< लुका 2 >

1 ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे ।
Un notika tanī laikā, ka grāmatas no ķeizara Augusta tapa izsūtītas, ka visa pasaule taptu uzrakstīta.
2 कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो ।
Un šī pirmā uzrakstīšana notika to brīdi, kad Kirenijus Sīrijā valdīja.
3 त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए ।
Un visi nogāja, ka liktos pierakstīties, ikviens savā cilts pilsētā.
4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए ।
Tad arī Jāzeps no Galilejas, no Nacaretes pilsētas, nogāja uz Jūdu zemi, uz Dāvida pilsētu, vārdā Bētlemi, tāpēc ka tas bija no Dāvida rada un cilts,
5 उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए ।
Ka liktos pierakstīties ar Mariju, savu saderēto sievu, kas bija grūta.
6 तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो ।
Un notikās, tiem turpat esot, tas laiks atnāca, ka tai bija dzemdēt.
7 उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन ।
Un viņai piedzima pirmdzimtais Dēls, un tā To ietina autiņos un To lika silē, jo tiem citur nebija rūmes tai mājas vietā.
8 त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए ।
Un gani bija ap to pašu vietu laukā pie laidariem, tie nomodā būdami naktī savus lopus sargāja.
9 एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।
Un redzi, Tā Kunga eņģelis pie tiem piestājās, un Tā Kunga spožums tos apspīdēja, un tie bijās ļoti.
10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।
Un tas eņģelis uz tiem sacīja: “Nebīstaties, jo redzi, es jums pasludinu lielu prieku, kas visiem ļaudīm notiks;
11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ ।
Jo jums šodien Tas Pestītājs dzimis, kas ir Kristus, Tas Kungs, Dāvida pilsētā.
12 तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ ।”
Un to ņematies par zīmi: jūs atradīsiet bērnu autos ietītu un silē gulošu.”
13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे ।
Un tūdaļ tur pie tā eņģeļa bija tas debesu draudzības pulks; tie Dievu slavēja un sacīja:
14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।”
“Gods Dievam augstībā un miers virs zemes un cilvēkiem labs prāts.”
15 जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।”
Un notikās, kad tie eņģeļi no tiem uz debesīm bija aizgājuši, tad tie gani runāja savā starpā: ejam tad nu uz Bētlemi, raudzīt, kas tur noticis, kā Tas Kungs mums licis ziņu dot.
16 तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे ।
Un tie steigdamies nāca un atrada gan Mariju, gan Jāzepu un To bērniņu, silē gulošu.
17 तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए ।
Bet kad tie to bija redzējuši, tad tie izpauda to vārdu, kas tiem par To bērnu bija sacīts.
18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए ।
Un visi, kas to dzirdēja, izbrīnījās par to valodu, ko tie gani tiem bija sacījuši.
19 तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन् ।
Bet Marija visus tos vārdus paturēja, tos savā sirdī apdomādama.
20 तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के ।
Un tie gani griezās uz mājām, godāja un teica Dievu par visu, ko tie bija dzirdējuši un redzējuši, kā uz tiem bija sacīts.
21 जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो ।
Un kad astoņas dienas bija pagājušas, ka tas bērns taptu apgraizīts, tad Viņa vārdu nosauca Jēzu, kā no tā eņģeļa bija sacīts, pirms Viņš bija ieņemts mātes miesās.
22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।
Un kad viņu šķīstīšanas dienas nāca pēc Mozus bauslības, tad tie Viņu nesa uz Jeruzālemi, ka To stādītu Tā Kunga priekšā.
23 परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।”
(Kā Tā Kunga bauslībā stāv rakstīts: ikviena pirmdzimtība no vīriešu kārtas lai top nosaukta Tam Kungam svēta);
24 तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए ।”
Ka tie arī to upuri dotu, kā Tā Kunga bauslībā ir sacīts: vienu pāri ūbeļu baložu vai divus jaunus baložus.
25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए । उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो ।
Un redzi, viens cilvēks bija Jeruzālemē, vārdā Sīmeans; šis cilvēks bija taisns un dievbijīgs, gaidīdams uz Israēla iepriecināšanu, un Tas Svētais Gars bija iekš viņa.
26 पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन ।
Tam no Svētā Gara bija pasludināts, ka nāvi neredzēšot, iekams Tā Kunga Svaidīto nebūšot redzējis.
