< लुका 17 >

1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा यो आउँदछ ।
इतः परं यीशुः शिष्यान् उवाच, विघ्नैरवश्यम् आगन्तव्यं किन्तु विघ्ना येन घटिष्यन्ते तस्य दुर्गति र्भविष्यति।
2 उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।
एतेषां क्षुद्रप्राणिनाम् एकस्यापि विघ्नजननात् कण्ठबद्धपेषणीकस्य तस्य सागरागाधजले मज्जनं भद्रं।
3 आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर ।
यूयं स्वेषु सावधानास्तिष्ठत; तव भ्राता यदि तव किञ्चिद् अपराध्यति तर्हि तं तर्जय, तेन यदि मनः परिवर्त्तयति तर्हि तं क्षमस्व।
4 यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ ।
पुनरेकदिनमध्ये यदि स तव सप्तकृत्वोऽपराध्यति किन्तु सप्तकृत्व आगत्य मनः परिवर्त्य मयापराद्धम् इति वदति तर्हि तं क्षमस्व।
5 प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।”
तदा प्रेरिताः प्रभुम् अवदन् अस्माकं विश्वासं वर्द्धय।
6 प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ ।
प्रभुरुवाच, यदि युष्माकं सर्षपैकप्रमाणो विश्वासोस्ति तर्हि त्वं समूलमुत्पाटितो भूत्वा समुद्रे रोपितो भव कथायाम् एतस्याम् एतदुडुम्बराय कथितायां स युष्माकमाज्ञावहो भविष्यति।
7 तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
अपरं स्वदासे हलं वाहयित्वा वा पशून् चारयित्वा क्षेत्राद् आगते सति तं वदति, एहि भोक्तुमुपविश, युष्माकम् एतादृशः कोस्ति?
8 मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?
वरञ्च पूर्व्वं मम खाद्यमासाद्य यावद् भुञ्जे पिवामि च तावद् बद्धकटिः परिचर पश्चात् त्वमपि भोक्ष्यसे पास्यसि च कथामीदृशीं किं न वक्ष्यति?
9 उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ?
तेन दासेन प्रभोराज्ञानुरूपे कर्म्मणि कृते प्रभुः किं तस्मिन् बाधितो जातः? नेत्थं बुध्यते मया।
10 तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”
इत्थं निरूपितेषु सर्व्वकर्म्मसु कृतेषु सत्मु यूयमपीदं वाक्यं वदथ, वयम् अनुपकारिणो दासा अस्माभिर्यद्यत्कर्त्तव्यं तन्मात्रमेव कृतं।
11 यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो ।
स यिरूशालमि यात्रां कुर्व्वन् शोमिरोण्गालील्प्रदेशमध्येन गच्छति,
12 एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।
एतर्हि कुत्रचिद् ग्रामे प्रवेशमात्रे दशकुष्ठिनस्तं साक्षात् कृत्वा
13 र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
दूरे तिष्ठनत उच्चै र्वक्तुमारेभिरे, हे प्रभो यीशो दयस्वास्मान्।
14 जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”
ततः स तान् दृष्ट्वा जगाद, यूयं याजकानां समीपे स्वान् दर्शयत, ततस्ते गच्छन्तो रोगात् परिष्कृताः।
15 जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।”
तदा तेषामेकः स्वं स्वस्थं दृष्ट्वा प्रोच्चैरीश्वरं धन्यं वदन् व्याघुट्यायातो यीशो र्गुणाननुवदन् तच्चरणाधोभूमौ पपात;
16 उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो ।
स चासीत् शोमिरोणी।
17 येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन्? अरू नौ जना कहाँ गए?
तदा यीशुरवदत्, दशजनाः किं न परिष्कृताः? तह्यन्ये नवजनाः कुत्र?
18 के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र?
