< यर्मिया 16 >

1 तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
I doszło do mnie słowo PANA mówiące:
2 “यो ठाउँमा आफ्नो लागि पत्‍नी नले, र आफ्नो लागि छोराछोरी नजन्मा ।
Nie pojmiesz sobie żony ani nie będziesz miał synów i córek na tym miejscu.
3 किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,
Tak bowiem mówi PAN o synach i córkach urodzonych na tym miejscu, o ich matkach, które ich urodzą, i o ich ojcach, którzy ich spłodzą w tej ziemi:
4 'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'
Pomrą od ciężkich śmiertelnych [chorób]; nie będą opłakiwani ani pogrzebani, [lecz] staną się nawozem na powierzchni ziemi. Wyginą od miecza i głodu, a ich trupy będą pokarmem dla ptactwa nieba i zwierząt ziemi.
5 किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्‍ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्‍नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।
Tak bowiem mówi PAN: Nie wchodź do domu żałoby i nie chodź opłakiwać ani żałować ich, bo odjąłem mój pokój od tego ludu, miłosierdzie i litość, mówi PAN.
6 यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।
Pomrą wielcy i mali w tej ziemi. Nie będą pogrzebani ani opłakiwani, nikt nie będzie dla nich się nacinał ani robił sobie łysiny;
7 मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।
Nikt nie będzie łamać [chleba] z tymi, którzy są w żałobie, aby ich pocieszyć po zmarłym, ani nie dadzą im pić z kubka pocieszenia za ich ojca lub matkę.
8 तँ खान र पिउनलाई तिनीहरूसँगै बस्‍न भोजको घरमा तैंले जानुहुँदैन ।'
Nie wchodź do domu uczty, by zasiąść z nimi do jedzenia i picia.
9 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, तेरै आँखाको सामु, तेरै समयमा यसै ठाउँमा मैले आनन्दको सोर, खुसीको सोर, दुलहीको सोर र दुलहाको सोरको अन्त्य गर्नै लागेकोछु ।'
Tak bowiem mówi PAN zastępów, Bóg Izraela: Oto sprawię, że na waszych oczach i za waszych dni ustanie na tym miejscu głos wesela i głos radości, głos oblubieńca i głos oblubienicy.
10 तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'
A gdy ogłosisz temu ludowi wszystkie te słowa, a zapytają cię: Czemu PAN zapowiedział przeciwko nam całe to wielkie nieszczęście? I jaka jest nasza nieprawość, i jaki nasz grzech, który popełniliśmy przeciwko PANU, naszemu Bogu?
11 त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।
Wtedy powiesz im: Dlatego, że wasi ojcowie opuścili mnie, mówi PAN, i poszli za innymi bogami, służyli im i oddawali im pokłon, mnie zaś opuścili i nie przestrzegali mojego prawa.
12 तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्‍ट काम गरेका छौ, किनकि हेर, प्रत्‍येक व्यक्ति आफ्‍नो दुष्‍ट हृदयको कठोरताद्वारा हिंडेको छ । मेरो कुरा सुन्‍ने कोही छैन ।
A wy czyniliście jeszcze gorzej niż wasi ojcowie, bo oto każdy [z was] postępuje według uporu swego złego serca, nie słuchając mnie;
13 त्यसैले यस देशबाट तिमीहरूले नचिनेको, न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फाल्‍नेछु, र त्यहाँ तिमीहरूले दिनरात अरू देवताहरूको पुजा गर्नेछौ, किनकि म तिमीहरूलाई कुनै कृपा गर्नेछैनँ ।'
Dlatego wyrzucę was z tej ziemi do ziemi, której nie znaliście, [ani] wy, ani wasi ojcowie, i tam będziecie służyć innym bogom dniem i nocą, gdzie nie okażę wam miłosierdzia.
14 त्यसकारण, हेर, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिन आउँदैछन्, जुन बेला फेरि यसो भनिनेछैन, 'मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'
Dlatego oto nadchodzą dni, mówi PAN, że już nie będą mówić: Jak żyje PAN, który wyprowadził synów Izraela z ziemi Egiptu;
15 तर यसो भनिनेछ, 'इस्राएलका मानिसहरूलाई उत्तरको देश र उहाँले तिनीहरूलाई तितर-बितर पार्नुभएका देशहरूबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु ।
Ale: Jak żyje PAN, który wyprowadził synów Izraela z ziemi północnej i ze wszystkich ziem, do których ich wygnał. I sprowadzę ich znowu do ich ziemi, którą dałem ich ojcom.
16 हेर, म धेरै मछुवालाई पठाउनेछु, र यसरी तिनीहरूले मानिसहरूलाई पक्रनेछन्, यो परमप्रभुको घोषणा हो । यसपछि म धेरै सिकारीलाई पठाउनेछु, र तिनीहरूले पहाडहरू र पर्वतहरूका बिचमा अनि चट्टानका धाँदोमा तिनीहरूको सिकार गर्नेछन् ।
Oto poślę po wielu rybaków, mówi PAN, i ci ich wyłowią; potem poślę po wielu myśliwych, i ci ich upolują na każdej górze i na każdym pagórku, i w rozpadlinach skalnych.
17 किनकि मेरो दृष्‍टि तिनीहरूका सबै मार्गमा परेको छ । ति मेरो सामुबाट लुक्‍न सक्दैनन् । तिनीहरूका अधर्म मेरा आँखाको सामुबाट लुकाउन सकिंदैन ।
Moje oczy bowiem patrzą na wszystkie ich drogi. Nie są ukryte przed moim obliczem ani ich nieprawość nie jest zakryta przed moimi oczami.
18 तिनीहरूका अपराध र पापको निम्‍ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु, किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन्, र मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् ।”
Najpierw odpłacę im podwójnie za ich nieprawości i za ich grzechy, za to, że zbezcześcili moją ziemię trupami swoich obrzydliwości i napełnili moje dziedzictwo swoimi ohydami.
19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, “निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।
PANIE, moja mocy i siło, moja ucieczko w dniu utrapienia! Do ciebie przyjdą poganie od krańców ziemi i powiedzą: Zaprawdę, nasi ojcowie odziedziczyli kłamstwa i marności, w których nie było żadnego pożytku.
20 के मानिसहरूले आफ्नै लागि ईश्‍वरहरू बनाउँछन् र? तर ति त ईश्‍वरहरू नै होइनन् ।”
Czy człowiek może uczynić sobie bogów? Przecież to nie są bogowie.
21 त्यसकारण हेर्, यस पटक म तिनीहरूलाई जान्‍न लगाउनेछु । म तिनीहरूलाई मेरो हात र मेरो शक्ति जान्‍न लगाउनेछु, यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्‍नेछन् ।
Dlatego oto ja sprawię, że poznają tym razem; sprawię, że poznają moją rękę i moc, i dowiedzą się, że moje imię to PAN.

< यर्मिया 16 >