< न्यायकर्ताहरू 15 >

1 केही दिनपछि, गहुँ कटनीको समयमा, शिमशोनले एउटा पाठो लिए र आफ्नी पत्‍नीलाई भेट्न गए । तिनले मनमनै भने, “म मेरी पत्‍नीको कोठामा जानेछु ।” तर उनका बुबाले तिनलाई भित्र जान दिएनन् ।
Po [kilku] dniach, w czasie żniw pszenicy, Samson odwiedził swoją żonę. Przyniósł jej koźlątko i mówił: Wejdę do swojej żony, do jej pokoju. Lecz jej ojciec nie pozwolił mu wejść.
2 उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”
Jej ojciec powiedział: Myślałem, że ją znienawidziłeś, dałem ją więc twemu towarzyszowi. Czy jej młodsza siostra nie jest piękniejsza od niej? Weź ją sobie zamiast niej.
3 शिमशोनले तिनीहरूलाई भने, “यसपल्ट मैले पलिश्तीहरूलाई चोट दिंदा म निर्दोष हुनेछु ।”
I Samson odpowiedział im: Już teraz będę bez winy wobec Filistynów, choć uczynię im coś złego.
4 शिमशोन गए र तिन सयवटा स्यालहरू समाते र हरेकलाई दुई-दुईचटा गरेर पुच्छर-पुच्छर बाँधिदिए । तब तिनले राँको लिएर हरेक जोडीको पुच्छरको बिचमा राखे ।
Poszedł więc Samson i nałapał trzysta lisów, wziął pochodnie, przywiązał ogon do ogona, a pośrodku między dwoma ogonami uwiązał po jednej pochodni.
5 जब तिनले राँकाहरूमा आगो सल्काए, तब तिनले स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्‍नमा छोडिदिए, र तिनीहरूले जम्‍मा गरेर राखिएका अन्‍न र खेतमा पाकेका अन्‍न दुवैमा, दाखवारीहरू र जैतूनका बगैंचाहरूलाई डढाए ।
Potem podpalił pochodnie i wypuścił [je] na zboża Filistynów, i spalił tak stogi, jak i stojące zboża oraz winnice z oliwkami.
6 पलिश्तीहरूले सोधे, “यो कसले गर्‍यो?” तिनीहरूलाई भनियो, “तिम्नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्नाका मानिसहरूले शिमशोनकी पत्‍नीलाई लिए र तिनको साथमा बसेको मित्रलाई दिए ।” त्यसपछि पलिश्तीहरू गएर त्यस स्‍त्री र त्यसका बुबालाई जलाइदिए ।
Wtedy Filistyni powiedzieli: Któż to uczynił? I odpowiedziano: Samson, zięć Timnity, ponieważ ten odebrał mu żonę i dał ją jego towarzyszowi. Poszli więc Filistyni i spalili ją i jej ojca.
7 शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूको व्यवहार यस्तै हो भने, म तिमीहरूका विरुद्ध बदला लिनेछु, र त्‍यसो गरेपछि मात्र म रोकिनेछु ।”
Samson powiedział im: Chociaż tak uczyniliście, jeszcze się zemszczę na was, a potem ustąpię.
8 तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्रा-टुक्रा गरी काटे र धेरैको हत्या गरे । त्यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे ।
I zadał im wielką klęskę, bijąc od bioder aż do goleni, po czym odszedł i zamieszkał na wierzchołku skały Etam.
9 त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।
Wtedy Filistyni wyruszyli, rozbili obóz w Judzie i rozciągnęli się [aż] do Lechi.
10 तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्‍यसलाई त्‍यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”
Mężczyźni Judy wówczas powiedzieli: Dlaczego wyruszyliście przeciwko nam? I odpowiedzieli: Przyszliśmy, aby związać Samsona i uczynić mu tak, jak [on] nam uczynił.
