< यहोशू 22 >

1 त्यस बेला यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई बोलाए ।
Tada sazove Jošua sinove Rubenove i Gadove i polovinu plemena Manašeova
2 तिनले तिनीहरूलाई भने, “तिमीहरूले परमप्रभु परमेश्‍वरका दास मोशाले आज्ञा गरेका सबै गरेका छौ । तिमीहरूले मैले आज्ञा गरेका सबै कुरामा मेरो आज्ञा पालन गरेका छौ ।
i reče im: “Izvršili ste sve što vam je Mojsije, sluga Jahvin, zapovjedio i poslušali ste me u svemu što sam vam zapovjedio.
3 तिमीहरूले वर्तमानसम्म यति धेरै दिनसम्म पनि आफ्ना दाजुभाइहरूलाई छाडेका छैनौ, र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाअनुसार आवश्यक कर्तव्यहरू पुरा गरेका छौ ।
Niste ostavili svoje braće unatoč dugom vojevanju do današnjega dana i vršili ste vjerno zapovijedi Jahve, Boga svojega.
4 अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ । यसकारण, फर्क र तिमीहरूको आफ्नै भूमिमा जाओ, जुन परमप्रभुका दास मोशाले यर्दन पारिपट्टि तिमीहरूलाई दिएका छन् ।
Sada je Jahve, Bog vaš, dao mir braći vašoj, kako im bijaše obećao. Vratite se sada u svoje šatore, u zemlju koju vam je dao Mojsije, sluga Jahvin, u baštinu s onu stranu Jordana.
5 परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका आज्ञाहरू र व्यवस्था पालन गर्न, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न, उहाँका सबै आज्ञा पालन गर्न, उहाँमा नै रहिरहन र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको आराधना गर्नमा होसियार होओ ।”
Samo pazite da vršite zapovijedi i Zakon što vam ga dade Mojsije, sluga Jahvin: da ljubite Jahvu, Boga svojega, da uvijek idete putovima njegovim, da čuvate zapovijedi njegove, da se držite uz njega i da mu služite svim srcem i svom dušom.”
6 त्यसैले यहोशूले तिनीहरूलाई आशिष् दिएर पठाए, र तिनीहरू आफ्ना पालहरूतिर गए ।
I blagoslovi ih Jošua i otpusti, a oni se zatim vrate u svoje šatore.
7 मनश्शेको आधा कुललाई मोशाले बाशानमा नै उत्तराधिकार दिएका थिए, तर बाँकी आधा कुललाई तिनीहरूका दाजुभाइको छेउमा यर्दनको पश्‍चिमपट्टि दिए । यहोशूले तिनीहरूलाई आ-आफ्ना पालहरूमा पठाए; तिनले तिनीहरूलाई आशिष् दिए
Mojsije bijaše jednoj polovini plemena Manašeova dao baštinu u Bašanu; a drugoj polovini dade je Jošua usred njihove braće zapadno od Jordana. Otpuštajući ih u njihove šatore, Jošua ih blagoslovi.
8 र तिनीहरूलाई भने, “धेरै रुपियाँ-पैसा र सुन, चाँदी, काँसा र फलामसहित धेरै लत्ताकपडासहित तिमीहरूका पालहरूमा फर्क । तिमीहरूका शत्रुहरूबाट लिएका लूटका मालहरू तिमीहरूका दाजुभाइहरूसँग बाँड ।
I reče im: “Vratite se u svoje šatore s velikim blagom i s mnogom stokom, sa srebrom, zlatom, tučem, željezom i haljinama u izobilju i podijelite plijen od neprijatelja svojih s braćom svojom.”
9 त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।
Vratiše se sinovi Rubenovi i sinovi Gadovi i polovina plemena Manašeova; odoše od sinova Izraelovih iz Šila u zemlji kanaanskoj da krenu u zemlju gileadsku, na svoju baštinu koju su zaposjeli, kako im je zapovjedio Jahve preko Mojsija.
