< विलाप 5 >

1 हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।
Remember, Jehovah, what has come on us. Look, and see our disgrace.
2 हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए ।
Our inheritance is turned over to strangers, our houses to foreigners.
3 हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् ।
We are orphans and fatherless. Our mothers are like widows.
4 हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ ।
We have to pay for a drink of water; our wood is sold to us.
5 हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन ।
Our pursuers are on our necks; we are weary, and have no rest.
6 पर्याप्‍त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।
We have submitted to the Egyptians and to the Assyrians, to get enough bread.
7 हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।
Our fathers sinned, and are no more; but we have borne their iniquities.
8 कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।
Servants rule over us: There is none to deliver us out of their hand.
9 उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ ।
We get our bread at the peril of our lives, because of the sword in the wilderness.
10 भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
Our skin is hot like an oven, because of the burning heat of famine.
11 सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
They raped the women in Zion, the virgins in the cities of Judah.
12 राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन ।
Princes were hung by their hands; elders were shown no respect.
13 युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।
The young men grind at the mill; the boys stagger under loads of wood.
14 धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् ।
The elders have gone from the gate, the young men from their music.
15 हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।
The joy of our heart has ceased; our dancing is turned into mourning.
16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ ।
The crown is fallen from our head; woe to us, for we have sinned.
17 हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।
For this our heart is faint; for these things our eyes grow dim.
18 सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् ।
For the mountain of Zion, which is desolate; the foxes walk on it.
19 तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।
But you, Jehovah, abide forever; your throne is from generation to generation.
20 तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्‍नुहुन्छ?
Why do you keep on forgetting us? Why do you forsake us so long?
21 हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।
Restore us to you, Jehovah, and we shall be restored; renew our days as in former times,
22 तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्‍ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।
unless you have completely rejected us and are angry with us beyond measure.

< विलाप 5 >