< जकरिया 1 >

1 दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय।
In the eighth month, in the second year of Daryavesh, the word of Jehovah came to Zechariah the son of Berechiah, the son of Iddo, the prophet, saying,
2 “परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!
"Jehovah was very displeased with your fathers.
3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
Therefore tell them: Thus says Jehovah of hosts: 'Return to me,' says Jehovah of hosts, 'and I will return to you,' says Jehovah of hosts.
4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”
Do not be like your fathers, to whom the former prophets proclaimed, saying: Thus says Jehovah of hosts, 'Return now from your evil ways, and from your evil doings;' but they did not hear, nor listen to me, says Jehovah.
5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्?
Your fathers, where are they? And the prophets, do they live forever?
6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
But my words and my statutes, which I commanded by my Spirit to my servants the prophets, did they not overtake your fathers? Then they repented and said, 'Just as Jehovah of hosts determined to do to us, according to our ways, and according to our practices, so he has dealt with us.'"
7 दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो,
On the twenty-fourth day of the eleventh month, which is the month Shebat, in the second year of Daryavesh, the word of Jehovah came to Zechariah the son of Berechiah, the son of Iddo, the prophet, saying,
8 “मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।”
"I had a vision in the night, and look, a man riding on a red horse, and he stood among the myrtle trees that were in a ravine; and behind him there were red, brown, and white horses.
9 मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”
Then I asked, 'My lord, what are these?'" The angel who talked with me said to me, "I will show you what these are."
10 ती असारे-फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।”
The man who stood among the myrtle trees answered and said to me, "They are the ones Jehovah has sent to go back and forth through the earth."
11 असारे-फूलका रूखहरूकाबिचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए, “हामी सारा पृथ्वीभरि धुमिरहेका छौँ । हेर्नुहोस्, सारा पृथ्वी शान्त र आराम गरिरहेको छ ।”
They reported to the angel of Jehovah who stood among the myrtle trees, and said, "We have walked back and forth through the earth, and look, all the earth is at rest and in peace."
12 अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए, सेनाहरूका परमप्रभु, यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन, जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”
Then the angel of Jehovah replied, "Jehovah of hosts, how long will you not have mercy on Jerusalem and on the cities of Judah, against which you have had indignation these seventy years?"
13 मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो ।
Jehovah answered the angel who talked with me with kind and comforting words.
14 यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्‍च सोरमा भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु!
So the angel who talked with me said to me, "Proclaim, saying, 'Thus says Jehovah of hosts: "I am jealous for Jerusalem and for Zion with a great jealousy.
15 सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।
I am very angry with the nations that are at ease; for I was but only a little angry, but they added to the calamity."
16 यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’
Therefore thus says Jehovah: "I have returned to Jerusalem with mercy. My house will be built in it," says Jehovah of hosts, "and a line shall be stretched forth over Jerusalem."'
17 उच्‍च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्‍नुहुनेछ ।’”
"Proclaim further, saying, 'Thus says Jehovah of hosts: "My cities will again overflow with prosperity, and Jehovah will again comfort Zion, and will again choose Jerusalem."'"
18 अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें!
I lifted up my eyes, and saw, and look, four horns.
19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।”
I asked the angel who talked with me, "What are these?" He answered me, "These are the horns which have scattered Judah, Israel, and Jerusalem."
20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो ।
Jehovah showed me four craftsmen.
21 मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”
Then I asked, "What are these coming to do?" He said, "These are the horns which scattered Judah, so that no man lifted up his head; but these have come to terrify them, to cast down the horns of the nations, which lifted up their horn against the land of Judah to scatter it."

< जकरिया 1 >