< न्यायकर्ताहरू 16 >

1 शिमशोन गाजामा गए र त्यहाँ एउटी वेश्यालाई देखे, र तिनी त्यससँग ओछ्‍यानमा गए ।
Potem Samson poszedł do Gazy i gdy zobaczył tam nierządnicę, obcował z nią.
2 गाजाका मानिसहरूलाई यस्तो भनियो, “शिमशोन यहाँ आएको छ ।” गाजाका मानिसहरूले त्यस ठाउँलाई घेरे र गुप्‍तमा तिनीहरूले सारा रात सहरको ढोकामा कुरे । तिनीहरू रातभर शान्त बसे । तिनीहरूले यसो भनेका थिए, “दिनको उज्यालो नभएसम्म हामी कुरौं, र त्‍यसपछि उसलाई हामी मारौं ।”
I powiadomiono mieszkańców Gazy: Przybył tu Samson. Otoczyli go więc i czyhali na niego przez całą noc w bramie miasta. Zachowywali się cicho przez całą noc, mówiąc: Gdy zacznie świtać, zabijemy go.
3 शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे । मध्यरातमा तिनी उठे र तिनले सहरको ढोका र त्यसका दुईवटा खम्बालाई समाते । तिनले बारसहित ती जमिनबाट उखेले, र ती आफ्ना काँधमा राखे, र हेब्रोनको सामुन्‍ने डाँडाको चुचुरासम्म बोकेर लगे ।
Ale Samson spał do północy, a o północy wstał, chwycił wrota bramy miejskiej z dwoma słupami i wyrwał je z zasuwą, potem włożył na swoje ramiona i zaniósł je na szczyt góry, która była naprzeciw Hebronu.
4 यसपछि, शिमशोन सोरेकको बेसीमा बस्‍ने गर्ने एक जना स्‍त्रीसँग प्रेममा परे । त्यसको नाउँ दलीला थियो ।
Potem w dolinie Sorek zakochał się w kobiecie, która miała na imię Dalila.
5 पलिश्तीहरूका शासकहरू त्यस स्‍त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्‍छौं भन्‍ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्‍जीत पार्न सकौं । यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्‍का दिनेछौं ।”
I przyszli do niej książęta Filistynów i powiedzieli jej: Oszukaj go i dowiedz się, w czym [tkwi] jego wielka siła i jak moglibyśmy go pokonać, by go związać i gnębić, a każdy z nas da ci tysiąc sto srebrników.
6 तब दलीलाले शिमशोनलाई भनिन्, “कृपया मलाई बताउनुहोस्, कि तपाईं कसरी यस्तो बलियो हुनुहुन्छ, र तपाईंलाई नियन्त्रण गर्नको निम्ति तपाईंलाई कसरी बाँध्‍न सकिन्छ?”
Powiedziała więc Dalila do Samsona: Powiedz mi, proszę, w czym tkwi twoja wielka siła i czym można by cię związać, by cię gnębić?
7 शिमशोनले त्यसलाई भने, “तिनीहरूले मलाई नयाँ सातवटा नसुकेका धनुका ताँदाले बाँधे भने, म कमजोर हुनेछु र अरू साधारण मानिसझैं हुनेछु ।”
Samson jej odpowiedział: Gdyby mnie związano siedmioma świeżymi witkami, które jeszcze nie wyschły, wtedy osłabnę i będę jak każdy inny człowiek.
8 तब पलिश्तीहरूका शासकहरूले नयाँ सातवटा नसुकेका धनुका ताँदा ल्याएर दलीलालाई दिए, र त्यसले शोमशोनलाई ती ताँदाले बाँधी ।
I książęta Filistynów przynieśli jej siedem świeżych witek, które jeszcze nie wyschły, i związała go nimi.
9 त्यस स्‍त्रीको भित्री कोठामा त्यसले गुप्‍तमा मानिसहरू लुकाएकी थिई । त्यसले तिनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तर तिनले ती धनुका ताँदालाई आगोमा परेका सनपाटका धागाहरूझैं छिनाइदिए । यसैले तिनको शक्तिको रहस्य खोलिएन ।
Tymczasem czyhający na niego siedzieli u niej w komorze. Wtedy powiedziała mu: Filistyni nad tobą, Samsonie! Lecz [on] zerwał witki, jakby ktoś zerwał zgrzebną nić, gdy dotknie jej ogień. Nie poznano więc, [w czym tkwiła] jego siła.
