< यर्मिया 15 >

1 तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।
Wtedy PAN powiedział do mnie: Choćby Mojżesz i Samuel stanęli przede mną, nie miałbym serca do tego ludu. Wypędź ich sprzed mego oblicza i niech idą precz.
2 यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'
A jeśli zapytają: Dokąd pójdziemy? Wtedy im powiesz: Tak mówi PAN: Kto [przeznaczony] na śmierć, [pójdzie] na śmierć; kto pod miecz – pod miecz, kto na głód – na głód, a kto na niewolę – w niewolę.
3 म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।
I nawiedzę ich czterema rodzajami [kar], mówi PAN: Mieczem, aby zabijał, psami, aby rozszarpywały, ptactwem nieba i zwierzętami ziemi, aby pożerały i niszczyły.
4 यहूदाका राजा हिजकियाहका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म तिनीहरूलाई पृथ्वीका सबै राज्यका लागि एक डरलाग्दो कुरो तुल्याउनेछु ।
I sprawię, że zostaną wysiedleni do wszystkich królestw ziemi z powodu Manassesa, syna Ezechiasza, króla Judy, za to, co uczynił w Jerozolimie.
5 ए यरूशलेम, तँलाई कसले दया देखाउने छ? तेरो निम्ति कसले शोक गर्नेछ?
Któż bowiem zlituje się nad tobą, Jerozolimo? Któż się użali nad tobą? Któż zboczy z drogi, aby zapytać, jak ci się powodzi?
6 तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।
Ty mnie opuściłaś, mówi PAN, odwróciłaś się [ode mnie]. Dlatego wyciągnę na ciebie moją rękę, aby cię wytracić; zmęczyłem się żałowaniem.
7 त्यसैल म तिनीहरूलाई देशका मूल ढोकाहरूमा नाङ्लोले निफन्‍नेछु । म तिनीहरूलाई शोकमा पार्नेछु । मेरा मानिसहरू आफ्ना मार्गबाट नफर्कने भएकाले म तिनीहरूलाई नष्‍ट पार्नेछु ।
Rozwieję ich wiejadłem w bramach [tej] ziemi, osierocę [i] wygubię mój lud, [bo] nie zawrócili ze swoich dróg.
8 म तिनीहरूका विधवाहरूको सङ्ख्या समुद्रतटको बालुवाभन्दा धेरै बनाउनेछु । युवाहरूका आमाहरूको विरुद्धमा म दिउँसै विनाशक पठाउनेछु । शोक र त्रासलाई तिनीहरूमा अकस्मात् आउने म बनाउनेछु ।
Ich wdów więcej mi się namnożyło niż nadmorskich piasków. Sprowadziłem na nich, na matki młodzieńców, niszczyciela w południe. Sprawię, że nagle napadnie na to miasto, a [jego mieszkańcy] będą przestraszeni.
9 सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”
Mdleje ta, która urodziła siedmioro, wyzionęła ducha; jeszcze za dnia zaszło jej słońce. Zapłonęła i zawstydziła się. A ich resztkę wydam na pastwę miecza przed ich wrogami, mówi PAN.
10 हे मेरी आमा, मलाई धिक्‍कार छ! किनकि तपाईंले मलाई जन्म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्छन् ।
Biada mi, moja matko, że urodziłaś mnie, mężczyznę kłótni i sporu na całej ziemi. Nie pożyczyłem [im] na lichwę ani oni na lichwę mnie nie pożyczali, a jednak każdy mi złorzeczy.
11 परमप्रभुले भन्‍नुभयो, “के म भलाइको लागि तँलाई छुटानेछैनँ र? निश्‍चय नै सङ्कष्‍ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु ।
I PAN powiedział: Zapewniam, że będzie dobrze tym, którzy pozostaną. Sprawię, że wróg zatroszczy się o ciebie w czasie utrapienia i ucisku.
12 के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?
Czy [zwykłe] żelazo pokruszy żelazo z północy i stal?
13 म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।
Twoje bogactwo, Judo, i twoje skarby wydam na łup, bez opłaty, za wszystkie twoje grzechy we wszystkich twoich granicach.
14 त्यसपछि तैंले नचिन्‍ने देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु, किनकि तेरो विरुद्धमा मेरो रिसमा आगो दन्कने छ ।”
I sprawię, że pójdziesz ze swymi wrogami do ziemi, której nie znasz. Rozpalił się bowiem ogień mojego gniewu i będzie płonąć nad wami.
15 हे परमप्रभु, तपाईं जान्‍नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस् ।
Ty [mnie] znasz, PANIE, wspomnij i wejrzyj na mnie, a pomścij mnie wobec moich prześladowców. Nie porywaj mnie w swojej pobłażliwości [wobec nich]. Wiedz, że dla ciebie znoszę hańbę.
16 तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर म तपाईंको नाउँ लिन्‍छु ।
Gdy się znalazły twoje słowa, zjadłem je, a twoje słowo było dla mnie weselem i radością mego serca. Nazywam się bowiem twoim imieniem, PANIE, Boże zastępów!
17 म उत्सव मनाउने वा रमाहट गर्नेहरूका बिचमा बसिनँ । तपाईंको शक्तिशाली हातको कारणले म एकान्तमा बसेँ, किनकि तपाईंले मलाई क्रोधले भर्नुभयो ।
Nie zasiadałem w radzie naśmiewców ani się [z nimi] nie radowałem; [ale] zasiadałem samotnie z powodu twojej surowej ręki, bo napełniłeś mnie gniewem.
18 किन मेरो पिडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ? के तपाईं मेरो लागि झुक्‍किने खोला, सुकेर जाने खोलाजस्तो बन्‍नुहुने छ र?
Czemu mój ból ma trwać wiecznie i moja rana ma być nieuleczalna, i nie chce się goić? Czy masz być dla mnie jak kłamca, [jak] wody zawodne?
19 त्यसकारण परमप्रभुले यसो भन्‍नुभयो, “ए यर्मिया, तैंले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउने छन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन ।
Dlatego tak mówi PAN: Jeśli zawrócisz, wtedy zawrócę cię, abyś stał przede mną. I jeśli odłączysz to, co cenne, od tego, co nikczemne, będziesz jakby moimi ustami. Niech oni zawrócą do ciebie, ale ty nie zawracaj do nich.
20 यी मानिसको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।
A uczynię cię dla tego ludu warownym murem spiżowym. Będą walczyć przeciwko tobie, ale cię nie przemogą, bo ja jestem z tobą, aby cię wybawić i ocalić, mówi PAN.
21 किनकि म तँलाई दुष्‍टहरूको हातबाट बचाउनेछु, र निर्दयीको हातबाट छुटकारा दिनेछु ।”
Wyrwę cię z rąk niegodziwców i odkupię cię z rąk okrutników.

< यर्मिया 15 >