< यर्मिया 9 >

1 मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु ।
Oh that my head were waters, and my eyes a spring of tears, that I might weep day and night for the slain of the daughter of my people.
2 उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो, म आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे । तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन्!
Oh that I had in the wilderness a lodging place of wayfaring men; that I might leave my people, and go from them. For they are all adulterers, an assembly of treacherous men."
3 परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।”
"They bend their tongue as a bow. Falsehood and not truth has grown strong in the land; for they proceed from evil to evil, and they do not know me," says Jehovah.
4 तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ ।
"Everyone be on guard against his neighbor, and do not trust any brother; for every brother is a deceiver, and every neighbor will go about with slanders.
5 हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।
Everyone deceives his neighbor, and does not speak the truth. They have taught their tongue to speak lies; they do evil, they do not cease so as to return.
6 तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।
Oppression upon oppression, and deceit upon deceit. They refuse to know me," says Jehovah.
7 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तिनीहरूलाई खार्न र जाँच्न लागेको छु, किनकि मेरा मानिसहरूले जे गरेका छन्, त्यसको लागि म अरू के गर्न सक्छु र?
Therefore thus says Jehovah of hosts, "Look, I will melt them, and try them; for how should I deal with the wickedness of the daughter of my people?
8 तिनीहरूका जिब्रा तिखा काँडहरू हुन् । तिनले विश्‍वास गर्न नसकिने कुराहरू बोल्छन् । आफ्ना मुखले आफ्ना छिमेकीहरूसित शान्तिको घोषणा तिनीहरूले गर्छन्, तर तिनीहरूका हृदयले चाहिं तिनीहरूलाई ढुकेर बस्छन् ।
Their tongue is a deadly arrow; it speaks deceit: one speaks peaceably to his neighbor with his mouth, but in his heart he lies in wait for him.
9 के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त?
Shall I not visit them for these things?" says Jehovah; "shall not my soul be avenged on such a nation as this?"
10 म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।
"For the mountains I will take up weeping and wailing, and for the pastures of the wilderness a lamentation, because they are laid waste so that no one passes through; nor can men hear the voice of the cattle. Both the birds of the sky and the animals have fled, they are gone."
11 त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”
"I will make Jerusalem heaps, a dwelling place of jackals; and I will make the cities of Judah a desolation, without inhabitant."
12 यसलाई बुझ्न कुनचाहिं मानिस साँच्‍चै बुद्धिमानी छ? कसलाई परमप्रभुको मुखले बोल्नुभएको छ, र त्यसले यो घोषणा गर्नेछ? यो देश किन नष्‍ट पारिएको छ र उजाड-स्थानजस्तै विनाश गरिएको छ जसबाट कोही पनि जान सक्दैन?
"Who is the wise man, that may understand this? Who is he to whom the mouth of Jehovah has spoken, that he may declare it? Why is the land perished and burned up like a wilderness, so that none passes through?"
13 परमप्रभु भन्‍नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।
Jehovah says, "Because they have forsaken my law which I set before them, and have not obeyed my voice, neither walked in it,
14 तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले र आफ्‍ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।
but have walked after the stubbornness of their own heart, and after the Baals, which their fathers taught them;
15 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हर, मैले यो जातिलाई ऐरेलु खुवाउन र विषालु पानी पियाउन लागेको छु ।
therefore thus says Jehovah of hosts, the God of Israel, 'Look, I will feed them, even this people, with wormwood, and give them water of gall to drink.
16 त्यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पार्ने छु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।”
I will scatter them also among the nations, whom neither they nor their fathers have known; and I will send the sword after them, until I have consumed them.'"
17 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यस विषयमा विचार गरः मृत्‍यु संस्‍कारका गीत गाउनेहरूलाई बोलाओ । तिनीहरू आऊन् । विलाप गर्न सिपालु स्‍त्रीहरूलाई बोलाउन पठाओ । तिनीहरू आऊन् ।
Thus says Jehovah of hosts, "Consider, and call for the mourning women, that they may come; and send for the skillful women, that they may come:"
18 तिनीहरू हतार गरून्, र हाम्रा लागि शोकको गीत गाऊन्, ताकि हाम्रा आँखाबाट आँसु बगून् र हाम्रा परेलाबाट पानी बगून् ।
"and let them make haste, and take up a wailing for us, that our eyes may run down with tears, and our eyelids gush out with waters.
19 किनकि सियोनमा विलापको सोर सुनिएको छ, 'हामी कसरी तहस-नहत भएका छौं । हामी ज्यादै लज्‍जित भएका छौं । तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्‍यागेका छौं ।'
For a voice of wailing is heard out of Zion, 'How are we ruined. We are greatly confounded, because we have forsaken the land, because they have cast down our dwellings.'"
20 त्यसैले हे स्‍त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्‍कारको गीत सिकाओ ।
"Yet hear the word of Jehovah, you women, and let your ear receive the word of his mouth; and teach your daughters wailing, and everyone her neighbor lamentation.
21 किनकि मृत्यु हाम्रा झ्यालबाट आएको छ । यो हाम्रा राजमहलहरूमा जान्छ । यसले बाहिरका बालबालिका र सहरका चोकहरूका युवाहरूलाई नष्‍ट पार्छ ।
'For death has come up into our windows, it is entered into our palaces; to cut off the children from outside, and the young men from the streets.'
22 यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”
Speak, 'Thus says Jehovah, "The dead bodies of men shall fall as dung on the open field, and as the handful after the harvester; and none shall gather them."'"
23 परमप्रभु यसो भन्‍नुहुन्छ, “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा वा योद्धाले आफ्नो शक्तिमा घमण्ड गर्न नदेओ । धनी मानिसले आफ्ना धनमा घमण्ड गर्न नदेओ ।
Thus says Jehovah, "Do not let the wise man glory in his wisdom, neither let the mighty man glory in his might, do not let the rich man glory in his riches;
24 किनकि कुनै मानिसले कुनै कुरामा घमण्ड गर्छ भने, त्यसले यस कुरामा गरोस् कि उसित अन्तर्दृष्‍टि छ र मलाई चिन्‍छ । किनकि म परमप्रभु हुँ जसले पृथ्वीमा करारको बफादारी, न्याय र धार्मिकतामा काम गर्छु । किनकि यिनै कुरामा म प्रसन्‍न हुन्छु, यो परमप्रभुको घोषणा हो ।”
but let him who boasts boast in this, that he has understanding, and knows me, that I am Jehovah who exercises loving kindness, justice, and righteousness, in the earth: for in these things I delight," says Jehovah.
25 यो परमप्रभुको घोषणा हो, हेर, दिनहरू आउँदैछन्, जति बेला म शरीरमा मात्र खतना भएकाहरू सबैलाई दण्ड दिनेछु ।
"Look, the days come," says Jehovah, "that I will punish all those who are circumcised in uncircumcision:
26 म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआब र शिरमा आफ्नो कपाल छोटो गरी काट्ने सबै मानिसलाई दण्ड दिनेछु । किनकि यी सबै जाति बेखतनाका हुन्, र इस्राएलका सबै घरानासित बेखतनको हृदय छ ।”
Egypt, and Judah, and Edom, and the people of Ammon, and Moab, and all that have the corners of their hair cut off, who dwell in the wilderness; for all the nations are uncircumcised, and all the house of Israel are uncircumcised in heart."

< यर्मिया 9 >