11 तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”
Wyruszyło więc trzy tysiące mężczyzn z Judy na szczyt skały Etam i powiedzieli do Samsona: Czy nie wiesz, że Filistyni panują nad nami? I co nam uczyniłeś? I odpowiedział im: Jak oni mi uczynili, tak ja im uczyniłem.
12 तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”
I powiedzieli mu: Przyszliśmy, aby cię związać i wydać w ręce Filistynów. Samson odpowiedział im: Przysięgnijcie mi, że sami się na mnie nie targniecie.
13 तिनीहरूले तिनलाई भने, “हामी तिमीलाई केवल डोरीले बाँध्‍नेछौं र तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौं । हामी यो प्रतिज्ञा गर्छौं, कि हामी तिमीलाई मार्नेछैनौं ।” यसैले तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र त्यस चट्टानबाट माथि ल्याए ।
A oni mu odpowiedzieli: Nie, tylko zwiążemy cię i wydamy w ich ręce, lecz cię nie zabijemy. Związali go więc dwoma nowymi powrozami i sprowadzili go ze skały.
14 जब तिनी लहीमा आए, पलिश्तीहरूले तिनलाई भेट्नेवित्तिकै ठुलो सोरमा कराउँदै आए । अनि परमप्रभुका आत्मा शक्तिको साथमा उनीमाथि आउनुभयो । तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैं भए, र तिनीहरू तिनका हातबाट झरे ।
Gdy przybył do Lechi, Filistyni z krzykiem wyszli mu na spotkanie. Wtedy Duch PANA zawładnął nim i powrozy, które były na jego ramionach, stały się jak lniane nici spalone ogniem i rozerwały się więzy na jego rękach.
15 शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।
Następnie znalazł świeżą oślą szczękę, wyciągnął po nią rękę, wziął ją i zabił nią tysiąc mężczyzn.
16 शिमशोनले भने, “एउटा गधाको बङ्गारोले रासमाथि रास पारें ।” एउटा गधाको बङ्गारोले मैले एक हजार जना मानिसलाई मारें ।”
Potem Samson powiedział: Szczęką oślą, stos na stosach, szczęką oślą zabiłem tysiąc mężczyzn.
17 जब शिमशोनले बोलिसके, तब तिनले त्‍यो बङ्गारोलाई फालिदिए, र तिनले त्यस ठाउँलाई रामत-लही नाउँ राखे ।
A gdy przestał mówić, wyrzucił szczękę z ręki i nazwał to miejsce Ramat-Lechi.
18 शिमशोन धेरै तिर्खाए र परमप्रभुलाई पुकारा गरे र भने, “तपाईंले आफ्नो दासलाई यो महान् विजय दिनुभएको छ । तर के अब म तिर्खाले मर्ने, अनि खतना नभएका मानिसहरूका हातमा पर्नेछु?”
Wtedy odczuł wielkie pragnienie i zawołał do PANA: Ty dałeś przez rękę swego sługi to wielkie wybawienie, a teraz mam umrzeć z pragnienia albo wpaść w ręce nieobrzezanych?
19 परमेश्‍वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो र त्यहाँबाट पानी निस्कियो । जब तिनले पानी पिए, तब तिनको शक्ति फर्कियो र तिनी ताजा भए । यसैले तिनले त्यस ठाउँको नाउँ एन-हक्‍कोरे राखे, र आजको दिनसम्मै त्यो लहीमा छ ।
A Bóg rozszczepił [wgłębienie] skalne, które było w Lechi, i wyszły z niego wody. Napił się i ożył jego duch, i odzyskał siły. Dlatego nadał temu miejscu nazwę: En-Hakkore, a jest [ono] w Lechi aż do dziś.
20 शिमशोनले पलिश्तीहरूको समयमा इस्राएलमा बिस वर्ष न्याय गरे ।
I sądził Izraela za dni Filistynów przez dwadzieścia lat.

< न्यायकर्ताहरू 15 >