< मत्ती 15 >

1 त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,
Bu sırada Yeruşalim'den bazı Ferisiler ve din bilginleri İsa'ya gelip, “Öğrencilerin neden atalarımızın töresini çiğniyor?” diye sordular, “Yemekten önce ellerini yıkamıyorlar.”
2 “किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”
3 येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्दछौ?
İsa onlara şu karşılığı verdi: “Ya siz, neden töreniz uğruna Tanrı buyruğunu çiğniyorsunuz?
4 किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्‍चय नै मर्नेछ ।’
Çünkü Tanrı şöyle buyurdu: ‘Annene babana saygı göstereceksin’; ‘Annesine ya da babasına söven kesinlikle öldürülecektir.’
5 तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने,
Ama siz, ‘Her kim anne ya da babasına, benden alacağın bütün yardım Tanrı'ya adanmıştır derse, artık babasına saygı göstermek zorunda değildir’ diyorsunuz. Böylelikle, töreniz uğruna Tanrı'nın sözünü geçersiz kılmış oluyorsunuz.
6 त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ ।
7 ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,
Ey ikiyüzlüler! Yeşaya'nın sizinle ilgili şu peygamberlik sözü ne kadar yerindedir: ‘Bu halk dudaklarıyla beni sayar, Ama yürekleri benden uzak.
8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् ।
9 तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’ ।”
Bana boşuna taparlar. Çünkü öğrettikleri, sadece insan buyruklarıdır.’”
10 त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ–
İsa, halkı yanına çağırıp onlara, “Dinleyin ve şunu belleyin” dedi.
11 मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँदछ ।”
“Ağızdan giren şey insanı kirletmez. İnsanı kirleten ağızdan çıkandır.”
12 त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?”
Bu sırada öğrencileri O'na gelip, “Biliyor musun?” dediler, “Ferisiler bu sözü duyunca gücendiler.”
13 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।
İsa şu karşılığı verdi: “Göksel Babam'ın dikmediği her fidan kökünden sökülecektir.
14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”
Bırakın onları; onlar körlerin kör kılavuzlarıdır. Eğer kör köre kılavuzluk ederse, ikisi de çukura düşer.”
15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”
Petrus, “Bu benzetmeyi bize açıkla” dedi.
16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?
“Siz de mi hâlâ anlamıyorsunuz?” diye sordu İsa.
17 के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ ।
“Ağza giren her şeyin mideye indiğini, oradan da helaya atıldığını bilmiyor musunuz?
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन् । यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन् ।
Ne var ki ağızdan çıkan, yürekten kaynaklanır. İnsanı kirleten de budur.
19 किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।
Çünkü kötü düşünceler, cinayet, zina, fuhuş, hırsızlık, yalan yere tanıklık ve iftira hep yürekten kaynaklanır.
20 यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन् । तर हात नधोई खाना खाँदा त्यसले मानिसलाई अपवित्र बनाउँदैन ।”
İnsanı kirleten bunlardır. Yıkanmamış ellerle yemek yemek insanı kirletmez.”
21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।
İsa oradan ayrılıp Sur ve Sayda bölgesine geçti.
22 र हेर, एउटी कनानी स्‍त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन् ।”
O yöreden Kenanlı bir kadın İsa'ya gelip, “Ya Rab, ey Davut Oğlu, halime acı! Kızım cine tutuldu, çok kötü durumda” diye feryat etti.
23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्‍ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्‍च्‍याइरहेकी छन् ।”
İsa kadına hiçbir karşılık vermedi. Öğrencileri yaklaşıp, “Sal şunu, gitsin!” diye rica ettiler. “Arkamızdan bağırıp duruyor.”
24 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।”
İsa, “Ben yalnız İsrail halkının kaybolmuş koyunlarına gönderildim” diye yanıtladı.
25 तर तिनी आइन् र उहाँको अगाडि घोप्‍टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस् ।”
Kadın ise yaklaşıp, “Ya Rab, bana yardım et!” diyerek O'nun önünde yere kapandı.
26 उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।”
İsa ona, “Çocukların ekmeğini alıp köpeklere atmak doğru değildir” dedi.
27 तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन् ।”
Kadın, “Haklısın, ya Rab” dedi. “Ama köpekler de efendilerinin sofrasından düşen kırıntıları yer.”
28 त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “स्‍त्री, तिम्रो विश्‍वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।
O zaman İsa ona şu karşılığı verdi: “Ey kadın, imanın büyük! Dilediğin gibi olsun.” Ve kadının kızı o saatte iyileşti.
29 येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्‍नुभयो ।
İsa oradan ayrıldı, Celile Gölü'nün kıyısından geçerek dağa çıkıp oturdu.
30 ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
Yanına büyük bir kalabalık geldi. Beraberlerinde kötürüm, kör, çolak, dilsiz ve daha birçok hasta getirdiler. Hastaları O'nun ayaklarının dibine bıraktılar. O da onları iyileştirdi.
31 गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए ।
Halk, dilsizlerin konuştuğunu, çolakların iyileştiğini, körlerin gördüğünü, kötürümlerin yürüdüğünü görünce şaştı ve İsrail'in Tanrısı'nı yüceltti.
32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”
İsa öğrencilerini yanına çağırıp, “Halka acıyorum” dedi. “Üç gündür yanımdalar, yiyecek hiçbir şeyleri yok. Onları aç aç evlerine göndermek istemiyorum, yolda bayılabilirler.”
33 चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौँ?”
Öğrenciler kendisine, “Böyle ıssız bir yerde bu kadar kalabalığı doyuracak ekmeği nereden bulalım?” dediler.
34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।”
İsa, “Kaç ekmeğiniz var?” diye sordu. “Yedi ekmekle birkaç küçük balığımız var” dediler.
35 त्यसपछि येशूले भिडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो ।
Bunun üzerine İsa, halka yere oturmalarını buyurdu.
36 उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए ।
Yedi ekmekle balıkları aldı, şükredip bunları böldü, öğrencilerine verdi. Onlar da halka dağıttılar.
37 मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।
Herkes yiyip doydu. Artakalan parçalardan yedi küfe dolusu topladılar.
38 स्‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार मानिस थिए ।
Yemek yiyenlerin sayısı, kadın ve çocuklar hariç, dört bin erkekti.
39 त्यसपछि येशूले भिडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।
İsa, halkı evlerine gönderdikten sonra tekneye binip Magadan bölgesine geçti.

< मत्ती 15 >