10 जब तिनीहरू कनानको भूमि यर्दनमा आए, रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूले यर्दन नजिकै निकै ठुलो र सजिलै देखिने वेदी बनाए ।
Kad su stigli do jordanskog područja u zemlji kanaanskoj, podigoše sinovi Rubenovi, sinovi Gadovi i polovina plemena Manašeova žrtvenik na Jordanu, žrtvenik velik, izdaleka se vidio.
11 इस्राएलका मानिसहरूले यो सुने र भने, “हेर, रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूले इस्राएलका मानिसहरूको अधीनमा पर्ने यर्दन नजिकको प्रदेशको गलिलोथको कनानको भूमिको सामुन्‍ने वेदी निर्माण गरेका छन् ।”
Čuli Izraelci gdje se govori: “Evo, sinovi Rubenovi, sinovi Gadovi i polovina plemena Manašeova podigoše žrtvenik prema zemlji kanaanskoj, kod Jordana, na izraelskoj strani.”
12 जब इस्राएलका मानिसहरूले यो कुरा सुने, इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए ।
Na to se skupi sva zajednica sinova Izraelovih u Šilu da pođu u boj na njih.
13 त्यसपछि इस्राएलका मानिसहरूले गिलादको भूमिमा रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलकहाँ समाचारवाहकहरू पठाए । तिनीहरूले एलाजारका छोरा पुजारी पीनहास,
Izraelci sinovima Rubenovim, sinovima Gadovim i polovini plemena Manašeova u gileadsku zemlju poslaše Pinhasa, sina svećenika Eleazara,
14 र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए ।
i s njime deset knezova, po jednoga rodovskog glavara od svakoga plemena Izraelova, a svaki je od njih bio glavar obitelji među tisućama porodica Izraelovih.
15 तिनीहरू गिलादको मुलुकमा रूबेन, गाद र मनश्शेको आधा कुलकहाँ आए र तिनीहरूले तिनीहरूलाई भने,
I kad oni dođoše k sinovima Rubenovim, sinovima Gadovim i polovini plemena Manašeova u zemlju gileadsku, rekoše im:
16 “परमप्रभुका सारा समुदाय यसो भन्छ, 'परमप्रभुको विरुद्धमा आजको दिन आफ्‍नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्‍वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको?
“Evo što veli sva zajednica Jahvina: 'Što znači nevjera koju činite protiv Jahve, Boga Izraelova? Zašto se odvrgoste danas od Jahve i, podigavši žrtvenik, zašto se bunite protiv Jahve?
17 के पोरको हाम्रो पाप पर्याप्‍त थिएन? तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ । त्यो पापको निम्ति परमप्रभुको समुदायमा विपत्ति आइपर्‍यो ।
Zar vam nije dosta zločina iz Peora, od kojega se nismo očistili do dana današnjega i zbog kojega je došao pomor na zajednicu Jahvinu?
18 के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ ।
Ako se danas odvraćate od Jahve i bunite se danas protiv njega, neće li se sutra izliti njegov gnjev na svu zajednicu Izraelovu?
19 यदि तिमीहरूको अधीनमा भएको भूमि अशुद्ध छ भने, तिमीहरू परमप्रभुको पवित्र वासस्थान खडा भएको भूमिमा नै तरेर आउनुपर्छ र हाम्रो माझमा नै भाग लिन आउनुपर्छ । परमप्रभुको विरुद्ध विद्रोह मात्र नगर, न त परमप्रभुको वेदीबाहेक अन्य वेदी निर्माण गरेर हाम्रो विरुद्धमा विद्रोह गर ।
Ili vam je možda zemlja vaše baštine nečista? Onda prijeđite u zemlju baštine Jahvine, u kojoj je Jahvino Prebivalište, i prebivajte među nama. Ali se ne bunite protiv Jahve i ne bunite se protiv nas dižući sebi žrtvenik mimo žrtvenik Jahve, Boga našega.
20 के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन? त्यसको पापको निम्ति आफू मात्रै मरेन' ।”
Nije li se Akan, Zerahov sin, sam ogriješio o 'herem' te se oborila srdžba na svu zajednicu Izraelovu? Zar nije umro zbog krivice svoje?'”
