< भजनसंग्रह 58 >

1 ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ? ए मानिसहरू, के तिमीहरू ठिक किसमले न्याय गर्छौ?
Przewodnikowi chóru. Al taszchet. Miktam Dawida. O zgromadzenie, czy rzeczywiście mówicie to, co sprawiedliwe? Czy słusznie sądzicie, synowie ludzcy?
2 गर्दैनौ, तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ । तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ ।
Przeciwnie, w sercu knujecie nieprawości, wymierzacie przemoc waszych rąk na ziemi.
3 दुष्‍टहरू गर्भमा हुँदा पनि तिनीहरू पथभ्रष्‍ट हुन्छन् । जन्मेदेखि नै तिनीहरू झुट बोलेर पथभ्रष्‍ट हुन्छन् ।
Niegodziwi zeszli na bezdroża już od łona [matki], od urodzenia błądzą, mówiąc kłamstwo.
4 तिनीहरूका विष सर्पको विषजस्तै छ । तिनीहरू बहिरा गोमनजस्तै छन् जसले यसका कानहरू बन्द गर्छ,
Ich jad podobny do jadu węża, są jak głucha żmija, która zatyka uszy;
5 त्यसले सपेराको आवाज सुन्दैन, तिनीहरू जत्ति नै निपुण भए पनि पर्वाह छैन ।
Aby nie słyszeć głosu zaklinaczy ani czarownika, co biegle zaklina.
6 हे परमेश्‍वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।
Boże, skrusz zęby w ich ustach; PANIE, połam zęby trzonowe lwiąt.
7 पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन् । तिनीहरूले आफ्‍ना काँडाहरू हान्दा, तिनका चुच्‍चो नभएजस्तै ती होऊन् ।
Niech znikną jak spływająca woda, niech będą jak ten, który naciąga [łuk], lecz jego strzały się łamią.
8 तिनीहरू शंखेकीराजस्तै होऊन् र बिलि जाऊन् र तिनीहरू एउटी स्‍त्रीको तुहेको बालकजस्तै होऊन् जसले कहिल्यै सूर्यको उज्यालो देख्दैनन् ।
Niech przeminą jak ślimak, który się rozpływa; jak poroniony płód kobiety niech nie zobaczą słońca.
9 तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअगि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरूजस्तै त्यसले तिनीहरूलाई भुमरीसँगै उठाइ लानेछ ।
Zanim wasze ciernie wypuszczą kolce, gdy jeszcze są zielone, porwie je wicher gniewu [Boga].
10 धर्मीले परमेश्‍वरको बदला देख्दा, त्यो आनन्‍दित हुनेछ । तिनीहरूले आफ्ना खुट्टाहरू दुष्‍टहरूका रगतमा धुनेछन्,
Będzie się weselił sprawiedliwy, gdy ujrzy pomstę; swoje stopy umyje we krwi niegodziwego.
11 ताकि मानिसहरूले भन्‍नेछन्, “साँच्‍चै, धर्मी व्‍यक्‍तिको निम्ति इनाम छ । साँच्‍चै, परमेश्‍वर हुनुहुन्छ जसले पृथ्वीको न्याय गर्नुहुन्‍छ ।”
A ludzie powiedzą: Jest, doprawdy, nagroda dla sprawiedliwego; doprawdy jest Bóg, który sądzi na ziemi.

< भजनसंग्रह 58 >