< नहेम्याह 3 >

1 तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे ।
Potem powstał najwyższy kapłan Eliaszib wraz ze swoimi braćmi kapłanami i odbudowali Bramę Owczą. Poświęcili ją i wstawili jej wrota. Poświęcili ją aż do wieży Mea i aż do wieży Chananeela.
2 तिनीपछि यरीहोका मानिसहरूले काम गरे, र तिनीहरूपछि इम्रीका छोरा जक्‍कूरले काम गरे ।
Obok niego budowali mężczyźni z Jerycha, a obok nich budował Zakkur, syn Imriego.
3 हस्सेननाका छोराहरूले माछा ढोका बनाए । तिनीहरूले यसका लागि सत्तरीहरू बनाई यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
A Bramę Rybną budowali synowie Senaa, którzy założyli też jej belki, wstawili jej wrota, zamki i rygle.
4 मरेमोतले अर्को भाग मर्मत गरे । तिनी उरियाहका छोर, हक्‍कोसका नाति थिए । तिनीहरूपछि मशुल्लामले अर्को भाग मर्मत गरे । तिनी बेरेक्याहका छोर, मशेजेबेलका नाति थिए । तिनीहरूपछि सादोकले मर्मतको काम गरे । तिनी बानाका छोरा थिए ।
Obok nich naprawiał Meremot, syn Uriasza, syna Kosa, a obok nich naprawiał Meszullam, syn Berechiasza, syna Meszezabeela. Obok nich naprawiał Sadok, syn Baany.
5 तिनीहरूपछि तकोका बासिन्दाहरूले मर्मत गरे, तर तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको काम गर्न तिनीहरूका अगुवाहरूले इन्कार गरे ।
Obok nich naprawiali Tekoici, lecz ich dostojnicy nie ugięli swego karku do pracy dla swego Pana.
6 पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे । तिनीहरूले यसका लागि सत्तरीहरू, यसका द्वारहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
A Bramę Starą naprawiali Jojada, syn Paseacha, i Meszullam, syn Besodiasza. Założyli jej belki i wstawili jej wrota, zamki i rygle.
7 तिनीहरूपछि गिबोनी मलत्याह र मेरोनोती यादान जो गोबिन र मिस्पाका मानिसहरू थिए, तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल बस्‍ने ठाउँ मर्मत गरे ।
Obok nich naprawiali Melatiasz Gibeonita, Jadon Meronotyta oraz mężczyźni z Gibeonu i Mispy aż do tronu namiestnika z tej strony rzeki.
8 तिनीपछि एक जना सुनार हरयाहका छोरा उज्‍जीएलले मर्मत गरे, र तिनीपछि अत्तर बनाउने हनन्याहले मर्मत गरे । तिनीहरूले चौडा ढोकासम्म यरूशलेमको पुनर्निर्माण गरे ।
Obok nich naprawiał Uzziel, syn Charchajasza, [jeden] ze złotników, a obok niego naprawiał Chananiasz, syn aptekarza. Obwarowali Jerozolimę aż do Muru Szerokiego.
9 तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे । तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए ।
Obok nich naprawiał Refajasz, syn Chura, przełożony połowy okręgu Jerozolimy.
10 तिनीहरूपछि हरूमापका छोरा यदायाहले आफ्नो घरसित जोडिएको भाग मर्मत गरे । तिनीपछि हशबन्याहका छोरा हत्तूशले मर्मत गरे ।
Obok nich naprawiał Jedajasz, syn Charumafa, naprzeciw swego domu. A obok niego naprawiał Chattusz, syn Chaszabnejasza.
11 हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे ।
Drugi odcinek i Wieżę Pieców zaś naprawiał Malkiasz, syn Charima, i Chaszub, syn Pachat-Moaba.
12 तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे ।
Obok niego naprawiał Szallum, syn Hallochesza, przełożony połowy okręgu Jerozolimy, on i jego córki.
13 हानून र जानोहका बासिन्दाहरूले बेँसी ढोका मर्मत गरे । तिनीहरूले यसको पुनर्निर्माण गरी यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे ।
Bramę nad Doliną naprawiali Chanun i mieszkańcy Zanoach. Odbudowali ją, wstawili jej wrota, zamki i rygle i [naprawili] tysiąc łokci muru aż do Bramy Gnojnej.
14 बेथ-हेक्‍केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
Lecz Bramę Gnojną naprawiał Malkiasz, syn Rekaba, przełożony okręgu Bet-Hakkerem. On ją odbudował i wstawił jej wrota, zamki i rygle;
15 मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले फुहारा ढोका मर्मत गरे । तिनले यसको निर्माण गरी यसमाथि छाना लगाए, र यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनले राजाको बगैँचानेर भएको सिलोआमको तलाउको पर्खालसाथै दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्मै पुनर्निर्माण गरे ।
Bramę Źródlaną naprawiał Szallun, syn Kol-Chozego, przełożony okręgu Mispa. On ją zbudował, pokrył [dachem] i wstawił jej wrota, zamki i rygle oraz wzniósł mur nad stawem Sziloach przy ogrodzie królewskim aż do schodów prowadzących do miasta Dawida.
