< हितोपदेश 31 >

1 राजा लमूएलका वचनहरू अर्थात् तिनकी आमाले सिकाएकी ईश्‍वरवाणीः
Słowa króla Lemuela, proroctwo, którego nauczyła go jego matka.
2 हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस्?
Cóż, synu mój? Cóż, synu mojego łona? I cóż, synu moich ślubów?
3 स्‍त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्‍ट गर्नेहरूलाई तेरा चालहरू नदे ।
Nie oddawaj kobietom swej siły ani twoich dróg temu, co [prowadzi] do zguby królów.
4 यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्‍न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न ।
Nie królom, o Lemuelu, nie królom wypada pić wina i nie książętom bawić się mocnym napojem;
5 किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्‍टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
By pijąc, nie zapomnieli praw i nie wypaczyli sprawy wszystkich ludzi uciśnionych.
6 नष्‍ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।
Dajcie mocny napój ginącym, a wino strapionym na duchu.
7 त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्‍टलाई सम्झने छैन ।
Niech się napiją i zapomną o swoim ubóstwie, i niech nie pamiętają więcej swego utrapienia.
8 बोल्न नसक्‍नेहरू र नष्‍ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
Otwórz swe usta dla niemych w sprawie wszystkich osądzonych na śmierć.
9 आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
Otwórz swe usta, sądź sprawiedliwie i broń sprawy ubogiego i nędzarza.
10 कसले सुयोग्य पत्‍नी पाउन सक्छ? उनको मूल्य रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ ।
Któż znajdzie kobietę cnotliwą? Jej wartość przewyższa perły.
11 उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् ।
Serce męża jej ufa i zysku mu nie zabraknie.
12 उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्,
Dobro mu będzie wyświadczać, a nie zło, po wszystkie dni swego życia.
13 उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् ।
Szuka wełny i lnu i chętnie pracuje swymi rękami.
14 उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।
Podobna jest do okrętów handlowych; przywozi żywność z daleka.
15 उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् ।
Wstaje, gdy jeszcze jest noc, i daje pokarm swoim domownikom i odpowiednią porcję swym służącym.
16 उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।
Myśli o polu i kupuje je; z zarobku swych rąk sadzi winnice.
17 उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।
Przepasuje swe biodra siłą i umacnia swoje ramiona.
18 उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन ।
Dostrzega, że jej dorobek jest dobry, a jej pochodnia w nocy nie gaśnie.
19 उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् ।
Wyciąga ręce po kądziel, a dłonią chwyta wrzeciono.
20 उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् ।
Otwiera dłoń przed ubogim i wyciąga swe ręce do nędzarza.
21 आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् ।
Nie boi się śniegu dla swych domowników, bo wszyscy jej domownicy są ubrani w szkarłat.
22 उनले आफ्नो ओछ्यानको लागि तन्‍ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् ।
Robi sobie kobierce; jej ubiór jest z jedwabiu i purpury.
23 उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् ।
Jej mąż jest znany w bramach, gdy siedzi wśród starszyzny ziemi.
24 उनले सुती कपडाका वस्‍त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् ।
Wyrabia płótno i sprzedaje je, dostarcza pasy kupcowi.
25 उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्‍न सक्छिन् ।
Siła i godność są jej strojem; będzie się cieszyła jeszcze w przyszłości.
26 उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।
Otwiera swe usta mądrze i na jej języku [jest] prawo miłosierdzia.
27 उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् ।
Dogląda spraw swego domu i nie je chleba próżniactwa.
28 उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्,
Jej dzieci powstają i błogosławią jej, mąż także ją chwali:
29 “धेरै स्‍त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।”
Wiele kobiet poczynało sobie cnotliwie, ale ty przewyższasz je wszystkie.
30 सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिने छ ।
Wdzięk [jest] zwodniczy i piękność próżna, [lecz] kobieta, która się boi PANA, jest godna pochwały.
31 उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।
Dajcie jej z owocu jej rąk i niech jej czyny chwalą ją w bramach.

< हितोपदेश 31 >