27 एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।
Tas nāca Dieva namā no Svētā Gara skubināts; un kad tie vecāki To Jēzus bērnu ienesa, ka ar To darītu pēc bauslības ieraduma,
28 त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने,
Tad To uz savām rokām ņēmis, viņš Dievu teica un sacīja:
29 “तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।
“Kungs, lai nu Tavs kalps aiziet mierā, kā Tu esi sacījis;
30 किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
Jo manas acis Tavu pestīšanu redzējušas,
31 जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ ।
Ko Tu esi sataisījis priekš visiem ļaudīm,
32 तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”
Gaismu, apgaismot pagānus, un par slavu Taviem Israēla ļaudīm.”
33 बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए ।
Un Jāzeps un viņa māte brīnījās par to, ko viņš runāja.
34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ ।
Un Sīmeans tos svētīja un sacīja uz Mariju, Viņa māti: “Redzi, Šis ir likts par krišanu un augšāmcelšanos daudz ļaudīm iekš Israēla, un par zīmi, kam top pretī runāts,
35 साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”
Un tev pašai caur dvēseli zobens spiedīsies, ka daudz siržu domas taps zināmas.”
36 एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन् । उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । उनी धेरै वृद्ध भइसकेकी थिइन् । विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन् ।
Un tur bija viena praviete, Anna, Fānuēļa meita, no Ašera cilts, tā bija ļoti veca, un pēc savas jumpravības bija dzīvojusi septiņus gadus ar savu vīru.
37 त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् । उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन् ।
Un tā bija atraitne pie astoņdesmit četriem gadiem; tā neatstājās no Dieva nama, ar gavēšanu un lūgšanu Dievam kalpodama dienās, naktīs.
38 त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन् ।
Tā arīdzan tai pašā stundā piegāja un teica To Kungu, par To runādama uz visiem, kas uz pestīšanu Jeruzālemē gaidīja.
39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।
Un visu pabeiguši pēc Tā Kunga bauslības, tie atkal griezās uz Galileju, uz savu pilsētu Nacareti.
40 बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो ।
Bet Tas Bērns auga un palika stiprs garā, pilns gudrības, un Dieva žēlastība bija pie Viņa.
41 उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे ।
Un Viņa vecāki gāja ik gadus uz Jeruzālemi Lieldienas svētkos.
42 जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।
Un kad Viņš bija divpadsmit gadus vecs, tad tie pēc svētku ieraduma gāja uz Jeruzālemi.
43 चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन ।
Un kad tās svētās dienas bija pagalam, tad tiem atkal uz mājām ejot Tas Bērns Jēzus palika Jeruzālemē, un Jāzeps un Viņa māte to nezināja.
44 तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले ।
Bet tie domāja, ka Tas esot pie tiem ceļa biedriem; un vienas dienas gājumu nākuši, tie To meklēja pie radiem un pazīstamiem.
45 जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले ।
Un kad tie To neatrada, tad tie gāja atpakaļ uz Jeruzālemi, To meklēdami.
46 तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए ।
Un notikās, pēc trim dienām tie Viņu atrada baznīcā sēžam starp tiem mācītājiem, tos dzirdot un tos jautājot.
47 जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्थे ।
Un visi, kas Viņu dzirdēja, iztrūkušies brīnījās par Viņa saprašanu un Viņa atbildēšanu.
48 जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।”
Un Viņu ieraudzījuši, tie pārbijās; un Viņa māte uz To sacīja: mans dēls, kāpēc Tu mums tā esi darījis? Redzi, Tavs tēvs un es, mēs Tevi ar sāpēm esam meklējuši.
49 उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन?”
Un Viņš uz tiem sacīja: “Kam jūs Mani esat meklējuši? Vai nezinājāt, ka Man iekš Mana Tēva lietām jādarbojas?”
50 तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन् ।
Bet tie to vārdu neizprata, ko Viņš uz tiem sacīja.
51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
Un Viņš nogāja tiem līdz un nāca uz Nacareti un bija tiem paklausīgs. Bet Viņa māte visus šos vārdus paturēja savā sirdī.
52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।
Un Jēzus pieņēmās gudrībā, augumā un piemīlībā pie Dieva un cilvēkiem.

< लुका 2 >