< यशैया 6 >

1 उज्‍जियाह राजाको मृत्यु भएको वर्षमा मैले परमप्रभुलाई सिंहासनमा विराजमान हुनुभएको देखें । उहाँ उच्‍च र उचालिएको हुनुहुन्थ्यो, अनि उहाँको पोशाकको छेउले मन्दिर नै ढाकेको थियो ।
W roku, w którym umarł król Uzjasz, widziałem Pana siedzącego na wysokim i wyniosłym tronie, a tren jego szaty wypełnił świątynię.
2 उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्‍येकका छ-छवटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्‍येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्‍ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे ।
Serafiny stały ponad nim, a każdy z nich miał po sześć skrzydeł: dwoma zakrywał swoją twarz, dwoma przykrywał swoje nogi, a dwoma latał.
3 प्रत्‍येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”
I wołał jeden do drugiego: Święty, święty, święty, PAN zastępów. Cała ziemia jest pełna jego chwały.
4 ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्‍दिर धूँवाले भरिएको थियो ।
I filary drzwi poruszyły się od głosu wołającego, a dom napełnił się dymem.
5 तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”
I powiedziałem: Biada mi! Już zginąłem; jestem bowiem człowiekiem o nieczystych wargach i mieszkam wśród ludu o nieczystych wargach, a moje oczy widziały Króla, PANA zastępów.
6 तब सराफहरूमध्ये एउटा उडेर मकहाँ आए । उनको हातमा बलिरहेको भुङ्‍ग्रो थियो, जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए ।
Wówczas przyleciał do mnie jeden z serafinów, mając w ręku rozżarzony węgiel, który wziął kleszczami z ołtarza;
7 त्यसले उनले मेरो ओठ छोए र भने, “हेर, यसले तिम्रो ओठ छोएको छ । तिम्रा दोषहरू हटाइएका छन् र तिम्रा पापको प्रायश्‍चि गरिएको छ ।”
I dotknął [nim] moich ust, i powiedział: Oto ten [węgiel] dotknął twoich warg; twoja nieprawość jest usunięta, a twój grzech zgładzony.
8 मैले परमप्रभुको यसो भन्‍ने आवाज सुनें, “म कसलाई पठाऊँ । हाम्रा निम्ति को जान्छ?” तब मैले भनें, “म यहाँ छु । मलाई पठाउनुहोस् ।”
Potem usłyszałem głos Pana mówiącego: Kogo poślę i kto nam pójdzie? Wtedy odpowiedziałem: Oto jestem, poślij mnie.
9 उहाँले भन्‍नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्‍छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।'
A on powiedział: Idź i powiedz temu ludowi: Słuchajcie uważnie, ale nie rozumiejcie, patrzcie uważnie, ale nie poznawajcie.
10 यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्‍धो बनाऊ । अन्‍यथा तिनीहरूका आफ्नो आँखाले देख्‍लान्, तिनीहरूका कानले सुन्‍लान् र तिनीहरूका हृदयले बुझ्‍लान् र तब फर्केर निको होलान् ।”
Zatwardź serce tego ludu, uczyń jego uszy ciężkimi [do słuchania] i zaślep jego oczy, aby nie widział swoimi oczami, nie słyszał swoimi uszami i nie zrozumiał swoim sercem, aby nie nawrócił się i nie był uzdrowiony.
11 तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “बासिन्दाविनाका भग्‍नावशेष सहरहरू ध्‍वस्‍त नहुन्‍जेल र मानिसविनाका घरहरू नहुन्‍जेल, र देश उजाड नहुन्‍जेल,
Wtedy zapytałem: Jak długo, Panie? A on odpowiedział: Aż miasta zostaną spustoszone i bez mieszkańca, domy bez ludzi, a ziemia zostanie doszczętnie spustoszona;
12 अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउन्‍जेल र देश ठुलो निर्जन नहुन्‍जेलसम्‍म ।
Aż PAN zapędzi ludzi daleko i będzie wielkie spustoszenie pośród ziemi.
13 यसमा मानिसहरूको दस भागमा एक भाग रहे तापनि, फेरि पनि त्‍यो नष्‍ट पारिनेछ । तारपीन र फँलाट काटिन्छ र त्‍यसको ठुटो बाँकी रहेझैं, त्‍यसको पवित्र बीउ त्‍यसको ठुटोमा हुन्छ ।”
Lecz zostanie w niej dziesiąta część, która powróci i ulegnie zniszczeniu. A jak po ścięciu terebintu lub dębu zostaje pień, [tak] samo będzie ze świętym potomstwem.

< यशैया 6 >