< गन्ती 14 >

1 त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए ।
Wtedy całe zgromadzenie podniosło donośny lament i lud płakał tej nocy.
2 इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!
I wszyscy synowie Izraela szemrali przeciwko Mojżeszowi i Aaronowi; i całe zgromadzenie mówiło do nich: Obyśmy pomarli w ziemi Egiptu albo na tej pustyni!
3 तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?
Po co PAN prowadzi nas do tej ziemi? Abyśmy padli od miecza? Aby nasze żony i dzieci stały się łupem? Czy nie lepiej nam wrócić do Egiptu?
4 तिनीहरूले आपसमा भने, “अर्को अगुवा चुनौँ र मिश्रतिर फर्कौं ।”
I mówili między sobą: Ustanówmy sobie wodza i wróćmy do Egiptu.
5 अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।
Wtedy Mojżesz i Aaron upadli na twarz przed całym zgromadzeniem synów Izraela.
6 त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आफ्नो लुगा च्याते ।
A Jozue, syn Nuna, i Kaleb, syn Jefunnego, [którzy] byli wśród tych, co wyszpiegowali ziemię, rozdarli swoje szaty;
7 तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, “हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ ।
I powiedzieli do całego zgromadzenia synów Izraela: Ziemia, przez którą przeszliśmy, aby ją wyszpiegować, jest ziemią bardzo dobrą.
8 यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।
Jeśli PAN upodoba nas sobie, to wprowadzi nas do tej ziemi i da ją nam – tę ziemię, która opływa mlekiem i miodem.
9 तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”
Tylko nie buntujcie się przeciwko PANU ani nie bójcie się ludu tej ziemi, bo będą naszym chlebem; ich obrona odwróciła się od nich, a PAN jest z nami. Nie bójcie się ich.
10 अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्‍यो ।
I całe zgromadzenie mówiło, aby ich ukamienować; ale chwała PANA ukazała się wszystkim synom Izraela nad Namiotem Zgromadzenia.
11 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?
I PAN powiedział do Mojżesza: Jak długo ten lud będzie mnie drażnić? Jak długo nie będzie mi wierzyć pomimo tych wszystkich znaków, które wśród nich uczyniłem?
12 म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्‍तिशाली हुनेछ ।”
Uderzę ich zarazą i wydziedziczę, a ciebie uczynię narodem większym i silniejszym niż oni.
13 मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।
Lecz Mojżesz powiedział do PANA: Usłyszą [o tym] Egipcjanie, spośród których wyprowadziłeś ten lud swoją mocą;
14 तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्‍नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्‍ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ ।
I opowiedzą o tym obywatelom tej ziemi. [Gdyż] słyszeli, że ty, PANIE, jesteś pośród tego ludu, że ty, PANIE, bywasz widziany twarzą w twarz, że twój obłok stoi nad nimi i że kroczysz przed nimi w słupie obłoku za dnia, a w słupie ognia w nocy.
15 यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने, तपाईंको प्रसिद्धि सुन्‍ने जातिहरू बोल्नेछन् र भन्‍नेछन्,
Gdybyś więc zabił ten lud jak jednego człowieka, to narody, które słyszały o twojej sławie, mówiłyby tak:
16 'परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो ।'
Ponieważ PAN nie mógł wprowadzić tego ludu do ziemi, którą im przysiągł, to zabił ich na pustyni.
17 म बिन्ती गर्छु, कि तपाईंको महाशक्‍ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्‍नुभएको छ,
Teraz więc proszę, niech się okaże wielka moc mojego PANA, jak powiedziałeś:
18 'परमप्रभु रिसाउनमा धिमा र विश्‍वनीयताको करारमा प्रशस्‍त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।'
PAN nierychły do gniewu i [pełen] wielkiego miłosierdzia, przebaczający nieprawość i przestępstwo, który nie uniewinnia winnego, lecz nawiedza nieprawość ojców na synach do trzeciego i czwartego pokolenia.
19 म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्‍वसनीयताको महान्‌ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।”
Przebacz, proszę, nieprawość twego ludu według wielkości twego miłosierdzia, tak jak przebaczałeś temu ludowi od Egiptu aż dotąd.
20 परपप्रभुले भन्‍नुभयो, “मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु,
Wtedy PAN powiedział: Przebaczyłem według twego słowa.