16 बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदको चिहानको सामुन्‍ने भाग, कृत्रिम तलाउ र वीरहरूको घरसम्म मर्मत गरे ।
Za nim naprawiał Nehemiasz, syn Azbuka, przełożony połowy okręgu Bet-Sur, aż [do miejsca] naprzeciw grobów Dawida i aż do stawu sztucznego, i aż do domu mocarzy.
17 तिनीपछि बानीका छोरा रेहूमलगायत लेवीहरूले मर्मत गरे, तिनीपछि कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको मर्मत गरे ।
Za nim naprawiali Lewici: Rechum, syn Baniego, obok niego naprawiał Chaszabiasz, przełożony połowy okręgu Keila, za swój okręg.
18 तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्‍नूईलगायत तिनीहरूका जनताले मर्मत गरे ।
Za nim naprawiali ich bracia: Bawaj, syn Chenadada, przełożony połowy okręgu Keila.
19 तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्‍नेको भाग थियो ।
Obok niego naprawiał Ezer, syn Jeszuy, przełożony Mispy, następny odcinek naprzeciw wejścia do zbrojowni przy rogu.
20 तिनीपछि जब्बैका छोरा बारूकले समर्पित भएर अर्को भाग अर्थात् प्रधान पुजारी एल्यासीबको घरको ढोकाको पर्खालको कुनासम्म मर्मत गरे ।
Za nim naprawiał gorliwie Baruch, syn Zabbaja, dalszy odcinek od rogu aż do drzwi domu arcykapłana Eliasziba.
21 तिनीपछि उरियाहका चोरा, हक्‍कोसका नाति मरेमोतले अर्को भाग अर्थात् एल्यासीबको घरको कुनादेखि तिनको घरको कुनासम्म मर्मत गरे ।
Za nim naprawiał Meremot, syn Uriasza, syn Kosa, następny odcinek od drzwi domu Eliasziba aż do końca jego domu.
22 तिनीपछि पुजारीहरू, यरूशलेम वरिपरिको क्षेत्रका मानिसहरूले मर्मत गरे ।
Za nim naprawiali kapłani, którzy mieszkali na równinie.
23 तिनीहरूपछि बेन्यामीन र हश्शूबले तिनीहरूको आफ्नै घरको सामुन्‍नेको भाग मर्मत गरे । तिनीहरूपछि मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नै घरको छेउ मर्मत गरे ।
Za nimi naprawiali Beniamin i Chaszub, naprzeciw swoich domów. Za nimi naprawiał Azariasz, syn Maasejasza, syna Ananiasza, obok swego domu.
24 तिनीपछि हेनादादका छोरा बिन्‍नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे ।
Za nim naprawiał Binnuj, syn Chenadada, następny odcinek od domu Azariasza aż do zakrętu i do narożnika.
25 उज्‍जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्‍ने मर्मत गरे ।
Palal, syn Uzaja, [naprawiał] naprzeciw rogu i wieży wystającej z domu królewskiego, która [była] przy więzieniu. Za nim [naprawiał] Pedajasz, syn Parosza.
26 ओफेलमा बसिरहेका मन्दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्‍नेको ठाउँसम्म मर्मत गरे ।
A Netinici, mieszkający na Ofelu, [naprawiali] aż naprzeciw Bramy Wodnej na wschodzie i do wieży wystającej.
27 तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे ।
Za nimi naprawiali Tekoici dalszy odcinek, naprzeciw wielkiej wieży wystającej aż do muru Ofel.
28 पुजारीहरूले अश्‍व ढोकामाथि आ-आफ्नो घरको सामुन्‍ने मर्मत गरे ।
Znad Bramy Końskiej naprawiali kapłani, każdy naprzeciw swego domu.
29 तिनीहरूपछि इम्मेरका छोरा सादोकले आफ्नै घरको सामुको भाग मर्मत गरे । तिनीपछि द्वारपाल शकन्याहका छोरा शमायाहले पूर्वी ढोका मर्मत गरे ।
Za nimi naprawiał Sadok, syn Immera, naprzeciw swego domu, a za nim naprawiał Szemajasz, syn Szekaniasza, stróż Bramy Wschodniej.
30 तिनीपछि शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे सन्तान हानूनले अर्को भाग मर्मत गरे । तिनीपछि बेरेक्याहका छोरा मशुल्लामले आफ्नो बासस्थानको सामु मर्मत गरे ।
Za nim naprawiał Chananiasz, syn Szelemiasza, i Chanun, szósty syn Salafa, następny odcinek. Za nim naprawiał Meszullam, syn Berechiasza, naprzeciw swojej komnaty.
31 तिनीपछि एक जना सुनार मल्कियाहले निरीक्षण ढोका सामुन्‍नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाको माथिपट्टिको कोठासम्म मर्मत गरे ।
Za nim naprawiał Malkiasz, syn złotnika, aż do domu Netinitów i handlarzy, naprzeciw Bramy Sądowej i aż do Sali Narożnej.
32 सुनारहरू र व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा र भेडा ढोकाको बिच भाग मर्मत गरे ।
A pomiędzy Salą Narożną a Bramą Owczą naprawiali złotnicy i handlarze.

< नहेम्याह 3 >