< गन्ती 17 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Potem PAN powiedział do Mojżesza:
2 “इस्राएलका मानिसहरूलाई भन् र तिनीहरूबाट हरेक कुलको निम्ति एउटा-एउटा गरी बाह्रवटा लहुरो ले । हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख् ।
Mów do synów Izraela i weź od każdego z nich po lasce według domów ich ojców, od wszystkich ich naczelników według domów ich ojców dwanaście lasek, [a] imię każdego napisz na jego lasce.
3 लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्‍नुपर्छ । आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ ।
A imię Aarona napiszesz na lasce Lewiego, gdyż jedna laska będzie [dla każdego] naczelnika z domu ich ojców.
4 तैँले ती लहुरोहरूलाई करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्छ, जहाँ मैले तँलाई भेट्छु ।
I położysz je w Namiocie Zgromadzenia przed Świadectwem, gdzie się z wami spotykam.
5 मैले चुनेको मानिसको लहुरो टुसाउनेछ । म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ ।”
I stanie się tak, że laska tego, kogo wybiorę, zakwitnie; i uśmierzę przed sobą szemrania synów Izraela, jakie kierują przeciwko wam.
6 यसैले मोशाले मानिसहरूलाई भने । सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए । कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो । तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो ।
Gdy Mojżesz przekazał to synom Izraela, wszyscy ich naczelnicy oddali mu swoje laski, po jednej lasce od każdego naczelnika z domu swego ojca, razem dwanaście lasek. Wśród ich lasek była też laska Aarona.
7 त्यसपछि मोशाले लहुरोहरूलाई गवाही-पाटीको पालमा परमप्रभुको सामु राखे ।
Potem Mojżesz złożył te laski przed PANEM w Namiocie Świadectwa.
8 अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो!
Nazajutrz, gdy Mojżesz przyszedł do Namiotu Świadectwa, oto laska Aarona, z domu Lewiego, zakwitła, wypuściła pączki, wydała kwiat i dojrzałe migdały.
9 मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए र सबैले आ-आफ्नो लहुरो लिए ।
Wtedy Mojżesz wyniósł wszystkie laski sprzed PANA do wszystkich synów Izraela; a gdy [je] ujrzeli, każdy z nich wziął swoją laskę.
10 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो गवाही-पाटीको सामु राख् । यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख् । यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन् ।”
I PAN powiedział do Mojżesza: Połóż laskę Aarona z powrotem przed Świadectwem, aby była zachowana na znak dla buntowników, a położysz kres ich szemraniu przeciwko mnie, aby nie pomarli.
11 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे ।
I Mojżesz [tak] uczynił; jak PAN mu rozkazał, tak uczynił.
12 इस्राएलका मानिसहरूले मोशालाई भने, “यहाँ हामी मर्नेभयौँ! हामी सबै नष्‍ट हुनेभयौ!
I synowie Izraela powiedzieli do Mojżesza: Oto umieramy, giniemy, wszyscy giniemy;
13 परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ । के हामी पनि मर्नुपर्छ?”
Każdy, kto zbliża się do przybytku PANA, umrze. Czy mamy doszczętnie zginąć?

< गन्ती 17 >