< यशैया 39 >

1 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए । 2 यी कुराहरूमा हिजकिया प्रशन्‍न भएका थिए । ती दूतहरूलाई आफ्‍ना चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेलका भण्‍डार, आफ्‍ना हतियारहरूका भण्डार र आफ्‍ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । हिजकियाले तिनीहरूलाई नदेखाएका तिनक दरवारमा र राज्यमा कुनै पनि कुरा थिएन । 3 त्यसपछि यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “तिनीहरू बेबिलोनको टाढा देशबाट मकहाँ आएका हुन् ।” 4 यशैयाले सोधे, “तिनीहरूले तपाईंको दरवार के कुरा हेरेका छन्?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो दरवारका हरेक कुरा हेरेका छन् । मेरा बहुमूल्य थोकहरूमस तिनीहरूलाई मैले नदेखाएको कुनै पनि थोक छैन ।” 5 तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्, 6 ‘हेर्, यस्‍ता दिनहरू आउँदैछन् जति बेला तेरा दरवारमा भएका हरेक कुरा, आजको दिनसम्म तेरा पुर्खाहरूले भण्डारण गरेका कुराहरू बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्छ, कुनै कुरा पनि छोडिनेछैन । 7 तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्‍नेछन् ।’” 8 तब हिजकियाले यशैयालाई भने, “तपाईंले भन्‍नुभएको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “मेरो जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।”

< यशैया 39 >