21 तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र
Ale jak żyję i [jak] cała ziemia jest napełniona chwałą PANA;
22 शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।
Tak wszyscy, którzy widzieli moją chwałę i moje znaki, które czyniłem w Egipcie i na pustyni, a wystawiali mnie na próbę już dziesięciokrotnie i nie słuchali mego głosu;
23 यसैले तिनीहरूले निश्‍चय नै त्यो भूमि देख्‍नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ । तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्‍नेछैन,
Nie zobaczą tej ziemi, którą przysiągłem ich ojcom, a żaden z tych, którzy mnie rozdrażnili, nie zobaczy jej.
24 मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् ।
Ale mojego sługę Kaleba za to, że był w nim inny duch i trwał całkowicie przy mnie, wprowadzę do ziemi, do której wszedł, a jego potomstwo ją odziedziczy.
25 (त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”
A ponieważ Amalekici i Kananejczycy mieszkają w dolinie, [to] jutro zawróćcie i wyruszcie na pustynię, w kierunku Morza Czerwonego.
26 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
Ponadto PAN powiedział do Mojżesza i Aarona:
27 “मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।
Jak długo mam znosić ten zły lud, który szemrze przeciwko mnie? Słyszałem szemrania synów Izraela, jakie mówią przeciwko mnie.
28 तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्‍नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्‍ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः
Powiedz im: Jak żyję, mówi PAN, uczynię wam, jak mówiliście do moich uszu.
29 मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् ।
Na tej pustyni legną wasze trupy i wszyscy spisani wśród was, w pełnej liczbie, od dwudziestu lat wzwyż, którzy szemraliście przeciwko mnie;
30 यपुन्‍नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्‍चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ ।
Nie wejdziecie do tej ziemi, którą przysiągłem dać wam na mieszkanie, z wyjątkiem Kaleba, syna Jefunnego, i Jozuego, syna Nuna;
31 हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्‍चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् ।
A wasze dzieci, o których mówiliście, że staną się łupem, te wprowadzę i one zobaczą ziemię, którą wy wzgardziliście.
32 तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् ।
Wasze trupy zaś legną na tej pustyni;
33 तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ ।
A wasi synowie będą się tułali po tej pustyni przez czterdzieści lat i poniosą [karę] za wasze cudzołóstwa, aż wasze trupy zniszczeją na pustyni.
34 तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।
Według liczby dni, w ciągu których wyszpiegowaliście ziemię, [to znaczy] czterdzieści dni, dzień za rok, będziecie ponosić [karę] za wasze nieprawości przez czterdzieści lat i poznacie [pomstę] za odstąpienie ode mnie.
35 म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्‍ट समुदायमाथि म निश्‍चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।”
Ja, PAN, powiedziałem, że tak postąpię z całym tym niegodziwym zgromadzeniem, które się zmówiło przeciwko mnie; na tej pustyni zginą i tu pomrą.
36 यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात्
Wtedy mężczyźni, których Mojżesz wysłał na wyszpiegowanie ziemi, a po powrocie pobudzili całe zgromadzenie do szemrania przeciwko niemu, rozpuszczając złą wieść o tej ziemi;
37 भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे ।
Ci mężczyźni, którzy rozpowiadali złą wieść o ziemi, pomarli przed PANEM wskutek plagi.
38 भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेब मात्र जीवित रहे ।
Lecz Jozue, syn Nuna, i Kaleb, syn Jefunnego, pozostali żywi spośród tych mężczyzn, którzy poszli wyszpiegować ziemię.
39 जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए, तिनीहरूले गम्भीर रूपमा विलाप गरे ।
I Mojżesz powtórzył te słowa wszystkim synom Izraela, i lud bardzo płakał.
40 तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”
Wstali więc wcześnie rano, wstąpili na szczyt góry i powiedzieli: Oto jesteśmy, pójdziemy na to miejsce, o którym PAN nam powiedział, bo zgrzeszyliśmy.
41 तर मोशाले भने, “तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ? तिमीहरू सफल हुनेछेनौ ।
Lecz Mojżesz powiedział im: Dlaczego przekraczacie słowo PANA? To się wam nie uda.
42 नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न ।
Nie wyruszajcie, ponieważ nie ma PANA wśród was, abyście nie zostali pobici przez waszych wrogów.
43 त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”
Gdyż Amalekici i Kananejczycy są [tam] przed wami i polegniecie od miecza. Ponieważ odwróciliście się od PANA, to PAN nie będzie z wami.
44 तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।
Oni jednak uparli się, by wejść na szczyt góry. Lecz arka przymierza PANA i Mojżesz nie oddalili się z obozu.
45 त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे ।
Wtedy Amalekici i Kananejczycy mieszkający na tej górze zstąpili, pobili ich i ścigali aż do Chormy.

< गन्ती 14 >