< लुका 4 >

1 तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो ।
Kisha, Yesu akiwa amejaa Roho Mtakatifu, alirudi kutoka Mto Jordani, na aliongozwa na Roho jangwani
2 त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो ।
kwa siku arobaini, na huko alijaribiwa na Ibilisi. Wakati huo hakula chochote, na mwisho wa wakati huo alihisi njaa.
3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”
Ibilisi akamwambia, “Kama wewe ni Mwana wa Mungu, liamru jiwe hili kuwa mkate.”
4 येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍न सक्दैन ।”
Yesu akamjibu, “Imeandikwa; 'mtu hataishi kwa mkate pekee.”
5 त्यसपछि, शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो ।
Kisha Ibilisi alimwongoza juu kwenye kilele cha mlima, na akamwonyesha falme zote za dunia kwa muda mfupi.
6 शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु ।
Ibilisi akamwambia, “Nitakupa mamlaka ya kutawala falme hizi zote pamoja na fahari zake. Naweza kufanya hivyo kwa sababu vyote vimekabidhiwa kwangu nivitawale, na ninaweza kumpa yeyote nitakaye kumpa.
7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।”
Kwahiyo, kama utaniinamia na kuniabudu, vitu hivi vyote vitakuwa vyako.”
8 तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
Lakini Yesu alijibu na kumwambia, “Imeandikwa, “lazima umwabudu Bwana Mungu wako, na lazima umtumikie Yeye peke yake.”
9 त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।
Baadaye Ibilisi alimwongoza Yesu hadi Yerusalemu na kumweka sehemu ya juu kabisa ya jengo la hekalu na kumwambia, “Kama wewe ni Mwana wa Mungu, jitupe chini kutoka hapa.
10 किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’
Kwa sababu imeandikwa, “Atawaagiza malaika zake wakutunze na kukulinda,
11 अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्‍नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।”
na watakuinua juu mikononi mwao ili kwamba usiumize miguu yako juu ya jiwe.”
12 येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू ।”
Yesu akijibu alimwambia, “Imenenwa, “usimjaribu Bwana Mungu wako.”
13 अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।
Ibilisi alipomaliza kumjaribu Yesu, alienda zake na kumwacha hadi wakati mwingine.
14 त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
Kisha Yesu alirudi Galilaya kwa nguvu za Roho, na habari kumhusu yeye zikaenea na kusambaa katika mikoa jirani yote.
15 उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
Alifundisha katika masinagogi yao, na kila mmoja alimsifu.
16 एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो ।
Siku moja alikwenda Nazareti, mji ambao alilelewa na kukulia. Kama ilivyokuwa desturi yake aliingia kwenye sinagogi siku ya sabato, na alisimama kusoma maandiko.
17 उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
Alikabidhiwa gombo la nabii Isaya, hivyo, alilifungua gombo na akatafuta sehemu iliyoandikwa,
18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,
“Roho wa Bwana yuu juu yangu, kwa sababu alinitia mafuta kuhubiri habari njema kwa maskini. Amenituma kutangaza uhuru kwa wafungwa, na kuwafanya wasioona waweze kuona tena. Kuwaweka huru wale wanaogandamizwa,
19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
kuutangaza mwaka ambao Bwana ataonesha wema wake.”
20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो ।
Kisha akalifunga gombo, akamrudishia kiongozi wa sinagogi, na akaketi chini. Macho ya watu wote waliokuwa katika sinagogi yalimwangalia yeye.
21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”
Alianza kuzungumza nao akisema, “Leo andiko hili limetimizwa masikioni mwenu.”
22 उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस ‍योसेफका छोरा होइनन् र?
Kila mmoja pale alishuhudia kile alichokisema Yesu, na wengi miongoni mwao walishangazwa na maneno ya hekima yaliyokuwa yakitoka katika kinywa chake. Walikuwa wakisema, “huyu ni kijana tu wa Yusufu, siyo hivyo?”
23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
Yesu akawaambia, “hakika mtasema methali hii kwangu, “Tabibu, jiponye mwenyewe. Chochote tulichosikia ukifanya Kapernaumu, kifanye hapa pia kijijini kwako.”
