< भजनसंग्रह 118 >

1 परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्‍छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।
Monna Awurade ase efisɛ oye, na nʼadɔe wɔ hɔ daa.
2 इस्राएलले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
Momma Israel nka se, “Nʼadɔe wɔ hɔ daa.”
3 हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
Momma Aaronfi nka se, “Nʼadɔe wɔ hɔ daa.”
4 बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
Momma wɔn a wosuro Awurade nka se, “Nʼadɔe wɔ hɔ daa.”
5 मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।
Mʼahohia mu, misu frɛɛ Awurade; ogyee me so, na ɔma me dee me ho.
6 परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
Awurade ne me boafo; enti merensuro. Dɛn na onipa betumi ayɛ me?
7 परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।
Awurade ne me wɔ hɔ; ɔyɛ me boafo. Mede nkonimdi bɛhwɛ mʼatamfo.
8 मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
Eye sɛ yebehintaw wɔ Awurade mu, sen sɛ yɛde yɛn ho bɛto onipa so.
9 कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
Eye sɛ yebehintaw Awurade mu, sen sɛ yɛde yɛn ho bɛto mmapɔmma so.
10 सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
Amanaman no nyinaa twaa me ho hyiae, nanso Awurade din mu mitwitwaa wɔn gui.
11 तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
Wotwaa me ho hyiaa wɔ baabiara, nanso Awurade din mu, mitwitwaa wɔn gui.
12 तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
Wɔkyere guu me so sɛ nnowa, nanso wɔhyew ntɛm so sɛ nsɔe a ogya atɔ mu; Awurade din mu mitwitwaa wɔn gui.
13 तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।
Wosum me kɔɔ mʼakyi a anka mereyɛ ahwe ase, nanso Awurade boaa me.
14 परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।
Awurade yɛ mʼahoɔden ne me bammɔ; wayɛ me nkwagye.
15 धर्मीहरूका पालहरूमा विजयको आनन्‍दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।
Osebɔ ne nkonimdi gyigye wɔ atreneefo ntamadan mu se, “Awurade nsa nifa ayɛ nneɛma akɛse!
16 परमप्रभुको दाहिने बाहुली उच्‍च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।
Wɔama Awurade nsa nifa so; Awurade nsa nifa ayɛ nneɛma akɛse!”
17 म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।
Merenwu, mmom mɛtena ase na mapae mu aka nea Awurade ayɛ.
18 परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।
Awurade atwe mʼaso dennen, nanso onyaa me mmaa owu ɛ.
19 मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्‍नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।
Bue trenee apon ma me; na mɛhyɛn mu na mede aseda ama Awurade.
20 यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्‍छ ।
Awurade ponkɛse ni; ɛhɔ na atreneefo bɛfa ahyɛn mu.
21 म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।
Mɛda wo ase, efisɛ wugyee me so; na woayɛ me nkwagye.
22 निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।
Ɔbo a adansifo no poe no, abɛyɛ tweatibo.
23 यो परमप्रभुको काम हो । यो हाम्रा दृष्‍टिमा अचम्‍मको कुरा हो ।
Awurade na wayɛ eyi, na ɛyɛ nwonwa wɔ yɛn ani so.
24 यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्‍दित हुनेछौं र खुसी हुनेछौं ।
Nnɛ yɛ da a Awurade ayɛ. Momma yɛn ani nnye na yenni ahurusi.
25 हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्!
Awurade, gye yɛn nkwa; Awurade, ma yɛn nkonimdi.
26 परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्‍दिरबाट हामी आशीर्वाद दिनेछौं ।
Nhyira ne nea ɔnam Awurade din mu reba. Yehyira wo fi Awurade fi.
27 परमप्रभु परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई ज्‍योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।
Awurade yɛ Onyankopɔn, na wama ne hann ahyerɛn yɛn so. Momfa nnua mman nkura na yɛnto afɔrebɔ santen nkɔ afɔremuka no mmɛn ho.
28 तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । म तपाईंलाई उच्‍च पार्नेछु ।
Woyɛ me Nyankopɔn na meyi wo ayɛ; wone me Nyankopɔn na mɛma wo so.
29 परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
Monna Awurade ase, efisɛ oye; na nʼadɔe wɔ hɔ daa.

< भजनसंग्रह 118 >