< यर्मिया 37 >

1 यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा योशियाहका छोरा सिदकियाहले राजा भएर राज्‍य गरे । बेबिलोनका राजा नबूकदनेसरले सिदकियाहलाई यहूदा देशका राजा बनाएका थिए ।
Potem królował król Sedekiasz, syn Jozjasza, w miejsce Choniasza, syna Joakima, którego Nabuchodonozor, król Babilonu, ustanowił królem w ziemi Judy.
2 तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।
Lecz ani on, ani jego słudzy, ani lud tej ziemi nie słuchali słów PANA, które wypowiedział przez proroka Jeremiasza.
3 त्यसैले राजा सिदकियाह, शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए । तिनीहरूले यसो भने, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गर ।”
Król Sedekiasz jednak posłał Jehuchala, syna Szelemiasza, i Sofoniasza, syna Maasejasza, kapłana, do proroka Jeremiasza, aby powiedzieli: Módl się za nas do PANA, naszego Boga.
4 यस बेला यर्मिया मानिसहरूकहाँ आउने र जाने गर्थे, किनकि तिनलाई अझै पनि थुनामा राखिएको थिएन ।
Jeremiasz zaś chodził swobodnie wśród ludu, gdyż jeszcze nie wtrącono go do więzienia.
5 फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे ।
Tymczasem wojsko faraona wyruszyło z Egiptu. A gdy usłyszeli tę wieść Chaldejczycy oblegający Jerozolimę, odstąpili od Jerozolimy.
6 तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो,
I słowo PANA doszło do proroka Jeremiasza mówiące:
7 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।
To mówi PAN, Bóg Izraela: Tak powiedzcie królowi Judy, który posłał was do mnie, abyście się mnie radzili: Oto wojsko faraona, które wyruszyło wam na pomoc, wróci do swojej ziemi, do Egiptu.
8 कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।'
I Chaldejczycy powrócą, i będą walczyli przeciwko temu miastu, zdobędą je i spalą ogniem.
9 परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् ।
Tak mówi PAN: Nie zwódźcie samych siebie, mówiąc: Z pewnością Chaldejczycy odstąpią od nas. Bo nie odstąpią.
10 तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।”
Choćbyście nawet pobili całe wojsko Chaldejczyków, którzy walczą z wami, i zostaliby z nich tylko ranni, to [ci] powstaliby ze swoich namiotów i ogniem spaliliby to miasto.
11 त्‍यसैले फारोको सेना आउँदै गर्दा कल्दीको सेनाले यरूशलेम छाड्यो,
A gdy wojsko Chaldejczyków odstąpiło od Jerozolimy przed wojskiem faraona;
12 तब यर्मिया यरूशलेमबाट प्रस्थान गरेर बेन्यामीनको इलाकामा गए । त्यहाँ तिनले आफ्ना मानिसहरूका बिचमा आफ्नो जग्गाको अंश लिन चाहन्थे ।
Jeremiasz wychodził z Jerozolimy, aby udać się do ziemi Beniamina, by tym sposobem ujść stamtąd pośród ludu.
13 जसै तिनी बेन्यामीनको मूल ढोकामा पुगे, त्यहाँ मुख्य पहरेदार थिए । तिनको नाउँ यिरियाह थियो, जो हनन्याहका नाति, शेलेम्याहका छोरा थिए । तिनले यर्मिया अगमवक्तालाई समाते र भने, “तिमी कल्दीहरूकहाँ भागेर जाँदैछौ ।”
A gdy był [już] w Bramie Beniamina, znajdował się tam dowódca straży, imieniem Jirijasz, syn Szelemiasza, syna Chananiasza; ten pojmał proroka Jeremiasza, mówiąc: Przechodzisz do Chaldejczyków!
14 तर यर्मियाले भने, “त्यो साँचो होइन । म कल्दीहरूकहाँ भागेर जानेछैन ।” तर यिरियाहले तिनको कुरा सुनेनन् । तिनले यर्मियालाई समाते र अधिकारीहरूकहाँ लगे ।
Jeremiasz odpowiedział: Nieprawda, nie przechodzę do Chaldejczyków. Ale [tamten] nie chciał go słuchać. Jirijasz pojmał Jeremiasza i przyprowadził go do książąt.
15 अधिकारीहरू यर्मियासित रिसाए । तिनीहरूले तिनलाई कुटे र थुनामा हाले जुन सचिव जोनाथनको घर थियो, किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए ।
Książęta rozgniewali się na Jeremiasza, bili go i wsadzili do więzienia w domu Jonatana, pisarza, bo ten zamieniono na więzienie.
16 यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो, जहाँ तिनी धेरै दिनसम्म रहे ।
A gdy Jeremiasz wszedł do tego lochu i do celi, i siedział tam Jeremiasz przez wiele dni;
17 तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”
Wtedy król Sedekiasz posłał, aby go przyprowadzono. I król wypytywał go potajemnie w swoim domu: Czy jest [jakieś] słowo od PANA? Jeremiasz odpowiedział: Jest. I dodał: Będziesz wydany w ręce króla Babilonu.
18 तब यर्मियाले सिदकियाह राजालाई भने, “तपाईं, तपाईंका सेवकहरू र यी मानिसहरूको विरुद्धमा मैले कसरी पाप गरें जसको कारण तपाईंले मलाई झ्यालखानामा हाल्‍नुभयो?
Nadto Jeremiasz powiedział do króla Sedekiasza: Czym zgrzeszyłem [przeciwko] tobie, twoim sługom lub twemu ludowi, że wsadziliście mnie do tego więzienia?
19 तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?
Gdzie są wasi prorocy, którzy wam prorokowali, mówiąc: Król Babilonu nie nadciągnie przeciwko wam ani przeciwko tej ziemi.
20 तर हे मेरा मालिक राजा, अब सुन्‍नुहोस् । मेरा बिन्ती हजुरको सामु राख्‍न दिनुहोस् । मलाई सचिव जोनाथनको घरमा नफर्काउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु ।”
Teraz więc słuchaj, proszę, królu, mój panie. Niech moja prośba dotrze do ciebie: Nie odsyłaj mnie do domu Jonatana, pisarza, abym tam nie umarł.
21 त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए । तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने । सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो । यसरी यर्मिया गारदको चोकमा रहे ।
Król Sedekiasz rozkazał więc oddać Jeremiasza pod straż na dziedzińcu więzienia i aby dawano mu bochenek chleba dziennie z ulicy Piekarzy, póki nie został wyczerpany cały chleb w mieście. A Jeremiasz pozostał na dziedzińcu więzienia.

< यर्मिया 37 >