< यशैया 54 >

1 “ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ ।
Śpiewaj, niepłodna, która nie rodziłaś, śpiewaj głośno i krzycz, która nie zaznałaś bólów rodzenia. Więcej bowiem jest synów opuszczonej niż synów zamężnej, mówi PAN.
2 “उदार भएर, आफ्‍नो पाललाई अझ ठुलो बना र आफ्‍नो पालका पर्दाहरू तन्‍का । आफ्‍ना डोरीहरू लामो बना र आफ्‍ना किलाहरू बलियो पार् ।
Rozszerz miejsce swego namiotu, a niech rozciągają zasłony twoich mieszkań; nie oszczędzaj, wydłuż swoje powrozy i wzmocnij swoje kołki.
3 किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।
Rozprzestrzenisz się bowiem na prawo i lewo, a twoje potomstwo odziedziczy narody i zaludni spustoszone miasta.
4 नडरा, किनकि तँ लज्‍जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्‍नो जवानीको लाजलाई र आफ्‍नो त्‍यागिएको अवस्‍थाको अपमानलाई तैंले बिर्सनेछस् ।
Nie bój się, bo nie zostaniesz zawstydzona, nie rumień się, bo nie doznasz hańby, gdyż zapomnisz o wstydzie swojej młodości i o niesławie swego wdowieństwa już więcej nie wspomnisz.
5 किनभने तँलाई बनाउनुहुने तेरो स्‍वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्‍वर भनिन्छ ।
Bo twoim małżonkiem jest twój Stwórca, PAN zastępów – to jego imię, a twoim Odkupicielem jest Święty Izraela – będzie nazywany Bogiem całej ziemi.
6 किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ ।
PAN bowiem powołał cię jak żonę opuszczoną i przygnębioną na duchu, jak młodą żonę, gdy była porzucona, mówi twój Bóg.
7 “छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।
Na krótką chwilę cię opuściłem, ale w wielkim miłosierdziu przygarniam cię.
8 रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ ।
W niewielkim gniewie ukryłem na chwilę swoją twarz przed tobą, ale zlituję się nad tobą w wiecznym miłosierdziu, mówi PAN, twój Odkupiciel.
9 किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु ।
Jest to bowiem dla mnie tak, jak [było] przy potopie Noego: jak przysięgałem, że wody Noego już więcej nie będą rozlewać się po ziemi, tak [też] przysięgałem, że nie rozgniewam się na ciebie ani nie będę cię gromić.
10 पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।
A choćby i góry się poruszyły i pagórki się zachwiały, moje miłosierdzie nie odstąpi od ciebie, a przymierze mojego pokoju nie zachwieje się, mówi PAN, który lituje się nad tobą.
11 ए कष्‍टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्‍थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्‍नेछु ।
O utrapiona, smagana wichrem, niepocieszona! Oto położę twoje kamienie na błyszczących kamieniach, a twoje fundamenty na szafirach.
12 म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।
I uczynię twoje okna z kryształu, twoje bramy z kamienia rubinowego i wszystkie twoje [mury] graniczne z drogich kamieni.
13 अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीलाई सिकाइनेछ । अनि तेरा छोराछोरीका शान्ति महान् हुनेछ ।
A wszystkie twoje dzieci będą wyuczone przez PANA, wielki będzie pokój twoich dzieci.
14 धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।
W sprawiedliwości będziesz utwierdzona, będziesz daleka od ucisku, bo nie będziesz się go bać; i od trwogi, bo nie zbliży się do ciebie.
15 हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।
Oto zbiorą się razem, ale nie przeze mnie. Ktokolwiek zbierze się przeciwko tobie, upadnie ze względu na ciebie.
16 हेर्, मैले कारीगरलाई सृष्‍टि गरेको छु, जसले भुङ्‍ग्रो फुक्‍छ र आफ्‍नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्‍ट गर्नलाई मैले नष्‍ट गर्नेको सृष्‍टि गरेको छु ।
Oto stworzyłem kowala, który dmie na węgiel w ogniu i wyciąga narzędzia do obróbki. Ja stworzyłem też burzyciela, aby niszczył.
17 तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”
Żadna broń przeciw tobie sporządzona nie będzie skuteczna, a każdy język, który w sądzie występuje przeciw tobie, potępisz. To jest dziedzictwo sług PANA, a ich sprawiedliwość [pochodzi] ode mnie, mówi PAN.

< यशैया 54 >

A Dove is Sent Forth from the Ark
A Dove is Sent Forth from the Ark