< यशैया 49 >

1 ए समुद्र किनारमा बस्‍नेहरू हो, मेरो कुरा सुन! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।
Słuchajcie mnie, wyspy, a narody dalekie, uważajcie! PAN wezwał mnie od łona, od łona mojej matki wspominał moje imię.
2 उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो ठोक्रोमा लुकाउनुभएको छ ।
I uczynił moje usta jak ostry miecz, w cieniu swej ręki ukrył mnie i uczynił mnie wyostrzoną strzałą; w swoim kołczanie schował mnie;
3 उहाँले मलाई भन्‍नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्‍नो महिमा देखाउँछु ।”
I powiedział mi: Jesteś moim sługą, Izraelu, w tobie się rozsławię.
4 तर मैले जवाफ दिएँ, “मैले व्यार्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें, तापनि मेरो न्याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्‍वरसँग छ ।”
A ja powiedziałem: Na darmo się trudziłem, na próżno i daremnie zużyłem swoją siłę. A jednak mój sąd jest u PANA i moje dzieło – u mojego Boga.
5 अब परमप्रभु बोल्‍नुभएको छ—उहाँ नै हुनुहुन्‍छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्‍मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्‍टिमा मेरो इज्‍जत भएको छ र मेरो परमेश्‍वर नै मेरो बल हुनुभएको छ—
A teraz mówi PAN, który stworzył mnie na swego sługę już od łona, abym przyprowadził do niego Jakuba, a choćby Izrael nie był zebrany, będę jednak wysławiony w oczach PANA, a mój Bóg będzie moją siłą.
6 अनि उहाँ भन्‍नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस् ।”
I powiedział: To za mało, że jesteś moim sługą, aby podźwignąć pokolenia Jakuba i przywrócić ocalonych z Izraela. Dlatego ustanowię cię światłością dla pogan, abyś był moim zbawieniem aż do krańców ziemi.
7 जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”
Tak mówi PAN, Odkupiciel Izraela, jego Święty, do tego, którym każdy gardzi i którym brzydzą się narody, do sługi władców: Królowie zobaczą cię i powstaną, książęta oddadzą ci pokłon przez wzgląd na PANA, który jest wierny, przez wzgląd na Świętego Izraela, który cię wybrał.
8 परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।
Tak mówi PAN: W czasie pomyślnym wysłuchałem cię, a w dniu zbawienia przyszedłem ci z pomocą. Będę cię strzegł i ustanowię cię przymierzem dla ludu, abyś utwierdził ziemię i rozdzielił opustoszałe dziedzictwa;
9 तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्‍नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ ।
Abyś mówił więźniom: Wyjdźcie; a tym, którzy są w ciemności: Pokażcie się. Będą się paśli przy drogach i na wszystkich miejscach wysokich będą ich pastwiska.
10 तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्‍नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ ।
Nie zaznają głodu ani pragnienia i nie porazi ich upał ani słońce, bo ten, który lituje się nad nimi, poprowadzi ich, poprowadzi ich do źródeł wód.
11 तब आफ्‍ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।”
Na wszystkich moich górach utoruję drogę, a moje gościńce będą wyżej wzniesione.
12 हेर, यिनीहरू टाढाबाट, कोही उत्तर र पश्‍चिमबाट आउनेछन् । अनि अरूचाहिं आश्‍वासनको देशबाट आउनेछन् ।
Oto ci przyjdą z daleka, drudzy z północy i od strony morza, a jeszcze inni z ziemi Sinim.
13 ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ ।
Śpiewajcie, niebiosa, rozraduj się, ziemio, głośno zabrzmijcie, góry! PAN bowiem pocieszył swój lud i zlitował się nad swoimi ubogimi.
14 तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्‍नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।”
Ale Syjon powiedział: PAN mnie opuścił, PAN o mnie zapomniał.
15 “के स्‍त्रीले आफ्‍नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।
Czy kobieta może zapomnieć o swoim niemowlęciu i nie zlitować się nad płodem swego łona? A choćby też i one zapomniały, ja jednak o tobie nie zapomnę.
16 हेर, मैले तेरो नाउँ आफ्‍नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् ।
Oto na swoich dłoniach wyryłem cię; twoje mury są zawsze przede mną.
