< गन्ती 10 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Potem PAN powiedział do Mojżesza:
2 “चाँदीका दुईवटा तुरही बना । चाँदीलाई पिटेर तिनीहरूलाई बना । तैँले तुरहीलाई समुदायलाई भेला हुन बोलाउन र तिनीहरूका छाउनी सार्न समुदायलाई बोलाउन प्रयोग गर्नुपर्छ ।
Zrób sobie dwie srebrne trąby. Wykonasz je robotą kutą, a będą ci służyć do zwoływania ludu i do nawoływania w drogę obozów.
3 भेट हुने पालको प्रवेश-द्वारमा तेरो अघि भेला हुन समुदायलाई बोलाउन पुजारीले तुरहीहरू फुक्‍नुपर्छ ।
A gdy w nie zadmą, wtedy cały lud zgromadzi się do ciebie, u wejścia do Namiotu Zgromadzenia.
4 यदि पुजारीले एउटा मात्र तुरही फुक्यो भने, अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ ।
A jeśli zadmą [tylko] w jedną [trąbę], zejdą się do ciebie wodzowie, naczelnicy tysięcy Izraela.
5 तैँले ठुलो आवाजमा सङ्केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ ।
Gdy zatrąbicie, wydając urwany [dźwięk], wtedy wyruszą obozy rozłożone po stronie wschodniej.
6 दोस्रो पटक ठुलो आवाजमा सङ्केत गर्दा दक्षिणतिरका छाउनीहरूले तिनीहरूको यात्रा सुरु गर्नुपर्छ । तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ ।
A gdy drugi raz zatrąbicie, wydając urwany głos, wyruszą obozy rozłożone po stronie południowej. Będą trąbić, wydając urwany dźwięk, kiedy mają wyruszyć.
7 समुदाय सँगै भेला हुँदा तुरही फुक, तर ठुलो आवाजमा होइन ।
Ale gdy będziecie zwoływać lud, zatrąbicie bez wydawania urywanego dźwięku.
8 हारूनका छोराहरू अर्थात् पुजारीहरूले तुरही फुक्‍नुपर्छ । यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ-पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ ।
A synowie Aarona, kapłani, zadmą w trąby. Będzie to wieczysta ustawa dla was przez wszystkie wasze pokolenia.
9 तिमीहरूलाई अत्याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा, तिमीहरूले तुरहीसँगै जनाउँ-ध्वनि दिनुपर्छ । म परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्झने छु र तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउने छु ।
A gdy w waszej ziemi wyruszycie na wojnę przeciw wrogowi, który was gnębi, zadmiecie w trąby urwanym dźwiękiem; a przypomnicie się PANU, waszemu Bogu, i zostaniecie wybawieni od waszych wrogów.
10 साथै नियमित चाड र महिनाको सुरुवात दुवै किसिमको उत्सवको समयमा, तिमीहरूले आफ्नो होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनुपर्छ । यिनीहरूले म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद दिलाउने छन् । म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ ।” दोस्रो वर्षको
Także w dniu waszej radości, w wasze uroczyste święta oraz podczas waszych nowiów zadmiecie w trąby przy waszych ofiarach całopalnych i przy waszych ofiarach pojednawczych; będą one dla was pamiątką przed waszym Bogiem. Ja jestem PAN, wasz Bóg.
11 दोस्रो महिनाको बिसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्यो ।
I w drugim roku, drugiego miesiąca, dwudziestego dnia tego miesiąca uniósł się obłok znad Przybytku Świadectwa.
12 त्यसपछि इस्राएलका मानिसहरू सीनैको मरुभूमिबाट आफ्नो यात्रामा लागे ।
I synowie Izraela wyruszyli z pustyni Synaj, a obłok zatrzymał się na pustyni Paran.
13 बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा पालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे ।
I po raz pierwszy wyruszyli tak, jak PAN rozkazał przez Mojżesza.
14 यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे ।
Pierwsza ruszyła chorągiew obozu synów Judy według swoich zastępów, a na czele jego wojska [był] Nachszon, syn Amminadaba.
