< मत्ती 27 >

1 अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे ।
Утру же бывшу, совет сотвориша вси архиерее и старцы людстии на Иисуса, яко убити Его:
2 तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।
и связавше Его ведоша и предаша Его Понтийскому Пилату игемону.
3 त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्‍का फर्काइदियो,
Тогда видев Иуда предавый Его, яко осудиша Его, раскаявся возврати тридесять сребреники архиереем и старцем,
4 र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।”
глаголя: согреших предав кровь неповинную. Они же реша: что есть нам? Ты узриши.
5 अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।
И поверг сребреники в церкви, отиде: и шед удавися.
6 ती मुख्य पुजारीहरूले चाँदीका सिक्‍काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्‍न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।”
Архиерее же приемше сребреники, реша: недостойно есть вложити их в корвану, понеже цена крове есть.
7 तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने ।
Совет же сотворше, купиша ими село скудельничо, в погребание странным:
8 यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ ।
темже наречеся село то село крове, до сего дне:
9 यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पुरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तिसवटा सिक्‍का तिनीहरूले लिए,
тогда сбыстся реченное Иеремием пророком, глаголющим: и прияша тридесять сребреник, цену Цененнаго, Егоже цениша от сынов Израилев,
10 र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”
и даша я на село скудельничо, якоже сказа мне Господь.
11 अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”
Иисус же ста пред игемоном. И вопроси Его игемон, глаголя: Ты ли еси Царь Иудейский? Иисус же рече ему: ты глаголеши.
12 तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।
И егда Нань глаголаху архиерее и старцы, ничесоже отвещаваше.
13 अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ?”
Тогда глагола Ему Пилат: не слышиши ли, колика на Тя свидетелствуют?
14 तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण, ती हाकिम बडो आश्‍चर्यचकित भए ।
И не отвеща ему ни к единому глаголу, яко дивитися игемону зело.
15 अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो ।
На (всяк) же праздник обычай бе игемону отпущати единаго народу связня, егоже хотяху:
16 त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो ।
имяху же тогда связана нарочита, глаголемаго Варавву:
17 त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ?”
собравшымся же им, рече им Пилат: кого хощете (от обою) отпущу вам: Варавву ли, или Иисуса глаголемаго Христа?
18 किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए ।
Ведяше бо, яко зависти ради предаша Его.
19 जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”
Седящу же ему на судищи, посла к нему жена его, глаголющи: ничтоже тебе и Праведнику Тому: много бо пострадах днесь во сне Его ради.
20 तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए ।
Архиерее же и старцы наустиша народы, да испросят Варавву, Иисуса же погубят.
21 ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बा ।”
Отвещав же игемон рече им: кого хощете от обою отпущу вам? Они же реша: Варавву.
22 पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
Глагола им Пилат: что убо сотворю Иисусу глаголемому Христу? Глаголаша ему вси: да распят будет.
23 र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
Игемон же рече: кое убо зло сотвори? Они же излиха вопияху, глаголюще: да пропят будет.
24 जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।”
Видев же Пилат, яко ничтоже успевает, но паче молва бывает, приемь воду, умы руце пред народом, глаголя: неповинен есмь от крове Праведнаго Сего: вы узрите.
25 सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”
И отвещавше вси людие реша: кровь Его на нас и на чадех наших.
26 अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।
Тогда отпусти им Варавву: Иисуса же бив предаде (им), да Его пропнут.
27 अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए ।
Тогда воини игемоновы, приемше Иисуса на судище, собраша Нань все множество воин:
28 तिनीहरूले उहाँको वस्‍त्र खोलिदिए र उनलाई लाल वस्‍त्र लगाइदिए ।
и совлекше Его, одеяша Его хламидою червленою:
29 तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम!”
и сплетше венец от терния, возложиша на главу Его, и трость в десницу Его: и поклоньшеся на колену пред Ним ругахуся Ему, глаголюще: радуйся, Царю Иудейский.
30 तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए ।
И плюнувше Нань, прияша трость и бияху по главе Его.
31 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे ।
И егда поругашася Ему, совлекоша с Него багряницу и облекоша Его в ризы Его: и ведоша Его на пропятие.
32 जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् ।
Исходяще же обретоша человека Киринейска, именем Симона: и сему задеша понести крест Его.
