थियो ।
15 Så sa Husai til prestene Sadok og Abjatar: Så og så har Akitofel rådet Absalom og Israels eldste, og så og så har jeg rådet.
तब हूशैले सादोक र अबियाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई यस्‍तो-यस्‍तो सल्लाह दिए, तर मैले अरू नै सल्लाह दिएको छु ।
16 Send derfor hastig bud til David om det og si: Bli ikke natten over på moene i ørkenen, men dra heller over, forat ikke kongen og alt folket som er med ham, skal gå til grunne!
अब चाँडो जाओ र दाऊदलाई खबर गर । उनलाई भन, 'आज राती आराबाको जाँघरहरूमा छाउनी नलगाउनुहोस्, तर कुनै पनि उपायले पारि तर्नुहोस्, नत्र राजाका अनि उहाँको साथमा भएका सबै मानिस समेत नाश पारिने छन्' ।”
17 Jonatan og Akima'as holdt sig i En-Rogel, og en tjenestepike gikk jevnlig med bud til dem, og de gikk igjen med bud til kong David; for de torde ikke gå inn i byen og la sig se der.
यति बेला जोनाथन र अहीमास एन-रोगेलको पानीको मूलमा पर्खिरहेका थिए । तिनीहरूले जान्‍नुपर्ने कुरा एक जना दासी गएर तिनीहरूलाई खबर गर्थिन्, किनकि तिनीहरू सहरभित्र गएर देखिने जोखिममा पर्न सक्दैनथे । जब खबर आउँथ्यो, तब तिनीहरू गएर राजालाई भन्थे ।
18 Men en gutt fikk se dem og sa det til Absalom. Da skyndte de sig avsted begge to. I Bahurim gikk de inn til en mann der som hadde en brønn på sin gård; i den steg de ned.
तर योपल्‍ट एक जना जवान मानिसले तिनीहरूलाई देख्यो र अब्बशालोमलाई बतायो । त्यसैले जोनाथन र अहीमास तुरुन्‍तै गए र बहूरिममा एक जना मानिसको घरमा आए जसको आँगनमा एउटा इनार थियो, जसभित्र तिनीहरू पसे ।
19 Og hans hustru tok og bredte et dekke over brønnen og strødde gryn ovenpå, så ingen kunde merke noget.
ती मानिसकी पत्‍नीले त्यो इनारको ढकनी ल्‍याइन् र इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।
20 Da så Absaloms tjenere kom inn i huset til konen og spurte: Hvor er Akima'as og Jonatan? svarte konen: De gikk over den lille bekken her. Så lette de efter dem, men fant dem ikke og vendte så tilbake til Jerusalem.
अब्शालोमका मानिसहरू त्यो घरकी स्‍त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन्?” ती स्‍त्रीले भनिन्, “तिनीहरू नदी तरेर गाइसके ।” त्यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।
21 Men så snart de var gått bort, steg de andre op av brønnen og gikk og bar budet frem til kong David og sa til ham: Gjør eder rede og sett hastig over vannet! For det og det råd har Akitofel gitt mot eder.
तिनीहरू गएपछि जोनाथन र अहीमास इनारबाट बाहिर निस्‍के । उनीहरू दाऊद राजालाई खबर दिन गए । तिनीहरूले उनलाई भने, “उठ्नुहोस् चाँडो नदी तर्नुहोस, किनभने अहीतोपेलले तपाईंको बारेमा यस्‍तो-यस्‍तो सल्लाह दिएका छन् ।”
22 Da brøt de op, både David og alt folket som var med ham, og satte over Jordan; da morgenen lyste frem, manglet det ikke en eneste mann som ikke var gått over Jordan.
त्यसपछि दाऊद र तिनीसँग भएका सबै मानिस उठे र तिनीहरूले यर्दन नदी तरे । बिहान उज्‍यालो हुँदासम्मा तीमध्‍ये यर्दन तर्न बाँकी कोही पनि थिएन ।
23 Men da Akitofel så at hans råd ikke blev fulgt, salte han sitt asen og tok ut og drog hjem til sin by og beskikket sitt hus og hengte sig; og han døde og blev begravet i sin fars grav.
जब अहीतोपेलले आफ्‍नो सल्लाहको अनुसरण नभएको देखे, उनले आफ्नो गधामा जीन-लगाम कसे र विदा भए । उनी आफ्नो सहरमा भएको घरमा गए, आफ्ना सबै कुरा मिलाए र आफूलाई झुण्‍डाए । यसरी उनी मरे र आफ्नै बुबाको चिहानमा गाडिए ।
24 David var alt kommet til Mahana'im da Absalom satte over Jordan med alle Israels menn.
त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।
25 Absalom hadde satt Amasa over hæren i stedet for Joab; Amasa var sønn av en mann som hette Jitra, en jisre'elitt som hadde gått inn til Abigal, datter av Nahas og søster til Seruja, Joabs mor.
अब्बशालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्‍डर बनाएका थिए । अमासा इश्‍माएली येतेरका छोरा थिए, जो अबीगेलसँग सुते जो नाहाशकी छोरी र योआबकी आमा सरूयाहकी बहिनी थिइ ।
26 Og Israel og Absalom leiret sig i Gileads land.
तब इस्राएल र अब्बशालोमले गिलादको जमिनमा छाउनी हाले ।
27 Da David kom til Mahana'im, hendte det at Sobi, sønn av Nahas, fra Rabba i Ammons barns land, og Makir, sønn av Ammiel, fra Lo-Debar, og gileaditten Barsillai fra Rogelim
जब दाऊद महनोममा आएका थिए, अम्‍मोनीहरूको रब्बाका नाहाशका छोरा शोबी अनि लो-देबारका अम्‍मीएलको छोरा माकीर र रोगेलिमबाट आएका गिलादी बर्जिल्लैले
28 kom med senger og fat og lerkar og hvete og bygg og mel og ristet korn og bønner og linser og ristede belgfrukter
सुत्‍ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पिठो भुटेको अन्‍न, सिमी, दाल
29 og honning og melk og småfe og oster av kumelk til føde for David og hans folk, for de tenkte: Folkene er blitt sultne og trette og tørste i ørkenen.
मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्‍थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”

< 2 Samuel 17 >