< यर्मिया 30 >

1 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
Słowo, które doszło do Jeremiasza od PANA, mówiące:
2 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।
Tak mówi PAN, Bóg Izraela: Napisz sobie w księdze wszystkie słowa, które powiedziałem do ciebie.
3 किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”
Oto bowiem nadchodzą dni, mówi PAN, gdy odwrócę niewolę swego ludu Izraela i Judy, mówi PAN, i sprowadzę ich do ziemi, którą dałem ich ojcom, i posiądą ją.
4 इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,
A to są słowa, które PAN mówił o Izraelu i o Judzie:
5 “किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौं र शान्तिको होइन ।
Tak mówi PAN: Słyszeliśmy głos strachu i lęku, a nie pokoju.
6 पुरुषले बच्‍चा जन्माउन सक्छ कि सक्दैन भनी सोध र हेर । किन हरेक जवान मानिस प्रसव-वेदनामा परेकी स्‍त्रीझैं आफ्नो हातले पेट समातेको म देख्छु त? किन तिनीहरू सबैका अनुहार पहेंला भएका छन् त?
Pytajcie teraz i zobaczcie: Czy mężczyzna może rodzić? Czemu więc widzę, że każdy mężczyzna trzyma ręce na biodrach – jak u rodzącej – i że ich twarze stały się blade?
7 हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्‍टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।
Biada! Bo wielki jest ten dzień, że nie będzie mu równego. To jest czas utrapienia Jakuba, ale będzie z niego wybawiony.
8 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्‍नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन् ।
W tym dniu bowiem, mówi PAN zastępów, złamię jego jarzmo znad twojej szyi i rozerwę twoje więzy, i cudzoziemcy już nie będą go ujarzmiać;
9 तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।
Ale będą służyć PANU, swemu Bogu, i Dawidowi, swemu królowi, którego im wzbudzę.
10 यो परमप्रभुको घोषणा हो, त्‍यसैले तँ, मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो । किनकि हेर्, मैले तँलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु । याकूब फर्कनेछ, र शान्तिमा रहनेछ । ऊ सुरक्षित हुनेछ, र त्यहाँ फेरि त्रास हुनेछैन ।
Dlatego nie bój się, mój sługo, Jakubie, mówi PAN, nie lękaj się, Izraelu! Oto bowiem wybawię cię z daleka, twoje potomstwo z ziemi jego niewoli. Powróci Jakub, aby zaznać odpoczynku i spokoju i nikt nie będzie [go] straszył.
11 किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्‍चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ ।'
Ja bowiem jestem z tobą, mówi PAN, aby cię wybawić. A chociaż położę kres wszystkim narodom, wśród których cię rozproszyłem, tobie jednak nie położę kresu, ale ukarzę cię sprawiedliwie, nie zostawię cię całkiem bez kary.
12 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन । तेरो चोट सङ्क्रमित भएको छ ।
Tak mówi PAN: Twoje zranienie jest nieuleczalne, bardzo bolesna twoja rana.
13 तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन । तेरो चोटलाई निको पार्नलाई तेरो निम्‍ति कुनै उपचार छैन ।
Nie ma nikogo, kto by bronił twojej sprawy, abyś była uleczona. Nie masz lekarstwa na gojenie [ran].
14 तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।
Wszyscy twoi kochankowie zapomnieli o tobie, nie szukają cię, gdyż zraniłem cię ciosem wroga i okrutnym karaniem z powodu mnóstwa twoich nieprawości i twoich niezliczonych grzechów.
15 तेरो घाउको लागि किन मदतको माग्‍दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।
Czemu wołasz z powodu swej rany i ciężkiej boleści? Za ogrom twoich nieprawości i twoje niezliczone grzechy uczyniłem ci to.
16 त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु ।
Wszyscy jednak, co cię pożerają, zostaną pożarci; wszyscy, którzy cię uciskają, pójdą w niewolę; ci, którzy cię ograbiają, zostaną ograbieni; a wszystkich, którzy cię łupią, wydam na łup.
17 किनकि म तँलाई स्वास्थ्य बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन ।”
Przywrócę ci bowiem zdrowie i uleczę cię z twoich ran, mówi PAN, gdyż nazwali cię Odrzuconą, [mówiąc]: To jest Syjon, o który nikt się nie troszczy.
18 परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।
Tak mówi PAN: Oto odwrócę niewolę namiotów Jakuba i zlituję się nad jego mieszkaniem, i miasto [zostanie] odbudowane na swoim wzgórzu, a pałac wystawiony według swego porządku.
19 तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन्, र आनन्दको सोर निकाल्नेछन्, किनकि म तिनीहरूलाई बढाउनेछु, र घटाउने होइन । तिनीहरू अपमानित नहोऊन् भनेर म तिनीहरूको आदर गर्नेछु ।
I rozlegnie się stamtąd dziękczynienie i głos weselących się. Rozmnożę ich i nie będzie ich ubywało, uwielbię ich i nie będą poniżeni.
20 त्‍यति बेला तिनीहरूका मानिसहरू पहिलेजस्तै हुनेछन्, र तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ, जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई मैले दण्ड दिन्‍छु ।
Jego synowie będą tak jak dawniej i jego zgromadzenie będzie utwierdzone przede mną, ale ukarzę wszystkich, którzy ich trapią.
21 तिनीहरूका बीचबाटै तिनीहरूका अगुवा आउनेछ । मैले उसलाई नजिक ल्याउँदा र त्यो मतिर आउँदा त्यो तिनीहरूकै बिचबाट ऊ आउनेछ । मैले यसो गरिनँ भने, मेरो नजिक आउने साहस कसले गर्ला र? यो परमप्रभुको घोषणा हो ।
I z niego powstanie jego władca, panujący nad nim spośród niego wyjdzie; każę mu się zbliżyć, a przystąpi do mnie. Kim bowiem jest ten, co odważyłby się w sercu zbliżyć do mnie? – mówi PAN.
22 तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।
I będziecie moim ludem, a ja będę waszym Bogiem.
23 हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ । यो आइरहने आँधी हो । यसले दुष्‍ट मानिसहरूका शिरमा चक्‍कर लगाउनेछ ।
Oto wicher PANA zrywa się w zapalczywości, trwający wicher spadnie nad głowy bezbożnych.
24 आफ्नो मनका उद्धेश्यहरू पुरा नहुञ्जेल परमप्रभुको क्रोध शान्त हुनेछैन । आखिरी दिनमा तिमीहरूले यो कुरा बुझ्नेछौ ।”
Zapalczywość gniewu PANA nie odwróci się, aż on to uczyni i wykona zamysły swego serca. W dniach ostatecznych to zrozumiecie.

< यर्मिया 30 >