17 तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।
Pospieszą się twoi synowie, a ci, którzy cię burzyli i pustoszyli, odejdą od ciebie.
18 वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् ।
Podnieś wokoło swoje oczy i zobacz: oni wszyscy się gromadzą i przychodzą do ciebie. Jak żyję ja, mówi PAN, przyozdobisz się nimi jak klejnotem i przepaszesz się nimi jak oblubienica;
19 तँ उजाड र निर्जन, भग्‍नावशेषको देश भए पनि अब बासिन्दाहरूका निम्ति तँ अति सानो हुनेछस् र तँलाई नाश पार्नेहरू टाढा हुनेछन् ।
Bo twoje ruiny, twoje opustoszałe miejsca i zniszczona ziemia będą zbyt ciasne dla mieszkańców, oddalą się ci, którzy cię pożerali.
20 शोकको अवधिमा जन्‍मेका छोराछोरीले तैंले सुन्‍ने गरी भन्‍नेछन्, 'यो ठाउँ हाम्रा निम्ति साँगुरो हुन्छ, ठाउँ तयार पार, ताकि हामी बस्‍न सकौं ।'
A synowie, których będziesz miała po utraceniu pierwszych, powiedzą ci do uszu: To miejsce jest zbyt ciasne; daj mi miejsce, abym mógł mieszkać.
21 तब तैंले आफैलाई सोध्‍नेछस्, ' मेरो निम्ति यी छोराछोरी कसले जन्माएको हो? म शोकमा र बाँझी, निर्वासित र त्‍यागिएकी थिएँ । यी छोराछोरीलाई कसले हुर्कायो? हेर, मलाई एक्‍लै छोडिएको थियो । यिनीहरू कहाँबाट आए?’”
I powiesz w swoim sercu: Kto mi tych spłodził? Przecież byłam osierocona i samotna, wygnana i tułałam się. Kto więc tych wychował? Oto ja sama pozostałam, gdzie więc oni byli?
22 परमप्रभु परमेश्‍वरले यसो भन्‍नुहुन्छ, “हेर्, जातिहरूतिर म आफ्‍नो हात उठाउनेछु । मानिसहरूतिर म आफ्‍नो संकेतको झन्डा उठाउनेछु । तिनीहरूले तेरा छोराहरूलाई आफ्‍ना हातमा र तेरी छोरीहरूलाई आफ्‍ना काँधमा बोकेर ल्याउनेछन् ।
Tak mówi Pan BÓG: Oto wzniosę rękę ku narodom, podniosę swój sztandar ku ludom. I przyniosą twoich synów na rękach, i twoje córki będą nieść na ramionach.
23 राजहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्‍ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । मेरो आशा गर्नेहरू लज्‍जित हुनेछैनन् ।”
I królowie będą twoimi piastunami, a ich księżne – twoimi mamkami. Z twarzą ku ziemi będą się tobie kłaniać i pył twoich nóg będą lizać. Wtedy poznasz, że ja jestem PANEM i że nie bywają zawstydzeni ci, którzy mnie oczekują.
24 के योद्धाहरूबाट लूटको माल लिन सकिन्छ, वा क्रूरबाट कैदीहरूलाई छुट्टाउन सकिन्छ?
Czy można odebrać mocarzowi zdobycz? Czy słusznie pojmany lud będzie wybawiony?
25 तर परमप्रभु यसो भन्‍नुहुन्छ, “हो, योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ र लूटका मालहरू छुट्टाइनेछ । किनकि तेरो विरोधीलाई म विरोध गर्नेछु र तेरा छोराछोरीलाई बचाउनेछु ।
Ale tak mówi PAN: Pojmany lud zostanie odebrany mocarzowi i zdobycz okrutnika zostanie wybawiona. Ja bowiem sprzeciwię się twemu przeciwnikowi i ocalę twoich synów.
26 तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्‍नै रगले दाखमद्यले झैं मात्‍नेछन् । तब म परमप्रभु, तेरो मुक्‍तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्‍वर हुँ भनी सारा मानवजातिले जान्‍नेछन् ।”
I tych, którzy cię gnębią, nakarmię ich własnym ciałem, a własną krwią się upiją jak moszczem. I wszelkie ciało pozna, że ja jestem PANEM, twoim Zbawicielem i twoim Odkupicielem, Mocarzem Jakuba.

< यशैया 49 >