< भजनसंग्रह 93 >

1 परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।
PAN króluje, przyoblekł się w majestat, odział się PAN i przepasał potęgą; utwierdził też świat, że się nie zachwieje.
2 प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।
Twój tron jest utwierdzony od wieków, ty jesteś od wieczności.
3 हे परमप्रभु महासागरहरू उठ्छन् । तिनीहरूले आफ्‍नो स्‍वर उचाल्‍छन् । महासागरहरूका छालहरू ठोकिन्‍छन् र गर्जन्‍छन् ।
Podniosły rzeki, PANIE, podniosły rzeki swój szum, podniosły rzeki swoje fale.
4 तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्‍दा माथि परमप्रभु उच्‍चमा शक्तिशाली हुनुहुन्‍छ ।
Nad szum wielkich wód, nad potężne fale morskie mocniejszy jest PAN na wysokości.
5 तपाईंका गम्‍भीर आज्ञाहरू धेरै भरोसायोग्‍य छन् । हे परमप्रभु, तपाईंको मन्‍दिरलाई सदासर्वदा पवित्रताले सुसज्‍जित पार्छ ।
Twoje świadectwa są bardzo pewne; twemu domowi, PANIE, przystoi świętość na wieczne czasy.

< भजनसंग्रह 93 >