< भजनसंग्रह 134 >

1 हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्‍दिरमा राति सेवा गर्छौ । 2 पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर । 3 परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌ ‌‌देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

< भजनसंग्रह 134 >