10 त्यसपछि दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई धोका दिनुभएको छ र मलाई झुटो बोल्नुभएको छ । कृपया, मलाई बताउनुहोस् तपाईंलाई कसरी नियन्त्रण गर्न सकिन्छ ।”
Potem Dalila powiedziała do Samsona: Oszukałeś mnie i skłamałeś mi. Teraz powiedz mi, proszę, czym można by cię związać?
11 तिनले त्यसलाई भने, “कहिल्यै कामको निम्ति प्रयोग नभएका नयाँ डोरीले तिनीहरूले मलाई बाँधे भने म कमजोर हुनेछु र साधारण मानिसझैं हुनेछु ।”
A on jej odpowiedział: Gdyby mnie związano nowymi powrozami, których [jeszcze] nie używano, wtedy osłabnę i będę jak każdy inny człowiek.
12 यसैले दलीलाले नयाँ डोरीहरू लिएर तिनलाई त्यसले बाँधी, र भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” मानिसहरू भित्री कोठामा कुरिरहेका थिए । तर शिमशोनले आफ्ना पाखुराका डोरीहरूलाई धागो छिनाएझैं छिनाइदिए ।
Dalila wzięła więc nowe powrozy i związała go nimi, i powiedziała do niego: Filistyni nad tobą, Samsonie! A czyhający na niego siedzieli w komorze, lecz [on] porwał je ze swych ramion jak nici.
13 दलीलाले शिमशोनलाई भनी, “अहिलेसम्म त तपाईंले मलाई धोका दिनुभएको छ र मसँग झुटो बोल्नुभएको छ । तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस् ।” शिमशोनले त्यसलाई भने, “तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने म अरू मानिसझैं हुनेछु ।”
Wtedy Dalila powiedziała do Samsona: Aż dotąd szydziłeś ze mnie i okłamywałeś mnie. Powiedz mi, czym można by cię związać? I powiedział jej: Jeśli spleciesz siedem pasm z mojej głowy w osnowę przędzy.
14 जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए ।
Ona wtedy przybiła [je] kołkiem i powiedziała do niego: Filistyni nad tobą, Samsonie! Lecz [on] obudził się ze snu i wyrwał kołek z osnową i z wałkiem.
15 त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्‍न सक्‍नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्‍न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्‍नुभएको छैन ।”
Znowu powiedziała do niego: Jak możesz mówić: Kocham cię, skoro twoje serce nie jest ze mną. Już trzykrotnie mnie oszukałeś i nie powiedziałeś mi, w czym tkwi twoja wielka siła.
16 हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।
A gdy mu się tak naprzykrzała słowami każdego dnia i naciskała na niego tak, że jego dusza zmęczyła się na śmierć;
17 यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्‍वरको निम्ति एक नाजिरी भएको छु । मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु ।”
Wtedy otworzył przed nią całe swoje serce i powiedział jej: Brzytwa nigdy nie dotknęła mojej głowy, bo jestem nazirejczykiem dla Boga [już] z łona mojej matki. Jeśli zostanę ogolony, odejdzie ode mnie moja siła, osłabnę i będę jak każdy inny człowiek.
18 दलीलाले तिनले सबै सत्य कुरा बताएको देखेपछि, त्‍यसले यसो भनेर पलिश्तीहरूका शासकहरूलाई बोलाई, “आउनुहोस्, किनभने तिनले मलाई सबै कुरा बताएका छन् ।” त्यसपछि पलिश्तीहरूका शासकहरूले आफ्ना हातमा चाँदी लिएर त्यसकहाँ गए ।
A gdy Dalila spostrzegła, że otworzył przed nią całe swoje serce, wezwała książąt Filistynów, mówiąc: Przyjdźcie raz [jeszcze], gdyż otworzył przede mną całe swoje serce. Przyszli więc do niej książęta Filistynów, niosąc srebro w rękach.
19 त्यसले तिउनलाई आफ्नो काखमा सुताई । तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो ।
Wtedy uśpiła go na swoich kolanach, przywołała [pewnego] człowieka i kazała zgolić siedem pasm jego głowy; potem zaczęła go gnębić, a jego siła odeszła od niego.
20 त्यसले भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र भने, “म अरू बेलाझैं उम्कनेछु र आफूलाई छुटाउनेछु ।” तर परमप्रभुले तिनलाई छोडिसाक्‍नुभएको छ भन्‍ने तिनलाई थाहा थिएन ।
I powiedziała: Filistyni nad tobą, Samsonie! A gdy się obudził ze snu, powiedział: Wyjdę jak poprzednio i otrząsnę się. Lecz nie wiedział, że PAN odstąpił od niego.
