< भजनसंग्रह 108 >

1 हे परमेश्‍वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्‍तुति गाउनेछु ।
[A Song. A Psalm by David.] My heart is steadfast, God. I will sing and I will make music with my soul.
2 हे वीणा र सारङ्गी, जाग । झिसमिसेलाई म जगाउनेछु ।
Wake up, harp and lyre. I will wake up the dawn.
3 हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्‍तुति गाउनेछु ।
I will give thanks to you, Jehovah, among the nations. I will sing praises to you among the peoples.
4 किनकि तपाईंको करारको विश्‍वस्‍तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्‍यता आकाससम्मै पुग्छ ।
For your loving kindness is great above the heavens. Your faithfulness reaches to the skies.
5 हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस् ।
Be exalted, God, above the heavens. Let your glory be over all the earth.
6 ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
That your beloved may be delivered, save with your right hand, and answer us.
7 परमेश्‍वरले आफ्‍नो पवित्रतामा बल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।
God has spoken from his sanctuary: "In triumph, I will divide Shechem, and measure out the Valley of Succoth.
8 गिलाद मेरो हो, र मनश्‍शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
Gilead is mine. Manasseh is mine. Ephraim also is my helmet. Judah is my scepter.
9 मोआब मेरो पानीको बाटा हो । एदोममाथि म आफ्‍नो जुत्ता फुकाल्नेछु । पलिश्‍तको कारणले म विजयसाथ कराउनेछु ।
Moab is my wash pot. I will toss my sandal on Edom. I will shout in triumph over Philistia."
10 कसले मलाई बलियो सहरभित्र ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?”
Who will bring me into the fortified city? Who has led me to Edom?
11 हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्‍न ।
Haven't you rejected us, God? You do not go forth, God, with our armies.
12 शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहसयता व्यार्थ हुन्छ ।
Give us help against the enemy, for the help of man is vain.
13 हामी परमेश्‍वरको सहायताले जित्‍नेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
Through God, we will do valiantly. For it is he who will trample down our enemies.

< भजनसंग्रह 108 >