15 इस्साखारका सन्तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे ।
Na czele wojska pokolenia synów Issachara [był] Netaneel, syn Suara.
16 जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे ।
Na czele wojska pokolenia synów Zebulona [był] Eliab, syn Chelona.
17 पवित्र वासस्थानको देखरेख गर्ने गेर्शोन र मरारीका सन्तानहरूले पवित्र वासस्थान उठाए र आफ्नो यात्रामा हिँडे ।
Potem złożono przybytek i wyruszyli synowie Gerszona i synowie Merariego, niosąc przybytek.
18 फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे ।
Następnie ruszyła chorągiew obozu Rubena według swoich zastępów, a na czele jego wojska [był] Elizur, syn Szedeura.
19 शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे ।
Na czele wojska pokolenia synów Symeona [był] Szelumiel, syn Suriszaddaja.
20 गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे ।
Na czele wojska pokolenia synów Gada [był] Eliasaf, syn Duela.
21 कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे ।
Następnie wyruszyli Kehatyci, niosąc świątynię. Zanim przyszli, [inni] ustawiali przybytek.
22 एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे ।
Potem ruszyła chorągiew obozu synów Efraima według swoich zastępów, a na czele jego wojska był Eliszama, syn Ammihuda.
23 मनश्‍शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे ।
Na czele wojsk pokolenia synów Manassesa [był] Gamliel, syn Pedahsura.
24 बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे ।
Na czele wojska pokolenia synów Beniamina [był] Abidan, syn Gideoniego.
25 दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्तिममा हिँडे । दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे ।
Następnie ruszyła chorągiew obozu synów Dana, tworząc tylną straż wszystkich obozów, według swoich zastępów, a na czele jego wojska był Achiezer, syn Ammiszaddaja.
26 आशेरका सन्तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे ।
Na czele wojska pokolenia synów Aszera [był] Pagiel, syn Okrana.
27 नप्‍तालीका सन्तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे ।
Na czele wojska pokolenia synów Neftalego [był] Achira, syn Enana.
28 इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे ।
Taki był [porządek] marszu synów Izraela według ich zastępów i tak ruszali.
29 रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्‍नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।”
Potem Mojżesz powiedział do Chobaba, syna Reuela Midianity, swego teścia: Wyruszamy do miejsca, o którym PAN powiedział: Dam je wam. Chodź z nami, a wyświadczymy ci dobro, ponieważ PAN obiecał [wiele] dobrego Izraelowi.
30 तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।”
Ten mu odpowiedział: Nie pójdę, lecz wrócę do mojej ziemi i do mojej rodziny.
31 त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।
Mojżesz powiedział: Proszę, nie opuszczaj nas, bo ty wiesz, gdzie na pustyni możemy rozbić obóz, i możesz być naszym przewodnikiem.
32 यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ ।” तिनीहरूले परमप्रभुको पर्वतबाट तिन दिनसम्म यात्रा गरे ।
Jeśli pójdziesz z nami, wyświadczymy ci to dobro, które PAN nam uczyni.
33 तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो ।
I wyruszyli od góry PANA w drogę na trzy dni, a arka przymierza PANA szła przed nimi podczas tych trzech dni drogi, aby upatrzyć dla nich [miejsce] odpoczynku.
34 तिनीहरूले यात्रा गर्दा परमप्रभुको बादल दिनमा तिनीहरूसँग थियो ।
A obłok PANA był nad nimi za dnia, gdy wyruszali z obozu.
35 जब-जब सन्दूक उठाइन्थ्यो मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस् । तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् । तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् ।”
A gdy arka miała ruszyć, wtedy Mojżesz mówił: Powstań, PANIE, a niech rozproszą się twoi wrogowie i niech uciekają przed tobą ci, którzy cię nienawidzą.
36 जब-जब सन्दूक रोकिन्थ्यो, मोशाले यसो भन्थे, “हे परमप्रभु, हजारौँ हजार इस्राएलतिर फर्कनुहोस् ।”
Gdy zaś się zatrzymywała, wtedy mówił: Wróć, PANIE, do niezliczonych tysięcy Izraela.

< गन्ती 10 >