< लुका 14 >

1 एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।
彼が安息日にファリサイ人たちの支配者たちの一人の家に入った時のこと,彼らは彼の様子をうかがっていた。
2 हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो ।
見よ,水腫をわずらっている人が彼の前にいた。
3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन?
イエスはそれに応じて,律法の専門家たちやファリサイ人たちに話して,こう言った。「安息日にいやすことは許されているか」 。
4 तर तिनीहरू मौन रहे । त्यसैले, येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो ।
だが,彼らは黙っていた。 彼はその人の手を取って,いやし,去らせた。
5 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र?”
彼らに答えた,「あなた方のうち,息子や牛が井戸の中に落ちた場合,安息日だからといってすぐに引き上げない者がいるだろうか」 。
6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।
これらのことについても,彼らは彼に答えることができなかった。
7 जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्‍ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्‍नुभयो ।
招かれた人々が上席を選ぶ様子に気づくと,彼らにたとえで話して,こう言った。
8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाएको हुन सक्दछ ।
「だれかから婚宴に招かれた時は,上席に着いてはいけない。あなたより身分の高い人も招かれているかも知れないからだ。
9 जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘भन्ला र लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्‍नुपर्ने हुन्छ ।
そうすると,あなた方双方を招いた人がやって来て,『この人のために場所を空けてください』とあなたに告げるだろう。その時,あなたは恥をかきながら最も低い場所に着くことになる。
10 तर जब तिमीलाई निमन्‍त्रणा गरिन्छ, गएर कम महत्त्‍वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्‍नेहरूका बिचमा तिम्रो आदर हुनेछ ।
だが,あなた方が招かれた時は,行って,最も低い場所に着きなさい。そうすれば,あなたを招いた人がやって来た時,『友よ,もっと高い方へ移ってください』とあなたに告げるだろう。その時,共に食卓に着いているみんなの前で,あなたは誉れを受けるだろう。
11 हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ ।
だれでも自分を高くする者は低くされ,自分を低くする者は高くされるのだ」 。
12 उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्‍नुभयो, “जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन् ।
彼は自分を招いた人にも言った,「あなたが昼食や夕食を設ける時は,自分の友人たちも,兄弟たちも,親族たちも,富んでいる隣人たちも呼んではいけない。そうでないと。彼らも逆にもてなして,あなたに返礼することになるかも知れない。
13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्‍टिविहीनहरूलाई बोलाऊ ।
だが,あなたが祝宴を催す時には,貧しい人たち,足の不自由な人たち,また盲人たちを招きなさい。
14 र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
そうすれば,彼らはあなたに報いる手段がないので,あなたは幸いだ。あなたは義人たちの復活において報いを受けることになるからだ」 。
15 येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।”
これらのことを聞くと,彼と共に食卓に着いていた者たちの一人が彼に言った,「神の王国で祝宴にあずかる人は幸いです!」
16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो ।
するとイエスは彼に言った,「ある人が盛大な晩さんを設けて,大勢の人々を招いた。
17 जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’
晩さんの時刻に自分の召使いたちを遣わして,招いておいた者たちに言った,『おいでください。もうすっかり整いましたから』。
18 तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
彼らは皆,いっせいに言い訳をし始めた。 「最初の者は彼に言った,『畑を買いましたので,見に行かなければなりません。どうぞお許しください』。
19 र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्‍नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
「別の者は言った,『五くびきの牛を買いましたので,試しに行かなければなりません。どうぞお許しください』。
20 र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’
「別の者は言った,『妻をめとりましたので,そのために参ることができません』。
21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’
「召使いはやって来て,主人にこれらのことを告げた。すると家の主人は腹を立て,召使いに言った,『急いで町の通りや小道に出て行き,貧しい人たち,体の不自由な人たち,盲人たち,また足の不自由な人たちを連れて来なさい』。
22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’
「召使いは言った,『ご主人様,おおせのとおりにしましたが,まだ場所が余っています』。
23 मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।
「主人は召使いに言った,『大通りや垣根に出て行き,無理にでも人々を入って来させて,わたしの家がいっぱいになるようにしなさい。
24 किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’
お前たちに告げるが,招かれていた者たちのうち,わたしの晩さんを味わう者はひとりもいないだろう』」 。
25 ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्‍नुभयो,
さて,大群衆が彼と共に歩いていた。彼は振り向いて彼らに言った,
26 “यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
「だれでもわたしのもとに来て,自分の父,母,妻,子供たち,兄弟たち,姉妹たち,そうだ,自分の命さえも憎まない者は,わたしの弟子になることはできない。
27 जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।
だれでも自分の十字架を背負ってわたしの後に付いて来ない者は,わたしの弟子になることはできない。
28 तिमीहरूमध्ये को होला, जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन र?
あなた方のうちのだれが,塔を建てたいと望みながら,まず座って費用を計算し,それを完成させるだけのものがあるかを確かめないだろうか。
29 नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, यसलाई देख्‍ने सबैले उसको गिल्ला गर्नेछन् र
そうしないと,土台を据えただけで仕上げられなかった時,見ているすべての人が彼をあざけり始めて
30 भन्‍नेछन्, ‘यो मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’
言うことだろう,『この人は建て始めたが,仕上げることができなかった』。
31 अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन?
あるいは,どんな王が,別の王と戦いを交えようとするときに,まず座って,二万人を率いて向かって来る者を,一万人で迎え撃つことができるかどうか,よく考えないだろうか。
32 र यदि सक्दैन भने, अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्‍न सक्छ ।
もしできないのであれば,一方の者がまだ遠くにいる間に使者を送り,和平の条件を尋ねるのだ。
33 त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
そのようなわけで,だれでもあなた方のうちで自分の持ち物すべてを捨てない者は,わたしの弟子になることはできない。
34 नुन असल हो, तर यदि नुनले यसको स्वाद गुमायो भने, यसलाई कसरी फेरि नुनिलो बनाउने?
塩は良いものだ。だが塩の塩気が抜けて味がなくなったら,あなた方は何によって塩に味を付けるのか。
35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । यो कुल्चन र फ्याँक्‍न को लागि मात्र हुन्छ । जसको कान छ, त्यसले सुनोस् ।”
それは土にもたい肥にも適さない。それは投げ出されるのだ。聞く耳のある者は聞きなさい」 。

< लुका 14 >