< यशैया 34 >

1 ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ ।
Zbliżcie się, narody, aby słuchać, i wy, ludy, słuchajcie uważnie! Niech słucha ziemia i to, co ją napełnia, świat i wszystko, co się na nim rodzi.
2 किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ ।
Bo oburzenie PANA spadło na wszystkie narody, jego zapalczywość – na wszystkie ich wojska. Wytracił je doszczętnie, wydał je na rzeź.
3 तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ ।
Ich zabici będą porzuceni, a z ich trupów będzie unosił się smród i ich krew z gór popłynie.
4 आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्‍जिरका गलेका अञ्‍जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् ।
Cały zastęp niebios stopnieje, a niebiosa jak zwój zostaną zwinięte, całe ich zastępy opadną, jak opada liść z winorośli i jak opada niedojrzały owoc z drzewa figowego.
5 किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ ।
Mój miecz bowiem nasyci się na niebie. Oto spadnie na Edom i na lud, który przekląłem, na sąd.
6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।
Miecz PANA jest pełny krwi, pokrył się tłuszczem i krwią baranków i kozłów, tłuszczem nerek baranich, bo ofiara PANA dokonuje się w Bosra, a wielka rzeź w ziemi Edom.
7 तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्‍नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ ।
Zstąpią z nimi jednorożce i byki z wołami, ich ziemia nasiąknie krwią, a ich proch nasyci się tłuszczem.
8 किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ ।
To jest bowiem dzień pomsty PANA i rok odpłaty za spór z Syjonem.
9 एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ ।
Potoki obrócą się w smołę, a proch w siarkę, jego ziemia stanie się smołą płonącą.
10 त्‍यो रातदिन जल्‍नेछ । त्‍यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्‍तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्‍नेछैन ।
Nie zagaśnie ani w nocy, ani w dzień, jej dym będzie się unosił na wieki. Z pokolenia na pokolenie będzie pustkowiem; na wieki wieków nikt przez nią nie przejdzie.
11 तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्‍नेछन् । लाटोकोसेरो र कागले त्‍यसमा आफ्‍ना गुँड बनाउनेछन् । उहाँलले त्‍यसमाथि नाशको नाप्‍ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ ।
Ale pelikan i bąk ją posiądą, a sowa i kruk w niej zamieszkają. Rozciągnie on nad nią sznur spustoszenia i próżne wagi.
12 राज्य भन्‍नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्‍ने नै हुनेछन् ।
Wezwą jej szlachtę na królestwo, ale nie będzie tam żadnego, a wszyscy jej książęta obrócą się wniwecz.
13 त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्‍नो र सिउँडीहरू उम्रिनेछन् । त्‍यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ ।
W ich pałacach wyrosną ciernie, w ich zamkach – pokrzywy i osty. Będzie siedliskiem smoków i dziedzińcem dla strusiów.
14 त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्‍नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।
Tam będą się spotykać dzikie zwierzęta pustyni ze strasznymi bestiami wysp, a kozice będą się nawoływać; tam leżeć będzie płomykówka i znajdzie dla siebie odpoczynek.
15 लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन्‌ कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।
Tam sowa się zagnieździ, zniesie jajka, wyleży [młode] i zbierze je w swoim cieniu. Tam też zlecą się sępy, jeden z drugim.
16 परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज । यिमध्ये एउटै पनि हराउनेछैन । कसैलाई पनि जोडीको कमी हुनेछैन । किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको छ र उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको छ ।
Szukajcie w księdze PANA i czytajcie. Ani jedno z nich nie przepadnie, żadne z nich nie będzie bez drugiego, bo usta PANA to rozkazały, a jego Duch je zgromadził.
17 उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।
On też rzucił dla nich los i jego ręka wydzieliła im [to] sznurem mierniczym. Posiadać ją będą na wieki, będą w niej mieszkać z pokolenia na pokolenie.

< यशैया 34 >