< भजनसंग्रह 111 >

1 परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्‍नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु ।
Praise JAH. I will give thanks to Jehovah with my whole heart, in the council of the upright, and in the congregation.
2 परमप्रभुका कामहरू महान् छन् । तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन् ।
Jehovah's works are great, pondered by all those who delight in them.
3 उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।
His work is honor and majesty. His righteousness endures forever.
4 उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।
He has caused his wonderful works to be remembered. Jehovah is gracious and merciful.
5 विश्‍वासयोग्यतासाथ उहाँको अनुसरण गर्नेहरूलाई उहाँले भोजन दिनुहुन्छ । उहाँले आफ्‍नो करार सधैं सम्झिनुहुनेछ ।
He has given food to those who fear him. He always remembers his covenant.
6 उहाँले जातिहरूका उत्तराधिकार आफ्‍ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्‍ना शक्तिशाली कामहरू देखाउनुभयो ।
He has shown his people the power of his works, in giving them the heritage of the nations.
7 उहाँका हातहरूका कामहरू भरपर्दा र निष्‍पक्ष छन् । उहाँका सबै सुझावहरू विश्‍वासयोग्‍य छन् ।
The works of his hands are truth and justice. All his precepts are sure.
8 विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।
They are established forever and ever. They are done in truth and uprightness.
9 उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्‍नो करार सदाको निम्ति स्‍थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्‍य छ ।
He has sent redemption to his people. He has ordained his covenant forever. His name is holy and awesome.
10 परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।
The fear of Jehovah is the beginning of wisdom. All those who do his work have a good understanding. His praise endures forever.

< भजनसंग्रह 111 >