24 साँच्‍चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
Pia alisema, “hakika nawaambia ninyi, hakuna nabii anayekubalika katika nchi yake.”
25 तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
Lakini nawaambia ninyi kweli kwamba kulikuwa na wajane wengi Israel katika kipindi cha Eliya, wakati mbingu ilipofungwa kusiwe na nvua kwa miaka mitatu na nusu, wakati kulipokuwa na njaa kubwa katika nchi yote.
26 तर एलियालाई अन्य कुनै व्यक्‍ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।
Lakini Eliya hakutumwa kwa yeyote mmoja wao, lakini kwa mjane mmoja tu aliyeishi Sarepta karibu na mji wa Sidoni.
27 अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।
Pia, kulikuwa na wakoma wengi Israel katika kipindi cha Elisha nabii, lakini hakuna hatammoja wao aliyeponywa isipokuwa Naamani mtu wa Siria.
28 जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।
Watu wote ndani ya sinagogi walijawa na gadhabu walipoyasikia haya yote.
29 तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।
Walisimama na kumsukumizia nje ya mji, na kumwongoza mpaka kwenye ukingo wa mlima wa mji ambapo mji wao ulijengwa juu yake, ili waweze kumtupa chini.
30 तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।
Lakini alipita salama katikati yao na akaenda zake.
31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
Kisha alitelemkia Kapernaumu, katika mji wa Galilaya. Sabato moja alikuwa akifundisha watu ndani ya sinagogi.
32 तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।
Walishangazwa na mafundisho yake, kwasababu alifundisha kwa mamlaka.
33 त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो,
Sasa siku hiyo ndani ya sinagogi, kulikuwa na mtu aliyekuwa na roho ya pepo mchafu, na alilia kwa sauti ya juu,
34 “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”
“Tuna nini nawe, Yesu wa Nazareti? Umekuja kutuangamiza? Ninajua wewe ni nani! Wewe ni mtakatifu wa Mungu!”
35 येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।
Yesu alimkemea pepo akisema, “Nyamaza kimya, na umtoke mtu huyu!” Pepo yule alipomtupa mtu yule chini katikati yao, alimtoka yule mtu bila ya kumsababishia maumivu yoyote.
36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”
Watu wote walishangaa, na waliendelea kuzungumzia jambo hilo kila mmoja na mwenzake. Wakasema, “Ni maneno ya aina gani haya?” Anawaamuru roho wachafu kwa mamlaka na nguvu na watondoka.”
37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।
Hivyo, habari juu ya Yesu zilienea kila sehemu katika maeneo yanayozunguka mkoa huo.
38 त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे ।
Kisha Yesu aliondoka katika mji huo na akaingia katika nyumba ya Simoni. Sasa, mama mkwe wake na Simoni alikuwa anaumwa homa kali, na wakamsihi kwa niaba yake.
39 उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
Hivyo, Yesu alimsogelea, akaikemea ile homa na ikamwachia. Ghafla alisimama na akaanza kuwatumikia.
40 साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।
Jua lilipokuwa likizama, watu walimletea Yesu kila mmoja aliyekuwa mgonjwa wa maradhi ya aina mbalimbali. Aliweka mikono yake juu ya kila mgonjwa na akawaponya wote.
41 तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।
Mapepo pia yaliwatoka wengi wao yakilia kwa sauti na kusema, “Wewe ni mwana wa Mungu!” Yesu aliwakemea mapepo na hakuwaruhusu waongee, kwa sababu walijua kwamba yeye alikuwa ni Kristo.
42 जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे ।
Wakati kulipopambazuka, alienda eneo lisilokuwa na watu. Makutano ya watu walikuwa wakimtafuta na wakaja katika eneo alilokuwapo. Walijaribu kumzuia asiende mbali na wao.
43 तर येशूले भन्‍नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।”
Lakini akawaambia, “Lazima pia nihubiri habari njema za ufalme wa Mungu katika miji mingine mingi, kwa kuwa hii ndiyo sababu nilitumwa hapa.”
44 त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।
Kisha aliendelea kuhubiri ndani ya masinagogi katika uyahudi wote.

< लुका 4 >