33 तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो ।
И пришедше на место нарицаемое Голгофа, еже есть глаголемо Краниево место,
34 तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन ।
даша Ему пити оцет с желчию смешен: и вкушь, не хотяше пити.
35 जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।
Распеншии же Его разделиша ризы Его, вергше жребия:
36 अनि तिनीहरू बसे र उहाँलाई हेरे ।
и седяще стрежаху Его ту:
37 उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।”
и возложиша верху главы Его вину Его написану: Сей есть Иисус, Царь Иудейский.
38 दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”
Тогда распяша с Ним два разбойника: единаго о десную, и единаго о шуюю.
39 जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,
Мимоходящии же хуляху Его, покивающе главами своими
40 “तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल!”
и глаголюще: Разоряяй церковь и треми денми Созидаяй, спасися Сам: аще Сын еси Божий, сниди со креста.
41 यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,
Такожде же и архиерее ругающеся с книжники и старцы (и фарисеи), глаголаху:
42 “उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ ।
иныя спасе, Себе ли не может спасти? Аще Царь Израилев есть, да снидет ныне со креста, и веруем в Него:
43 उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”
упова на Бога: да избавит ныне Его, аще хощет Ему. Рече бо, яко Божий есмь Сын.
44 र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।
Тожде же и разбойника распятая с Ним поношаста Ему.
45 अब मध्यान्‍नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो ।
От шестаго же часа тма бысть по всей земли до часа девятаго:
46 तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ?”
о девятем же часе возопи Иисус гласом велиим, глаголя: Или, Или, лима савахфани? Еже есть, Боже Мой, Боже Мой, вскую Мя еси оставил?
47 जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदै छ ।”
Нецыи же от ту стоящих слышавше глаголаху, яко Илию глашает Сей.
48 झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।
И абие тек един от них, и приемь губу, исполнив же оцта, и вонзе на трость, напаяше Его.
49 अरूहरूले चाहीँ भने, “उसलाई एकलै छोडिदेऊ । उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ ।”
Прочии же глаголаху: остави, да видим, аще приидет Илиа спасти Его.
50 त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो ।
Иисус же, паки возопив гласом велиим, испусти дух.
51 हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए ।
И се, завеса церковная раздрася на двое с вышняго края до нижняго: и земля потрясеся: и камение распадеся:
52 चिहानहरू उघारिए, र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए ।
и гроби отверзошася: и многа телеса усопших святых восташа:
53 उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे ।
и изшедше из гроб, по воскресении Его, внидоша во святый град и явишася мнозем.
54 अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”
Сотник же и иже с ним стрегущии Иисуса, видевше трус и бывшая, убояшася зело, глаголюще: воистинну Божий Сын бе Сей.
55 गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै महिलाहरूले टाढाबाट त्यो हेरिरहेका थिए ।
Бяху же ту и жены многи издалеча зрящя, яже идоша по Иисусе от Галилеи, служащя Ему:
56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए ।
в нихже бе Мариа Магдалина, и Мариа Иакова и Иосии мати, и мати сыну Зеведеову.
57 जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए ।
Позде же бывшу, прииде человек богат от Аримафеа, именем Иосиф, иже и сам учися у Иисуса:
58 तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए ।
сей приступль к Пилату, проси телесе Иисусова. Тогда Пилат повеле дати тело.
59 योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेरे,
И приемь тело Иосиф, обвит е плащаницею чистою
60 र उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए ।
и положи е в новем своем гробе, егоже изсече в камени: и возвалив камень велий над двери гроба, отиде.
61 मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए ।
Бе же ту Мариа Магдалина и другая Мариа, седяще прямо гроба.
62 अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पुजारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए ।
Во утрий же день, иже есть по пятце, собрашася архиерее и фарисее к Пилату,
63 तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’
глаголюще: господи, помянухом, яко льстец он рече, еще сый жив: по триех днех востану:
64 त्यसकारण, तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।”
повели убо утвердити гроб до третияго дне, да не како пришедше ученицы Его нощию украдут Его и рекут людем: воста от мертвых: и будет последняя лесть горша первыя.
65 पिलातसले तिनीहरूलाई भने, “एक जना पहरेदार लेऊ । जाऊ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।”
Рече же им Пилат: имате кустодию: идите, утвердите, якоже весте.
66 त्यसैले, तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे ।
Они же шедше утвердиша гроб, знаменавше камень с кустодиею.

< मत्ती 27 >