< भजनसंग्रह 130 >

1 हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।
A Song of Degrees. Out of the depths have I cried to you, O Lord.
2 हे परमप्रभु, मेरो सोर सुन्‍नुहोस् । दयाको निम्ति मेरो बिन्‍ती सुन्‍नलाई तपाईंका कानहरू सचेत होऊन् ।
O Lord, listen to my voice; let your ears be attentive to the voice of my supplication.
3 हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?
If you, O Lord, should mark iniquities, O Lord, who shall stand?
4 तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्‍छ ।
For with you is forgiveness: for your name's sake
5 म परमप्रभुमा पर्खिन्‍छु, मेरो प्राणले पर्खिन्‍छु र उहाँको वचनमा म आसा गर्छु ।
have I waited for you, O Lord, my soul has waited for your word.
6 रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।
My soul has hoped in the Lord; from the morning watch till night.
7 ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।
Let Israel hope in the Lord: for with the Lord is mercy, and with him is plenteous redemption.
8 इस्राएललाई त्यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
And he shall redeem Israel from all his iniquities.

< भजनसंग्रह 130 >