21 त्यसपछि रूबेन, गाद, र मनश्शेका आधा कुलले इस्राएलका कुलका प्रमुखहरूलाई जवाफ दिए,
Tada odgovoriše sinovi Rubenovi, sinovi Gadovi i polovina plemena Manašeova govoreći plemenskim glavarima Izraelovim:
22 “हे सर्वशक्‍तिमान्, परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान्, हे परमप्रभु परमेश्‍वर! उहाँ जान्‍नुहुन्छ, इस्राएलले जानोस्! यदि यो विद्रोह वा विश्‍वास तोड्नलाई परमप्रभुको विरुद्धमा थियो भने,
“Bog, Bog Jahve, Bog nad bogovima, Jahve zna i neka zna Izrael: ako je to bila pobuna ili nevjernost prema Jahvi, neka nam uskrati svoju pomoć danas;
23 परमप्रभुलाई पछ्याउनबाट आफै तर्कन यो वेदी बनाएका हौँ भने आज हामीलाई नछोड्नुहोस् ।
ako smo podigli žrtvenik da se odvrgnemo od Jahve i da prinosimo žrtve paljenice, prinosnice i žrtve pričesnice, neka nam onda sudi Jahve!
24 यदि हामीले यो वेदी होमबलि, अन्‍नबलि वा मेलबलि चढाउनलाई निर्माण गरेका हौँ भने, परमप्रभुले हामीलाई यसको निम्ति मूल्य चुकाउन लगाउनुभएको होस् । होइन! हामीले आउँदो दिनमा तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई यसो भन्‍लान् भन्‍ने डरले हामीले यसो गर्‍यौँ, 'परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार?
Učinismo to od brige i skrbi i rekosmo: 'Jednoga će dana sinovi vaši reći našima: Što vam je zajedničko s Jahvom, Bogom Izraelovim?
25 किनभने परमप्रभुले तिमीहरू र हामीबिच यर्दनलाई सिमान बनाउनुभएको छ । तिमीहरू रूबेन र गादका मानिसहरू, तिमीहरूको परमप्रभुसँग कुनै सरोकार छैन ।'
Zar nije, sinovi Rubenovi i sinovi Gadovi, postavio Jahve između vas i nas među našu - Jordan? Vi nemate dijela s Jahvom.' I tako bi sinovi vaši mogli učiniti da se sinovi naši odvrate te ne štuju Jahvu.
26 त्यसैले तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई परमप्रभुको आराधना गर्न छोड्न लगाउन सक्छन् । त्यसैले हामीले भन्यौ, 'एउटा वेदी बनाऔँ, न त कुनै होमबलि न त कुनै बलिदानको निम्ति,
Zato smo rekli: 'Podignimo žrtvenik, ali ne za žrtve paljenice niti za klanice,
27 तर हामीपछिका हाम्रा पुस्ताहरूका निम्ति हामीहरू र तिमीहरूबिच साक्षी हुनलाई, ताकि हामीले हाम्रा होमबलिहरू र हाम्रा मेलबलिसहित हामीले परमप्रभुको सेवा गर्न सकौँ, ताकि तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई, “परमप्रभुमा तिमीहरूको कुनै हिस्सा छैन” भनी आउँदो समयमा कहिल्यै नभनून् ।'
nego da bude svjedočanstvo između nas i vas, među potomcima našim, da želimo služiti Jahvi paljenicama, klanicama i pričesnicama. Tako da ne mognu jednom vaši sinovi reći našima: Nemate dijela s Jahvom.'
28 त्यसैले हामीले भन्यौँ, 'यदि भविष्यमा हामीलाई वा हाम्रा सन्तानहरूलाई यसो भनिएमा, हामीले भन्‍नेथियौँ, “हेर, यो वेदीको प्रतिरूप, जुन हाम्रा पुर्खाहरूले न त होमबलि, न त बलिदानहरूको निम्ति, तर हामीहरू र तिमीहरू बिच गवाही हुनको निम्ति बनाए ।”
Ako bi kada tako rekli nama i potomcima našim, mogli bismo odgovoriti: 'Pogledajte slog žrtvenika Jahvina što su ga podigli oci naši ne za žrtve paljenice ni klanice, nego za svjedočanstvo između nas i vas.'
