< सपन्याह 2 >

1 निर्लज्‍ज जाति, एकठ्ठा होओ, जम्मा होओ,
Zbierzcie się, zbierzcie, narodzie wstrętny;
2 आज्ञा लागु हुनुभन्दा अगि र भुसझैँ त्यो दिन बितिजानभन्दा अगि, परमप्रभुको भयङ्कर क्रोध तिमीहरूमाथि आउनअगि, परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउन अघि ।
Zanim wyjdzie dekret i dzień przeminie jak plewy; [zanim] przyjdzie na was zapalczywość gniewu PANA, zanim przyjdzie na was dzień gniewu PANA.
3 उहाँका आज्ञाहरू पालन गर्ने पृथ्वीका सबै नम्र मानिसहरू, परमप्रभुको खोजी गर । धार्मिकताको खोजी गर, नम्रताको खोजी गर, र सायद परमप्रभुको क्रोधको दिनमा तिमीहरू सुरक्षित हुनेछौ ।
Szukajcie PANA, wszyscy pokorni ziemi, którzy wypełniacie jego prawo; szukajcie sprawiedliwości, szukajcie pokory, może ukryjecie się w dniu gniewu PANA.
4 किनभने गाजा त्यागिनेछ, र अश्कलोन सर्वनाश हुनेछ । तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन्, र तिनीहरूले एक्रोनलाई उखेल्नेछन् ।
Gaza bowiem będzie opuszczona i Aszkelon spustoszony, Aszdod w południe wyrzucą, a Ekron będzie wykorzeniony.
5 ए सुमुद्रको किनारमा बस्‍ने करेती जाति, तिमीहरूलाई धिक्‍कार । ए पलिश्तीहरूको देश कनान, परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको छ । कोही पनि नरहने गरी म तँलाई नाश गर्नेछु ।
Biada mieszkańcom wybrzeża morskiego, narodowi Keretytów! Słowo PANA jest przeciwko wam, Kanaanie, ziemio Filistynów; wytracę cię tak, że nie będzie [żadnego] mieszkańca.
6 यसैकारण सामुद्रको किनार गोठालाहरूका निम्ति खर्क र भेडाहरूका निम्ति बस्‍ने ठाउँ हुनेछ ।
Wybrzeże morskie będzie [przeznaczone] na schroniska i budki dla pasterzy, i na zagrody dla trzód.
7 तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्‍वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।
Wybrzeże też przypadnie reszcie domu Judy i będą na nim wypasać. W domach Aszkelonu będą się kłaść wieczorem, gdyż nawiedzi ich PAN, ich Bóg, i odwróci ich niewolę.
8 “मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।
Słyszałem obelgi Moabu i lżenie synów Ammona, którymi urągali mojemu ludowi i wynosili się na jego granicach.
9 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”
Dlatego jak żyję, mówi PAN zastępów, Bóg Izraela, Moab stanie się jak Sodoma, a synowie Ammona jak Gomora – miejscem pokrzyw, dołem soli i pustynią aż na wieki. Resztka mego ludu złupi ich i pozostali z mego ludu posiądą ich.
10 तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।
To ich [spotka] za ich pychę, gdyż lżyli i wynosili się nad lud PANA zastępów.
11 अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।
PAN okaże się dla nich straszny, bo sprawi, że zmarnieją wszyscy bogowie ziemi; [i] wszystkie wyspy pogan [będą] mu oddawać pokłon, każdy ze swego miejsca.
12 ए कूशी, तिमीहरूलाई पनि मेरो तरवारद्धारा प्रहार हुनेछ,
Wy też, Etiopczycy, będziecie pobici moim mieczem.
13 र परमेश्‍वरको हातले उत्तरलाई आक्रमण गर्नेछ र अश्शूरलाई सर्वनाश गर्नेछ, अनि निनवे त्यागिएको र सर्वनाश हुनेछ, र मरुभूमिझैँ उजाड हुनेछ ।
Wyciągnie bowiem swoją rękę na północ i wytraci Asyrię; zamieni Niniwę w spustoszenie [i] suchy [obszar] jak pustynię.
14 त्यसपछि सबै पशुका बगाल त्यहाँ पल्टिनेछन्, मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेरो त्यसका स्तम्भहरूका टुप्पोमा बस्‍नेछन् । झ्यालहरूबाट एउटा पुकाराको गीत सुनिनेछ, ढोका अगाडि भग्‍नावशेष हुनेछ, त्यसका देवदारुका कुँदिएका दलिनहरू प्रकट गरिनेछन् ।
I będą się w niej wylegiwać trzody, wszelkie zwierzęta narodów; i pelikan, i bąk na głowicach jej [kolumn] będą nocować, ich głos będzie słychać w oknach, jej filary spustoszą, gdyż zerwą cedrowe obicie.
15 यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्‍ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्‍का देखाउँनेछन् ।
Takie będzie to wesołe miasto, które mieszkało bezpiecznie i mówiło w swoim sercu: Ja jestem i oprócz mnie [nie ma] innego. Jakże stało się spustoszeniem, legowiskiem zwierząt! Każdy, kto będzie przechodził obok niego, zaświśnie i machnie ręką.

< सपन्याह 2 >