< मत्ती 3 >

1 ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,
בימים ההם בא יוחנן המטביל ויהי קרא במדבר יהודה לאמר׃
2 “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”
שובו כי מלכות השמים הגיעה׃
3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
הלא זה הוא אשר נבא עליו ישעיהו הנביא לאמר קול קורא במדבר פנו דרך יהוה ישרו מסלותיו׃
4 अब यूहन्‍नाले उँटको रौँका वस्‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । उनका खानेकुरा सलह र वन-मह थिए ।
והוא יוחנן לבושו שער גמלים ואזור עור במתניו ומאכלו חגבים ודבש היער׃
5 त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।
ויצאו אליו ישבי ירושלים וכל יהודה וכל ככר הירדן׃
6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।
ויטבלו על ידו בירדן מתודים את חטאתם׃
7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो?
ויהי כראותו רבים מן הפרושים והצדוקים נגשים לטבילתו ויאמר להם ילדי הצפעונים מי השכיל אתכם להמלט מן הקצף הבא׃
8 पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
לכן עשו פרי הראוי לתשובה׃
9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।
ואל תחשבו בלבבכם לאמר אברהם הוא אבינו כי אני אמר לכם כי מן האבנים האלה יכול האלהים להקים בנים לאברהם׃
10 रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
וכבר הושם הגרזן על שרש העצים והנה כל עץ אשר איננו עשה פרי טוב יגדע וישלך באש׃
11 म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ ।
הן אנכי טובל אתכם במים לתשובה והבא אחרי חזק הוא ממני אשר אינני כדי לשאת נעליו והוא יטבל אתכם ברוח הקדש ובאש׃
12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”
אשר בידו המזרה וזרה את גרנו ואסף את דגנו אל אוצרו ואת המץ ישרפנו באש אשר לא תכבה׃
13 त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।
ויבא ישוע מן הגליל הירדנה אל יוחנן להטבל על ידו׃
14 तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोक्‍न खोजिरहे, “मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ?”
ויוחנן חשך אותו לאמר אני צריך להטבל על ידך ואתה בא אלי׃
15 येशूले जवाफ दिँदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।
ויען ישוע ויאמר אליו הניחה לי כי כן נאוה לנו למלא כל הצדקה וינח לו׃
16 उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो ।
ויהי כאשר נטבל ישוע וימהר לעלות מן המים והנה נפתחו לו השמים וירא את רוח אלהים יורדת כיונה ונחה עליו׃
17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”
והנה קול מן השמים אומר זה בני ידידי אשר רצתה נפשי בו׃

< मत्ती 3 >