< भजनसंग्रह 23 >

1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।
Psalm Dawida. PAN jest moim pasterzem, niczego mi nie zabraknie.
2 उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ ।
Sprawia, że kładę się na zielonych pastwiskach, prowadzi mnie nad spokojne wody.
3 उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।
Posila moją duszę, prowadzi mnie ścieżkami sprawiedliwości ze względu na swoje imię.
4 मैले निस्‍पट्ट अँध्‍यारो छायाको बेसीमा हिंड्‍नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन् ।
Choćbym nawet chodził doliną cienia śmierci, zła się nie ulęknę, bo ty jesteś ze mną; twoja laska i kij pocieszają mnie.
5 मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ ।
Zastawiasz przede mną stół wobec moich wrogów, namaszczasz mi głowę olejkiem, mój kielich przelewa się.
6 निश्‍चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्‍वस्‍तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्‍दिरमा म सधैंभरि वास गर्नेछु ।
Zaprawdę dobroć i miłosierdzie pójdą w ślad za mną po wszystkie dni mego życia i będę mieszkał w domu PANA przez długie czasy.

< भजनसंग्रह 23 >