< फिलेमोन 1 >

1 ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
Paweł, więzień Chrystusa Jezusa, i Tymoteusz, brat, do umiłowanego Filemona, naszego współpracownika;
2 अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई,
Do [naszej] umiłowanej Apfii, do Archipa, naszego współbojownika i do kościoła, który jest w twoim domu.
3 परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
Łaska wam i pokój od Boga, naszego Ojca, i Pana Jezusa Chrystusa.
4 तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु ।
Dziękuję mojemu Bogu, zawsze wzmiankę czyniąc o tobie w moich modlitwach;
5 प्रभु येशूमा भएको तिम्रो विश्‍वास र प्रेम र अरू विश्‍वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु ।
Słysząc o twojej miłości i wierze, którą masz względem Pana Jezusa i względem wszystkich świętych;
6 म प्रार्थना गर्छु, कि ख्रीष्‍टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस् ।
[Modlę się], aby udzielenie twojej wiary doprowadziło do poznania wszelkiego dobra, które jest w was przez Chrystusa Jezusa.
7 किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।
Mamy bowiem wielką radość i pociechę z powodu twojej miłości, bracie, gdyż przez ciebie serca świętych zostały pokrzepione.
8 यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि
Dlatego, chociaż mogę śmiało w Chrystusie nakazać ci, co należy [czynić];
9 प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,
To [jednak] ze względu na miłość raczej proszę, będąc tym, kim jestem – Pawłem, starcem, a teraz i więźniem Jezusa Chrystusa;
10 म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु, जसको म कारागारमा हुँदा बुबा बनेँ ।
Proszę cię za moim synem, Onezymem, którego zrodziłem w moich więzach;
11 किनकि एक पटक ऊ तिम्रो निम्ति काम नलाग्‍ने व्‍यक्‍ति थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्‍ने भएको छ ।
Który niegdyś był dla ciebie nieużyteczny, ale teraz dla ciebie i dla mnie jest bardzo użyteczny.
12 म उसलाई, जो मेरो हृदय हो, तिमीकहाँ पठाउँदै छु ।
Jego odsyłam, przyjmij go więc jak moje serce.
13 म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ ।
Zamierzałem go przy sobie zatrzymać, aby zamiast ciebie posługiwał mi w więzach ewangelii.
14 तर म तिम्रो अनुमतिविना केही गर्न चाहन्‍नँ, किनभने म तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैँले राजीखुसीले गरेको म चाहन्छु ।
Lecz bez twojej zgody nie chciałem nic czynić, aby twój dobry [uczynek] nie był jakby z przymusu, ale z własnej woli.
15 सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो । (aiōnios g166)
Może bowiem dlatego oddalił się na chwilę [od ciebie], abyś go odzyskał na zawsze; (aiōnios g166)
16 अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर ।
Już nie jako sługę, lecz więcej niż sługę, [jako] brata umiłowanego, zwłaszcza dla mnie, a tym bardziej dla ciebie, i w ciele, i w Panu.
17 त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर ।
Jeżeli więc masz mnie za przyjaciela, przyjmij go jak mnie.
18 तर यदि उसले कुनै भुल गरेको छ भने मलाई दोष लगाऊ र केही तिर्नुपर्ने छ भने मेरो हिसाबमा राखिदेऊ ।
A jeśli wyrządził ci jakąś szkodę albo [jest] ci coś winien, policz to na mój rachunek.
19 म पावल, आफ्नै हातले यो कुरा लेख्‍दै छु, कि त्यो म तिमीलाई तिरिदिनेछु । म यो उल्‍लेख गर्दिनँ, कि तिमी आफ्नो जीवनको निम्ति मप्रति कति ऋणी छौ ।
Ja, Paweł, napisałem własnoręcznie, ja zapłacę, by nie mówić już o tym, że jesteś mi winien samego siebie.
20 हो, भाइ, मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ; ख्रीष्‍टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।
Tak, bracie, niech ja dzięki tobie doznam radości w Panu, pokrzep moje serce w Panu.
21 तिमीले मेरो आज्ञा पालन गर्छौ भन्‍ने निश्‍चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्‍वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।
Napisałem ci, będąc pewny twego posłuszeństwa, wiedząc, że uczynisz nawet więcej, niż mówię.
22 साथै, मेरो निम्ति एउटा कोठा तयार गर, किनकि म आशा गर्दछु, कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै म तिमीलाई भेट्न आउन सक्‍नेछु ।
A zarazem przygotuj mi też gościnę; mam bowiem ufność, że dzięki waszym modlitwom będę wam oddany.
23 ख्रीष्‍टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् ।
Pozdrawiają cię Epafras, mój współwięzień w Chrystusie Jezusie;
24 साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् ।
Marek, Arystarch, Demas, Łukasz – moi współpracownicy.
25 हाम्रा येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।
Łaska naszego Pana Jezusa Chrystusa [niech będzie] z waszym duchem. Amen.

< फिलेमोन 1 >