29 हामी आज परमप्रभुको पवित्र वासस्थान सामु रहेको हाम्रो परमप्रभु परमेश्‍वरको वेदीभन्दा अर्को वेदी होमबलि वा अन्‍नबलि वा बलिदानको निम्ति निर्माण गरेर उहाँलाई पछ्याउन छोडेर परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कुरा हामीबाट दूर होस्' ।”
Nije nam ni na kraj pameti pomisao da se bunimo protiv Jahve i da se odvraćamo od njega dižući žrtvenik za žrtve paljenice, prinosnice i klanice, mimo žrtvenik Jahve, Boga našega, koji je pred njegovim Prebivalištem!”
30 जब पुजारी पीनहास र मानिसहरूका अगुवाहरू अर्थात् तिनीसँग भएका इस्राएलका कुलहरूका प्रमुखहरूले रूबेन, गाद र मनश्शेका मानिसहरूको कुरा सुने । यो तिनीहरूलाई नजरमा असल लाग्यो ।
Kad svećenik Pinhas, knezovi zbora i glavari izraelskih plemena koji su bili s njim čuše riječi koje im rekoše sinovi Gadovi, sinovi Rubenovi i sinovi Manašeovi, umiriše se.
31 एलाजारका छोरा पुजारी पीनहासले रूबेन, गाद र मनश्शेका मानिसहरूलाई भने, “आज परमप्रभु हाम्रा माझमा हुनुहुन्छ भनी हामीले थाहा पायौँ, किनभने तिमीहरूले यो उहाँको विरुद्धमा विश्‍वासलाई तोडेका छैनौ । अहिले तिमीहरूले इस्राएलका मानिसरूलाई परमप्रभुको हातबाट छुटकारा दिएका छौ ।”
Tada svećenik Pinhas, sin Eleazarov, odgovori sinovima Rubenovim, sinovima Gadovim i sinovima Manašeovim: “Spoznali smo sada da je Jahve među nama, jer mu se niste iznevjerili: tako ste sačuvali sinove Izraelove od kazne Jahvine.”
32 त्यसपछि एलाजारका छोरा पीनहास र अगुवाहरू रूबेनीहरू, गादीहरूको गिलादको मुलुकबाट कनानको भू-भागमा इस्राएलका मानिसहरूकहाँ फर्के र तिनीहरूलाई यो समाचार ल्याए । तिनीहरूको प्रतिवेदन इस्राएलका मानिसहरूको नजरमा असल थियो ।
Svećenik Pinhas, sin Eleazarov, i knezovi odoše od sinova Rubenovih i sinova Gadovih i vratiše se iz zemlje gileadske u kanaansku k sinovima Izraelovim i kazaše im odgovor.
33 इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे र रूबेनी र गादीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँबाट नष्‍ट पार्नलाई तिनीहरूको विरुद्धमा युद्ध गर्नेबारे कुनै कुरा गरेनन् ।
Izraelovim sinovima bijaše drag taj odgovor: hvalili su Boga i odustali su od nauma da udare na njih i da opustoše zemlju u kojoj su živjeli sinovi Rubenovi i sinovi Gadovi.
34 रूबेनीहरू र गादीहरूले त्यो वेदीलाई “साक्षी” नाउँ राखे, किनभने तिनीहरूले भने, “यो हामी र परमप्रभु नै परमेश्‍वर हुनुहन्छ भन्‍ने बिच साक्षी छ ।”
Sinovi Rubenovi i sinovi Gadovi nazvali su žrtvenik “Ed” - “Svjedočanstvo”, jer rekoše: “To je svjedočanstvo među nama: Jahve je Bog.”

< यहोशू 22 >