21 पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए । उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे । तिनी झ्यालखानामा जाँतो पिंध्‍न थाले ।
Wtedy Filistyni pojmali go, wyłupili mu oczy i zaprowadzili do Gazy, a tam związali go dwoma spiżowymi łańcuchami i musiał mleć w domu więźniów.
22 तर तिनको शिरमा कपाल खौरपछि फेरि पलाउन थाल्यो ।
Potem włosy na jego głowie zaczęły odrastać po ogoleniu.
23 पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए । तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए ।”
A książęta Filistynów zebrali się, aby złożyć swemu bogu Dagonowi wielką ofiarę i radować się. Mówili bowiem: Nasz bóg wydał w nasze ręce Samsona, naszego wroga.
24 जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे, किनकि तिनीहरूले भने, “हाम्रो देशलाई नाश गर्ने, र हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्‍पिदिए ।”
Kiedy ludzie widzieli go, chwalili swego boga, bo mówili: Nasz bóg wydał w nasze ręce naszego wroga, tego, który pustoszył naszą ziemię i który wielu z naszych pozabijał.
25 जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस् ।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए । उनीहरूले तिनलाई खम्‍बाहरूका बिचमा खडा गरेका थिए ।
A gdy ich serca się rozweseliły, powiedzieli: Zawołajcie Samsona, aby nas zabawiał. Przywołano więc Samsona z domu więźniów, aby ich zabawiał. I postawili go między dwiema kolumnami.
26 शिमशोनका आफ्‍नो हात समाइरहेको केटोलाई भने, “यो मन्‍दिर अडाउने खम्बाहरू मलाई छुन देऊ, ताकि म तिनमा अडेस लगाउन सकूँ ।”
Wtedy Samson powiedział do chłopca, który go trzymał za rękę: Poprowadź mnie, abym mógł dotknąć kolumn, na których stoi dom, abym się o nie oparł.
27 त्यो मन्‍दिर पुरुष र स्‍त्रीहरूले भरिएको थियो । पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए । छतमा करिब तिन हजार पुरुष र स्‍त्रीहरू थिए । शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए ।
A dom był pełen mężczyzn i kobiet, [byli] tam wszyscy książęta Filistynów, na dachu zaś [było] około trzech tysięcy mężczyzn i kobiet, którzy się przyglądali, gdy Samson [ich] zabawiał.
28 शिमशोनले परमप्रभुलाई पुकारा गरे र भने, “परमप्रभु परमेश्‍वर, मेरो सम्झना गर्नुहोस्! परमेश्‍वर, कृपया मलाई एकपटक मात्र शक्ति दिनुहोस्, ताकि मेरा दुई आँखाको साटो मैले यी पलिश्तीहरूसँग एकै पटकमा बदला लिन सकूँ ।”
Wówczas Samson wezwał PANA i powiedział: Panie BOŻE, wspomnij na mnie, proszę, i wzmocnij mnie tylko ten jeden raz, Boże, abym mógł się zemścić już na Filistynach za dwoje moich oczu.
29 त्यस मन्‍दिरलाई अडाउने बिचका दुई खम्बालाई शिमशोनले समाए र एउटा खम्बालाई आफ्नो दाहिने हात र अर्कोलाई आफ्नो देब्रे हातले समाएर ती ठेले ।
Ujął więc Samson obie środkowe kolumny, na których stał dom i o które się wsparł, jedną swoją prawą ręką, a drugą swoją lewą ręką.
30 शिमशोनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्!” तिनले आफ्नो बल लगाएर हातहरू पसारे र त्यो मन्‍दिर सबै शासकहरू र त्यहाँ भएका सबै मानिसहरूमाथि खस्यो । यसरी तिनी आफू मर्दा आफ्नो जीवनभरमा मरेका भन्दा धेरैलाई मारे ।
Potem Samson powiedział: Niech umrę z Filistynami. A gdy się o nie mocno oparł, dom upadł na książąt i na cały lud, który w nim był. A martwych, których zabił przy swojej śmierci, było więcej niż tych, których zabił za swego życia.
31 तब तिनका दाजुभाइ र तिनका बुबाका घरानाका सबै त्यहाँ आए । तिनीहरूले तिनलाई लगे अनि तिनका बुबा मानोहको चिहानमा सोरा र एश्लोतको बिचमा तिनलाई दफन गरे । शिमशोनले इस्राएलमा बिस वर्ष न्याय गरेका थिए ।
I przyszli jego bracia i cały dom jego ojca, wzięli go, wrócili i pogrzebali go między Sorea a Esztaol, w grobie Manoacha, jego ojca. A sądził on Izraela przez dwadzieścia lat.

< न्यायकर्ताहरू 16 >