< अय्यूब 8 >

1 तब बिल्दाद शुहीले जवाफ दिए र भने,
時にシユヒ人ビルダデ答へて曰く
2 “तपाईं कहिलेसम्म यी कुरा भन्‍नुहुन्छ? कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन्?
何時まで汝かかる事を言や 何時まで汝の口の言語を大風のごとくにするや
3 के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
神あに審判を曲たまはんや 全能者あに公義を曲たまはんや
4 तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्‍दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्‍नै पापमा मर्न दिनुभयो ।
汝の子等かれに罪を獲たるにや之をその愆の手に付したまへり
5 तर मानौँ, तपाईंले परमेश्‍वरलाई बडो मेहनत गरेर खोज्नुभयो, अनि आफ्नो बिन्ती सर्वशक्तिमान्‌लाई चढाउनुभयो ।
汝もし神に求め 全能者に祈り
6 तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने, उहाँले निश्‍चय पनि तपाईंको पक्ष लिनुहुन्‍छ, र तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्‍छ ।
清くかつ正しうしてあらば必ず今汝を顧み汝の義き家を榮えしめたまはん
7 तपाईंको सुरुआत् सानो भए तापनि, तपाईंको आखिरी अवस्था महान् हुन्‍छ ।
然らば汝の始は微小くあるとも汝の終は甚だ大ならん
8 कृपया पहिलेका पुस्ताहरूलाई सोध्‍नुहोस्, र हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्‍नो ध्यान लगाउनुहोस् ।
請ふ汝過にし代の人に問へ 彼らの父祖の尋究めしところの事を學べ
9 (हामी हिजो मात्र जन्मियौं र हामी केही जन्‍दैनौं, किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो ।)
(我らは昨日より有しのみにて何をも知ず 我らが世にある日は影のごとし)
10 के तिनले तपाईंलाई सिकाउने र भन्‍ने छैनन् र? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन्?
彼等なんぢを敎へ汝を諭し 言をその心より出さざらんや
11 के दलदल नभएको ठाउँमा नर्कट उम्रन्छ? के पानीविना निगालाहरू बढ्छन्?
葦あに泥なくして長んや 萩あに水なくしてそだたんや
12 ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्‍छन् ।
是はその靑くして未だ刈ざる時にも他の一切の草よりは早く槁る
13 परमेश्‍वरलाई बिर्सनेहरू सबैका मार्गहरू पनि त्यस्तै हुन्‍छन् । ईश्‍वरहीनको आशा नष्‍ट हुन्‍छन् ।
神を忘るる者の道は凡て是のごとく 悖る者の望は空しくなる
14 उसको दृढता टुक्राटुक्रा हुनेछन्, र उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ ।
その恃む所は絶れ その倚ところは蜘蛛網のごとし
15 ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।
その家に倚かからんとすれば家立ず 之に堅くとりすがるも保たじ
16 घामको मुनि त्‍यो हरियो हुन्छ, र त्‍यसका पालुवाहरू त्‍यसको सारा बगैँचामा फैलिन्‍छ ।
彼日の前に靑緑を呈はし その枝を園に蔓延らせ
17 त्‍यसका जराहरू ढुङ्गाको थुप्रो वरिपरि बेरिन्छन् । तिनले चट्टानहरूका बिचमा राम्रा ठाउँहरू खोज्छन् ।
その根を石堆に盤みて石の屋を眺むれども
18 तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्‍ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्‍नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
若その處より取のぞかれなばその處これを認めずして我は汝を見たる事なしと言ん
19 हेर्नुहोस्, त्यस्तो व्यक्तिको व्यवहारको 'आनन्द' यही हो । त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन् ।
視よその道の喜樂是のごとし 而してまた他の者地より生いでん
20 हेर्नुहोस्, परमेश्‍वरले निर्दोष मानिसलाई फाल्‍नुहुन्‍न, न त उहाँले दुष्‍ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।
それ神は完全人を棄たまはず また惡き者の手を執りたまはず
21 तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।
遂に哂笑をもて汝の口に充し歡喜を汝の唇に置たまはん
22 तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्‍टको पाल फेरि रहनेछैन ।”
汝を惡む者は羞恥を着せられ 惡き者の住所は無なるべし

< अय्यूब 8 >