ईश्वरं धन्यं वदन्तम् एनं विदेशिनं विना कोप्यन्यो न प्राप्यत।
19 उहाँले त्यसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
तदा स तमुवाच, त्वमुत्थाय याहि विश्वासस्ते त्वां स्वस्थं कृतवान्।
20 फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,
अथ कदेश्वरस्य राजत्वं भविष्यतीति फिरूशिभिः पृष्टे स प्रत्युवाच, ईश्वरस्य राजत्वम् ऐश्वर्य्यदर्शनेन न भविष्यति।
21 न त तिनीहरूले भन्‍नेछन्, ‘यता हेर! वा उता हेर!’ किनभने परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।”
अत एतस्मिन् पश्य तस्मिन् वा पश्य, इति वाक्यं लोका वक्तुं न शक्ष्यन्ति, ईश्वरस्य राजत्वं युष्माकम् अन्तरेवास्ते।
22 येशूले चेलाहरूलाई भन्‍नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्‍नेछैनौ ।
ततः स शिष्यान् जगाद, यदा युष्माभि र्मनुजसुतस्य दिनमेकं द्रष्टुम् वाञ्छिष्यते किन्तु न दर्शिष्यते, ईदृक्काल आयाति।
23 तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।
तदात्र पश्य वा तत्र पश्येति वाक्यं लोका वक्ष्यन्ति, किन्तु तेषां पश्चात् मा यात, मानुगच्छत च।
24 आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।
यतस्तडिद् यथाकाशैकदिश्युदिय तदन्यामपि दिशं व्याप्य प्रकाशते तद्वत् निजदिने मनुजसूनुः प्रकाशिष्यते।
25 तर उहाँ पहिले विभिन्‍न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ ।
किन्तु तत्पूर्व्वं तेनानेकानि दुःखानि भोक्तव्यान्येतद्वर्त्तमानलोकैश्च सोऽवज्ञातव्यः।
26 यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् ।
नोहस्य विद्यमानकाले यथाभवत् मनुष्यसूनोः कालेपि तथा भविष्यति।
27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्‍यो ।
यावत्कालं नोहो महापोतं नारोहद् आप्लाविवार्य्येत्य सर्व्वं नानाशयच्च तावत्कालं यथा लोका अभुञ्जतापिवन् व्यवहन् व्यवाहयंश्च;
28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए ।
इत्थं लोटो वर्त्तमानकालेपि यथा लोका भोजनपानक्रयविक्रयरोपणगृहनिर्म्माणकर्म्मसु प्रावर्त्तन्त,
29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो ।
किन्तु यदा लोट् सिदोमो निर्जगाम तदा नभसः सगन्धकाग्निवृष्टि र्भूत्वा सर्व्वं व्यनाशयत्
30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
तद्वन् मानवपुत्रप्रकाशदिनेपि भविष्यति।
31 त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।
तदा यदि कश्चिद् गृहोपरि तिष्ठति तर्हि स गृहमध्यात् किमपि द्रव्यमानेतुम् अवरुह्य नैतु; यश्च क्षेत्रे तिष्ठति सोपि व्याघुट्य नायातु।
32 लोतकी पत्‍नीलाई सम्झ ।
लोटः पत्नीं स्मरत।
33 जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।
यः प्राणान् रक्षितुं चेष्टिष्यते स प्राणान् हारयिष्यति यस्तु प्राणान् हारयिष्यति सएव प्राणान् रक्षिष्यति।
34 म तिमीलाई भन्‍नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्‍नेछन् ।
युष्मानहं वच्मि तस्यां रात्रौ शय्यैकगतयो र्लोकयोरेको धारिष्यते परस्त्यक्ष्यते।
35 तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
स्त्रियौ युगपत् पेषणीं व्यावर्त्तयिष्यतस्तयोरेका धारिष्यते परात्यक्ष्यते।
36 (खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । )
पुरुषौ क्षेत्रे स्थास्यतस्तयोरेको धारिष्यते परस्त्यक्ष्यते।
37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”
तदा ते पप्रच्छुः, हे प्रभो कुत्रेत्थं भविष्यति? ततः स उवाच, यत्र शवस्तिष्ठति तत्र गृध्रा मिलन्ति।

< लुका 17 >